Dictionary

All Word

16401 कृष्णा ना. २. द्रौपदीको एक नाम।
16402 कृष्णा ना. ३. दक्षिण भारतको एक प्रसिद्ध नदी।
16403 कृष्णा ना. ४. कालीगण्डकी।
16404 कृष्णागरु ना. लेपमा प्रयोग गरिने एक प्रकारको बुटी।
16405 कृष्णाजिन ना. कृष्णसार मृगको छाला; कालो मृगको छाला; कृष्णक।
16406 कृष्णाभिसारिका ना. अँधेरी रातमा काला लुगा लाएर नायक दिएको सङ्केतस्थलमा जाने नायिका।
16407 कृष्णाष्टमी ना. कृष्ण जन्मेको तिथि; कृष्णजयन्ती; भाद्र कृष्ण अष्टमी।
16408 कृष्य वि. खेती गर्न योग्य; आबाद गर्न लायक (जमिन)।
16409 के १ सर्व. प्रश्न गर्दा वा निन्दा, वितर्क, सन्देह आदि बुझाउँदा प्रयोग गरिने शब्द; कुन (वस्तु, कुरो, काम आदि)।
16410 के २ विभ. पुरानो चलनमा खास गरी कागतपत्रमा प्रयुक्त हुने सम्प्रदान कारकको चिह्न; लाई; लागि। (उदा.- रु. ५००/- दिनुपर्ने मध्ये गएको रामके रु. १५०/-, श्यामके रु. १००।; आगे झिँगनपुर बस्ने अकले दनुवारके यथोचित )।
16411 केक ना. मसला, नौनी आदि हालेर बनाइने एक किसिमको बेलाइती गुलियो रोटी।
16412 केका ना. मयूरको शब्द वा बोली।
16413 केकी ना. मयूर; मुजुर।
16414 केके जाति वि. अनेक भाँति; नानावली।
16415 केजाति अव्य. चाहिएको नाम वा कामकुरो हेक्का नहुँदा भनिने शब्द। (उदा.- उनले भनेको कुरो केजाति सम्झना पनि भएन)।
16416 केजी ना. किलोग्रामको छोटकरी रूप; एक हजार ग्रामको तौल।
16417 केजो ना. अग्ला पहाडतिर उम्रने, मोटो डाँठ र हाँगादार हुने, हाँगाहरू कलिलो छँदा गुलियो हुने अनि छिप्पिएपछि तितो हुने र अचार खाइने एक बोट।
16418 केटाकेटी ना. १. साना नानीहरू; बालक- बालिका; भुराभुरी।
16419 केटाकेटी ना. २. छोराछोरी; बालबच्चा।
16420 केटाकेटी ना. ३. बेउला-बेउली; वरवधू।
16421 केटाकेटी ना. ४. गैँडाका बच्चा। वि.
16422 केटाकेटी ना. ५. बुद्धि नछिप्पिएको; आलोकाँचो।
16423 केटी ना. १. सानी ठिटी; बालिका।
16424 केटी ना. २. बिहे गर्ने बेलाकी स्त्री; कन्या।
16425 केटी ना. ३. दासी; सुसारे।
16426 केटो ना. १. सानो ठिटो; बालक।
16427 केटो ना. २. बिहे गर्ने बेलाको पुरुष; कुमार।
16428 केटो ना. ३. गैँडाको बच्चो।
16429 केटौली ना. १. केटाकेटी अवस्था; ठिटौली।
16430 केटौली ना. २. उमेर नछिप्पिएको अवस्था वा अल्लारेपन।
16431 केटौलो वि. १. केटौली अवस्थाको; केटाकेटीपनाको।
16432 केटौलो वि. २. अल्लारे।
16433 केतक /केतकी ना. लामा साँप्लाजस्ता तिखा र चिल्ला पात हुने, डाँठ र पातमा काँढा लाग्ने, डाँठबाट बरका जस्ता जरा निस्कने, घोगो परेको र सेतो सुगन्धी फूल फुल्ने एक जातको झाङ वा त्यसैको फूल; केत्तुके; केवडा।
16434 केतन ना. १. घर; भवन।
16435 केतन ना. २. ठाउँ; स्थान।
16436 केतन ना. ३. ध्वजा; झन्डा।
16437 केतु ना. १. नवग्रहमध्ये एक ग्रह; गिँड मात्रमा कल्पना गरिएको ग्रह।
16438 केतु ना. २. पुच्छ्रेतारा; धूम्रकेतु।
16439 केतु ना. ३. ध्वजा; झन्डा।
16440 केतुवा ना. रम्बाँस; हातीवार।
16441 केत्तुके ना. १. केतकी; काँढादार लामा पातबाट पाट बनाउनमा प्रसिद्ध एक बोट।
16442 केत्तुके ना. २. सयपत्रीको नाभो फूल।
16443 केदार ना. १. धानखेतको गरो, आली वा बगैँचाको ड्याङ; क्यारी।
16444 केदार ना. २. गङ्गोत्तरी र बदरीनाथका बिचमा रहेको हिमालयको एक शिखर वा त्यस शिखरमा अवस्थित प्रसिद्ध शिवलिङ्ग।
16445 केदार ना. ३. रातको दोस्रो प्रहरमा गाइने ओडव-षाडव जातिको एक राग।
16446 केदार खण्ड ना. केदारनाथको माहात्म्य वर्णन गरिएको स्कन्द पुराणको एक भाग।
16447 केदारनाथ ना. हिमाली खण्डको केदारपर्वतमा रहेका प्रसिद्ध शिवजी; हिन्दूहरूको एक प्रसिद्ध तीर्थस्थल।
16448 केन ना. एघार उपनिषद्द्मध्ये एक।
16449 केन्तुम् शाखा ना. भारोपेली भाषा खलकमा 'सय' शब्दलाई बुझाउने थालनीको इरानेली रूप 'शतम्' र ल्याटिन रूप 'केन्तुम्' का आधारमा मुख्य दुई हाँगामा विभाजित शाखामध्ये एक; त्यसरी 'स' ध्वनिलाई 'क' को प्रयोग वा उच्चारण गर्ने भाषाखलकको वर्ग वा शाखा [केन्तुम् (ल्याटिन), केत् (प्राचीन आयरेली), कन्द (तोखारेली), केन्तो ( इटालेली), खेन्त (फ्रान्सेली), हन्ड (अङ्ग्रेजी), हैक्तोन (ग्रिसेली) आदि]।
16450 केन्द्र ना. १. कुनै स्थान वा वस्तुको मध्य भाग वा बिन्दु; माझ; बिचको ठाउँ; नाभि।