Dictionary

All Word

15601 कुतकुत्याउनु स. क्रि. ३. उत्तेजित पार्नु।
15602 कुतत्त्व ना. १. खराब वा हानिकारक तत्त्व; फाइदा नगर्ने वस्तु।
15603 कुतर्क ना. अनुचित वा असङ्गत तर्क; वितण्डा।
15604 कुतर्की वि. कुतर्क गर्ने; वितण्डावादी; नचाहिँदो तर्क गर्ने।
15605 कुती १ ना. नेपाल तिब्बतको सिमानानजिक रहेको एक ऐतिहासिक स्थल। (लासा जाने कुतीको बाटो - उखान)
15606 कुती २ ना. कुकुर; कुत्ता (बालबोलीमा)।
15607 कुतुक ना. १. आश्चर्य तथा उत्सुकता जगाउने विलक्षण कामकुरो।
15608 कुतुक ना. २. आश्चर्य; अचम्म।
15609 कुतुक ना. ३. मन बहलाउने हाँसखेल; दिल्लगी।
15610 कुतुक ना. ४. इच्छा; चाहना।
15611 कुतूहल ना. १. कुनै नयाँ र विलक्षण वस्तु वा रहस्यमय कामकुरो जान्न वा सिक्न मनमा हुने प्रबल इच्छा; उत्सुकता; उत्कण्ठा।
15612 कुतूहल ना. २. आश्चर्य।
15613 कुतूहल ना. ३. खेलबाड; क्रीडा।
15614 कुत्ता ना. १. हे. कुकुर।
15615 कुत्ता ना. २. दुष्ट, लुच्चो वा लोभी व्यक्तिलाई बुझाउने लाक्षणिक शब्द।
15616 कुत्ता ना. ३. घडी आदिको कुनै एक पुर्जा।
15617 कुत्तेबन्सो ना. ज्वानुका जस्ता गेडा हुने र टुप्पामा कोसाजस्तो देखिने लामो खालको बन्सो।
15618 कुत्सा ना. निन्दा; भर्त्सना; घृणा।
15619 कुत्सित वि. निन्दित; घृणित।
15620 कुथ ना. हौदामाथि बिछ्याइने कार्चोप भरिएको मूल्यवान् कपडा; हात्तीको झल्लर।
15621 कुथुङ्ग्रिनु अ.क्रि. कोचिएर सुत्नु; साँघुरो ठाउँमा लेट्नु वा अटाउनु।
15622 कुथुङ्ग्री ना. तत्काल आवश्यकतापूर्तिका निम्ति कथिएको सानो कथा; कथा।
15623 कुथुङ्ग्रे वि. कुथुङ्ग्री कहने वा कथ्ने (व्यक्ति)।
15624 कुथुर्किनु अ.क्रि. सानो ठाउँमा अटाउनु; कुथुङ्ग्रिनु।
15625 कुथुर्के ना. १. तरकारी खाइने, सानो खालको एक जातको निहुरो।
15626 कुथुर्के ना. २. रुखमा प्वाल पारेर गुँड बनाउने एक थरी सानो चरो।
15627 कुथेर ना. राजस्व उठाउने र भूमिसम्बन्धी काम गर्ने लिच्छविकालीन अड्डा, अदालत।
15628 कुथेर अधिकरण ना. लिच्छविकालमा राजाका तर्फबाट कर उठतीपुठती गर्ने शाखा अड्डा।
15629 कुथेर वृत्ताधिकृत ना. कुथेर अधिकरणका तालुकदार वा हाकिम
15630 कुद्नु अ.क्रि. १. कुनै एक छेउबाट छिटो छिटो हिँडेर अर्को छेउ पुग्नु; वेगसित जानु; दौडनु।
15631 कुद्नु अ.क्रि. २. सुइँकिनु; भाग्नु।
15632 कुदरत ना. हे. कुद्रत।
15633 कुदरती वि. हे. कुद्रती।
15634 कुदर्शन ना. १. नराम्रो वा असुन्दर रूप; कुरूप; भद्दा।
15635 कुदर्शन ना. २. अशुभसूचक दृश्य।
15636 कुदाइ ना. कुद्ने भाव, क्रिया वा प्रक्रिया।
15637 कुदाइनु क.क्रि. कुदाउने काम गरिनु; दौडाइनु।
15638 कुदाउनु प्रे. क्रि. कुद्न लाउनु; दौडाउनु।
15639 कुदाकुद ना. कुद्ने र दौडने काम; दौडादौडी; दगुरादगुर।
15640 कुदान ना. १. अशुभ कार्य वा अशुभ अवसरमा दिइने दान।
15641 कुदान ना. २. कुपात्रमा परेको दान।
15642 कुदान ना. ३. तौलिहवाको एक प्रख्यात देवस्थल।
15643 कुदिनु अ.क्रि. दौडिनु; दगुरिनु।
15644 कुदिकुदाइ ना. कुद्नेवर्ने काम; कुदाकुद।
15645 कुदिन ना. १. स्थितिविपरीत भएको दिन; अशुभ घटना घटेको दिन वा सङ्कटमा परेको दिन; खराब दिन।
15646 कुदिन ना. २. झरी, बादल धेरै लागेको दिन; दुर्दिन।
15647 कुदृष्टि ना. अधिकारविना वा नराम्रो उद्देश्यले कसैमाथि आँखा लगाउने काम; खराब चालको हेराइ; अनुचित दृष्टि।
15648 कुद्रत ना. १. शक्ति; सामर्थ्य।
15649 कुद्रत ना. २. सिप; कारिगरी।
15650 कुद्रत ना. ३. प्रकृति; माया।