Dictionary

All Word

16051 कुलुल्ल क्रि.वि. पानी, कुलो आदि बग्दा वा कुल्ला गर्दा जोडले शब्द आउने गरी।
16052 कुलू ना. मृदङ्ग, तबला आदिमा छाला मोहोर्ने काम गर्ने एक जाति।
16053 कुलेलम १ ना. अरूलाई थाहापत्तै नदिई भाग्ने काम; सुइँकुच्चा।
16054 कुलेलम २ क्रि.वि. १. अरूलाई थाहापत्तै नदिई। ना.
16055 कुलेलम २ क्रि.वि. २. बलेनीको पानी जम्न नदिनाका निम्ति घरको वरिपरि खनेर बनाइएको पानीको सानो निकास; तोस।
16056 कुलेलम २ क्रि.वि. ३. खेतबारीको सानो खाँद।
16057 कुलो ना. खेतबारीमा पानी पटाउन नदी, तलाउ आदिबाट खनेर ल्याइने पानीको सोतो; त्यसरी ल्याइएको पानी हिँड्ने गहिरो बाटो।
16058 कुल्कुली ना. मनको तुलबुली। (उदा.- घर छाडेर आएदेखि उनको सम्झनाले मनमा कुल्कुली लागेकै छ)।
16059 कुल्चनु स. क्रि. १. कुनै वस्तुमाथि गोडाले टेक्नु; पैतालाले मचक्क पारी थिच्नु।
16060 कुल्चनु स. क्रि. २. सजिलैसँग जित्नु; किच्नु।
16061 कुल्चाइ ना. कुल्चने काम वा प्रक्रिया।
16062 कुल्चाइनु क.क्रि. गोडाले टेकाइनु; कुल्चन लाइनु।
16063 कुल्चाउनु प्रे. क्रि. कुल्चन लाउनु; पैतालाले थिचाउनु।
16064 कुल्चिनु क.क्रि. १. गोडाले टेकिनु; कुल्चने काम गरिनु। अ.क्रि.
16065 कुल्चिनु क.क्रि. २. कुल्चने काम हुनु। स. क्रि.
16066 कुल्चिनु क.क्रि. ३. कुल्चनु; गोडाले थिच्नु।
16067 कुल्चीमिल्ची क्रि.वि. बेसरी कुल्चने वा खुँद्ने किसिमले।
16068 कुल्च्याइ ना. कुल्चिने काम वा प्रक्रिया।
16069 कुल्फी ना. १. चुरोट हालेर खाइने धातु, ढुङ्गा आदिको सानो नली वा ढुङ्ग्रो।
16070 कुल्फी ना. २. हुक्काका नलीको टुप्पामा जडिने धातुको बाङ्गो नली वा ढुङ्ग्रो।
16071 कुल्फी ना. ३. कुनै चिजमा घुम्न वा त्यसलाई घुमाउन कसिने धातुको टुक्रो।
16072 कुल्फी ना. ४. दुध हालेर बरफ जस्तै जमाइने टिनको गोलो, लाम्चिलो भाँडो वा ढुङ्ग्रो।
16073 कुल्फी ना. ५. मलाई बरफ।
16074 कुल्या ना. १. कुलो; नहर।
16075 कुल्या ना. २. नाला; सानो नदी।
16076 कुल्यान वि. कुलको; कुलमा चलेको; कुल वा परम्परासम्बन्धी।
16077 कुल्याहा वि. १. कुललाई पिर्ने; कुललाई बिगार गर्ने।
16078 कुल्याहा वि. २. विद्रोही; षड्यन्त्रकारी।
16079 कुल्ल क्रि.वि. पानी, कुलो आदि बग्दा वा कुल्ला गर्दा एकै झमटमा आवाज आउने किसिमले।
16080 कुल्ला ना. मुख सफा पार्न मुखमा पानी लिएर कुलकुल थुक्ने काम
16081 कुल्ली ना. खास गरी कारखाना, स्टेसन आदिमा भारी बोकेर जीविका चलाउने ज्यामी; भरिया; मजदुर।
16082 कुवा ना. हातले पानी उभाउन सकिने वा भेटिने, मानिसले बनाएको सानो जलाशय; कुवा।
16083 कुवाको ब्याङ वि. केही नदेख्ने वा थाहा नपाउने; अँध्यारोमा बसेको; बुद्धु।
16084 कुवाच्य ना. १. अरूको मनमा बिझ्ने वचन; दुर्वचन; दुर्वाच्य।
16085 कुवाच्य ना. २. हेलाको बोली; गाली।
16086 कुवापाते ना. लाम्चिला पात तथा बाहिर सेतो र भित्र हरियो हुने, गाईवस्तुलाई खुवाइने एक प्रकारको बुटो।
16087 कुविचार ना. खराब विचार; नराम्रो भावना। (उदा.- कुविचारमा लाग्ने मानिस उँभो लाग्न गाह्रो हुन्छ। )
16088 कुवेर ना. हे. कुबेर।
16089 कुव्यवहार ना. कसैप्रति गरिने खराब वा नराम्रो व्यवहार; अनुचित काम वा व्यवहार। (उदा.- कुव्यवहार गर्ने मानिससित सङ्गतै नगरे बेस हुन्छ)।
16090 कुश ना. १. धार्मिक कार्य तथा यज्ञ आदिमा चाहिने पवित्र मानिएको काँसजस्तो एक प्रकारको झार वा घाँस।
16091 कुश ना. २. दुवैपट्टि धारमा मसिना दाँतजस्ता काँढा भएको धेरै प्राचीन कालको एक हतियार।
16092 कुश ना. ३. रामका जेठा छोराको नाम।
16093 कुश ना. ४. पुराणअनुसार एक द्वीपको नाउँ।
16094 कुशकण्डिका कुशद्वारा यज्ञवेदीको संस्कार गर्ने वेदमन्त्र; अग्निस्थापना गर्ने प्रारम्भिक काम।
16095 कुशग्रन्थि ना. १. कुशको ग्रन्थि।
16096 कुशग्रन्थि ना. २. कुनै कुनै कुशको जरामा पाइने विशेष प्रकारको गाँठो।
16097 कुशबिर्ता ना. राजामहाराजाहरूबाट हातमा तिलकुश लिई सबै तिरोको रकम माफ गरेर ब्राह्मणलाई दानका रूपमा बकस दिएको बिर्ता (जग्गा)।
16098 कुशल वि. १. कुश नामको हतियार चलाउन सिपालु।
16099 कुशल वि. २. कुनै पनि कामकुरा राम्ररी गर्न जान्ने वा योग्य रूपमा कार्य सम्पादित गर्ने; निपुण; प्रवीण; दक्ष।
16100 कुशल वि. ३. चलाख; चतुरो। ना.