Dictionary

All Word

16551 कैँडा ना. २. कैँडो।
16552 कैँडे वि. १. कैँडाका आकारको वा कैँडाजस्तो।
16553 कैँडे वि. २. अण्डकोष ठुलो हुने; आँडे।
16554 कैँडो ना. फर्सी, कुभिन्डो आदिको सानो फल वा गट्टो।
16555 कैकेयी ना. १. केकय देशमा जन्मेकी तथा केकयराजकी छोरी; दशरथकी कान्छी रानी र भरतकी आमा। वि.
16556 कैकेयी ना. २. डाहिल्ले; दुष्टा। (उदा.- अस्ति बिहे गरेकी दुलही त कैकेयी नै छ क्यारे )।
16557 कैटभ ना. पुराणअनुसार विष्णुद्वारा मारिएको र मधु नाम गरेको दैत्यका भाइ; एक दैत्य।
16558 कैटे ना. काछमा हुने वा आउने वातसम्बन्धी खटिरो।
16559 कैतव ना. १. छल; धोका।
16560 कैतव ना. २. जुवा।
16561 कैतवापह्नुति ना. वास्तविक कुरालाई छलछामसाथ निषेध गरिने अपह्नुति अलङ्कारको एक भेद।
16562 कैथ ना. बाहिर खैरो अत्तरछाला हुने र गुदीचाहिँ अमिलो हुने बेलजस्तो एक फल।
16563 कैद ना. झ्यालखानामा राखिने सजाय; बन्धन; कारावास; थुना।
16564 कैदकट्टी ना. थुनुवाले बस्नुपर्ने कैद पूरा हुने वा घट्ने काम।
16565 कैदखाना ना. बन्दीगृह; झ्यालखाना; जेल; कारागार; कारागृह।
16566 कैदी वि. कैद वा थुनामा परेको; झ्यालखानियाँ; बन्दी; थुनुवा।
16567 कैद पुर्जी ना. थुनुवा पुर्जी।
16568 कैपुँचा ना. गोलो थालका आकारको केही उठेको बिट भएको ठोकेर बजाइने मात्रिक तालबाजा।
16569 कैफत १ ना. १. खानेकुरा आदिबाट हुने बिगार वा खराबी; कुपथ्य।
16570 कैफत १ ना. २. कपट; छलछाम।
16571 कैफत १ ना. ३. ढाँट व्यवहार; ठग्ने प्रवृत्ति।
16572 कैफत २ ना. १. कुनै कामकुरामा जानी जानी हुन गएको बिगार वा खराबी; विघ्न।
16573 कैफत २ ना. २. कपट; दोष।
16574 कैफत २ ना. ३. कैफियत।
16575 कैफती वि. कैफत गर्ने; गालपारा; बिगार गर्ने; कपटी।
16576 कैफियत ना. कुनै कारण वा कुरा प्रस्ट्याउनका निम्ति कागतपत्रको आखिरी महलमा लेखिने बेहोरा; विशेष विवरण।
16577 कैफियत तलब ना. नबुझिएको र स्पष्ट खुलाई जवाफ दिनुपर्ने कुरा सम्बन्धित अड्डाखाना वा अधिकारप्राप्त तहबाट लेखापढी गरी बुझ्ने र स्पष्टीकरण माग्ने काम।
16578 कैयन् वि. हे. कैयौँ।
16579 कैयाँ ना. १. प्रायः व्यापारको काम गर्ने एक वर्ग वा जाति।
16580 कैयाँ ना. २. धूर्त वा चुइयाँ खालको व्यापारी।
16581 कैयौँ वि. धेरै; अनेक; अनगन्ती; प्रशस्त; कैयन्।
16582 कैरन ना. नालीबेली वा वृत्तान्त।
16583 कैरव ना. चन्द्रमा उदाउँदा फुल्ने सेतो कमल; कुमुद।
16584 कैरात ना. पहेँलो पहेँलो देखिने एक जातको श्रीखण्ड।
16585 कैरुवा ना. चम्सुरका जस्ता मसिना पात हुने, कलेजी रङका मसिना फूल फुल्ने, मसिनै दाना फल्ने र पहेँलो जरा हुने एक साग; पर्पट।
16586 कैलाली ना. नेपालको सुदूर पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने सेती अञ्चलको दक्षिण भागमा रहेको एक जिल्ला।
16587 कैलाश ना. हिमालयमा मानसरोवरको किनारमा पर्ने एक प्रसिद्ध शिखर र तीर्थस्थल; शिवजीको वासस्थान।
16588 कैलाशकूट भवन ना. अंशुवर्माको पालामा बनेको नेपालको प्रसिद्ध ऐतिहासिक राजदरबार।
16589 कैलाशपति ना. शिव; महादेव।
16590 कैलाशवास ना. मृत्यु; मरण।
16591 कैली वि. कैला रौँ वा कैलो वर्ण भएकी (गाई, स्त्री आदि)।
16592 कैले क्रि. यो. हे. कहिले।
16593 कैलो वि. १. खैरो वा सुनौला रङको। ना.
16594 कैलो वि. २. त्यस्तै रङ।
16595 कैलो भटमास ना. कैला गेडा हुने भटमासको एक जाति।
16596 कैलो सिमी ना. कैला गेडा हुने सिमीको एक जात।
16597 कैलो सिसौ ना. कैलो चुरो हुने एक जातको सिसौ।
16598 कैवर्त ना. माझी; मल्लाह।
16599 कैवल्य ना. १. एकत्व; एकान्तता।
16600 कैवल्य ना. २. मुक्ति; मोक्ष।