Dictionary

All Word

15851 कुम्ल्याइनु क.क्रि. २. बोकेर लगिनु; कुम्ल्याउने काम गरिनु।
15852 कुम्ल्याउनु स. क्रि. १. कुम्लो पार्नु; पोको बाँध्नु।
15853 कुम्ल्याउनु स. क्रि. २. बोकेर लानु।
15854 कुम्ल्याउनु स. क्रि. ३. जम्मै हातलागी गर्नु।
15855 कुम्ल्यौटो ना. १. कुम्लो पार्नका निम्ति उपयोग गरिने बर्को वा यस्तै कपडा। (उदा.- घरमा यौटा कुम्ल्यौटोसम्म नभएपछि कसरी सामान लैजानु!)।
15856 कुम्ल्यौटो ना. २. चकटी।
15857 कुम्ल्यौटो ना. ३. रुमाल।
15858 कुम्हाल / कुम्हाले ना. हे. कुमाले।
15859 कुयश ना. १. नराम्रो ख्याति; अपयश (उदा.- कुयशमा लाग्ने मानिसलाई कसैले पनि मन पराउँदैनन्। )।
15860 कुयश ना. २. बदनामी।
15861 कुयाम ना. तोकिएको भन्दा बाहेकको समय वा मौसम।
15862 कुयेँत्रो ना. १. ज्यादा घोटिएर वा रगडिएर पातलिँदै लुगा फाटेको ठाउँ। (उदा.- भएको एउटा लुगामा पनि कुयेँत्रो लागिसक्यो, के लाएर बिहेमा जानु ? )।
15863 कुयेँत्रो ना. २. किला, काँडा आदिमा लुगा अड्केर च्यातिएको ठाउँ।
15864 कुयेर ना. १. रास; थुप्रो (उखुको)।
15865 कुयेर ना. २. केही देख्न, पाउन वा हेर्न झुम्मिएका मानिसहरूको समूह। (उदा.- टुँडिखेलमा घोडेजात्रा हेर्न मानिसहरू कुयेर लागेर बसिरहेका छन्)।
15866 कुर्नु अ. क्रि. १. कसैलाई पर्खेर बस्ने काम गर्नु; पर्खनु; प्रतीक्षा गर्नु; रुङ्नु।
15867 कुर्नु अ. क्रि. २. कुनै वस्तु वा व्यक्तिको रखवारी गर्नु; देखरेख गर्नु।
15868 कुर्नु अ. क्रि. ३. खान पाउने आशाले पर्खनु; ढुक्नु।
15869 कुर ना. १. खास गरी जाडो याममा माछाहरू एकै ठाउँमा थुप्रिएर बस्ने काम वा त्यस्तो ठाउँ; माछाको गुँड।
15870 कुर ना. २. थुप्रो; रास।
15871 कुर ना. ३. अंश; भाग- जस्तै- एक कुर- सय भागको एक भाग, त्रिकुर - तीन भागको एक भाग। यस्तै चौकुर, पचकुर आदि। (पश्चिम भेगका थारू जातिमा जग्गाको कुत बाँड्ने हिसाबमा यो चलन प्रसिद्ध छ)।
15872 कुरकुर क्रि.वि. १. 'कुर' को आवाज वा ध्वनि बराबर निस्कने गरी। ना.
15873 कुरकुर क्रि.वि. २. त्यस्तो ध्वनि वा आवाज।
15874 कुरकुरे १ ना. पात नहुने, पहेँलो फूल फुल्ने, डाँठ वा हाँगामा धेरै आँख्ला हुने र केटाकेटीहरूले ती आँख्लाद्वारा आँखामा ताल्चा मारी खेल्ने एक घाँस।
15875 कुरकुरे २ वि. कुरकुर शब्द गर्ने; कुरकुरको आवाज निकाल्ने।
15876 कुरकुरे बैँस वि. भर्खर भर्खर आउन लागेको वा जोबनको अल्लारेपना ननिख्रिएको बैँस; कुखुरे बैँस।
15877 कुरकुरे रोटी ना. घिउचिनीमा खस्रो पिठो मुछेर पकाइने एक प्रकारको मिठाई ( खजुरी )।
15878 कुरकुरे हाड ना. ढाडमा हुने नरम हाड।
15879 कुरङ्ग ना. १. कृष्णसारका आकारप्रकारको र खैरो रङ हुने ठुलो मृगको एक जाति।
15880 कुरङ्ग ना. २. हरिण; मृग।
15881 कुरङ्ग ना. ३. तासको तुरुप खेलमा बोलिएको रङ्ग (तुरूप) बाहेक अरू तीन रङ्ग।
15882 कुरङ्ग ना. ४. बदरङ्ग; बजरङ्ग।
15883 कुरङ्ग ना. ५. पासा, पच्चिसका खेलमा रातो, सेतो वा पहेँलोबाहेकको कालो वा हरियो गोटी।
15884 कुरञ्जन ना. हे. कुरन्जन।
15885 कुरन्जन ना. १. आयुर्वेदमा अग्निवर्द्धक, रुचिकारक, गरम र खोकी हटाउने गुण बताइएको पानका लहराको जरो।
15886 कुरन्जन ना. २. कुलिञ्जन।
15887 कुरमुऱ्याइ ना. कुरमुऱ्याउने क्रिया वा प्रक्रिया।
15888 कुरमुऱ्याइनु क.क्रि. कुरमुऱ्याउने काम गरिनु।
15889 कुरमुऱ्याउनु स. क्रि. जे जति भएको सबै लिएर जानु; गुटमुट्याउनु; कुम्ल्याउनु।
15890 कुरा ना. कुरोको बहुवचन हुँदा बन्ने रूप; कुरो।
15891 कुराइ ना. कुर्ने काम वा प्रक्रिया; पर्खाइ; ढुकाइ।
15892 कुराइनु क.क्रि. कुर्न लाइनु; पर्खाइनु; रुङाइनु।
15893 कुराउटे वि. १. कुरा गरिरहने।
15894 कुराउटे वि. २. चाहिँदा नचाहिँदा धेरै कुरा गर्ने वा त्यस्तो स्वभावको; कुरौटे; गफी।
15895 कुराउटे वि. ३. छुल्याइँ गर्ने; छुल्याहा।
15896 कुराउनी ना. १. धेरैबेर दुध तताएर बाक्लो पारी बनाइएको खाने कुरा; खुवा; कुरौनी।
15897 कुराउनी ना. २. तताउँदा दुध डढेर कुँडेमा नै जमेको पाप्रो।
15898 कुराउनु प्रे.क्रि. कुर्न लाउनु; पर्खाउनु; रुङाउनु; ढुकाउनु।
15899 कुराकानी ना. १. कुनै पनि प्रसङ्गमा आपसमा गरिने कुरोकन्थो; बातचित।
15900 कुराकानी ना. २. बोलचाल।