Dictionary

All Word

16301 कृत्तिवास ना. २. बङ्गला भाषामा रामायणका प्रणेता प्रसिद्ध व्यक्ति।
16302 कृत्परसर्ग ना. शब्दका पछाडि गाँसिने प्रत्ययको एक भेद; कृदन्त प्रत्यय।
16303 कृत्य ना. १. धार्मिक दृष्टि वा सदिच्छाले गरिने शास्त्रविहित आवश्यक कर्म।
16304 कृत्य ना. २. कुनै अधिकारीले आफ्नो पदअनुसार गर्नुपर्ने काम।
16305 कृत्य ना. ३. कर्तव्य; कार्य; काम। वि.
16306 कृत्य ना. ४. गर्नुपर्ने; गर्न योग्य।
16307 कृत्या ना. १. आफ्नो कार्यसिद्धिका निम्ति वा अरूमाथि अनिष्ट कार्य गराउन उत्पन्न गरिने भागवत पुराणमा चर्चित एक राक्षसी।
16308 कृत्या ना. २. तन्त्रमन्त्रबाट उत्पादित शक्तिद्वारा गरिने घातक काम।
16309 कृत्या ना. ३. दुष्टा र कर्कशा स्त्री।
16310 कृत्याकृत्य वि. गर्न हुने र नहुने वा उचित र अनुचित (काम); कर्तव्याकर्तव्य।
16311 कृत्रिम वि. १. प्राकृतिक वा स्वाभाविक नभएको; बनावटी।
16312 कृत्रिम वि. २. नकली।
16313 कृत्रिम वि. ३. जाली; किर्ते।
16314 कृत्रिम अभाव ना. कुनै वस्तु वा माल हुँदाहुँदै पनि व्यापारी वर्गद्वारा सीमित स्वार्थका नम्ति नभएजस्तो पारी हराउने वा बिलाउने गरिने बनावटी स्थिति। (उदा.- बजारमा व्यापारीहरूद्वारा सिर्जिएको कृत्रिम अभावले खाद्यान्न वस्तुमा जनतालाई निकै मर्का परेको छ।)
16315 कृत्रिम गर्भाधान ना. पिचकारीजस्तो यन्त्रको मदतले गर्भाशयमा वीर्य पुऱ्याएर पेट बोकाउने काम; कृत्रिम रूपमा गर्भधारण गराउने काम।
16316 कृत्रिम श्वास ना. फोक्साले काम गर्न छोडेको अवस्थामा रोगी, बिरामीलाई बचाउन नली वा पाइपद्वारा कृत्रिम रूपमा हालिने श्वास।
16317 कृदन्त ना. धातुमा 'कृत्' प्रत्यय गाँसिएर बनेका वा व्युत्पन्न भएका नाम, विशेषण, अव्यय आदि शब्द ( लेख् + आइ = लेखाइ, चल्+उवा = चलुवा, बस्+एर = बसेर इ.)।
16318 कृपण वि. साह्रै छुच्चो; कन्जुस; किरन्टोकी; चुइयाँ।
16319 कृपणता ना. छुच्चोपन; कन्जुस्याइँ।
16320 कृपणी वि. १. कन्जुस; कृपण।
16321 कृपणी वि. २. दुःखी; दीन।
16322 कृपया क्रि.यो. कृपापूर्वक; कृपा गरेर; मेहरबानी गरी।
16323 कृपा ना. करुणापूर्वक कसैमाथि गरिने दयामाया; अनुग्रह; निगाह।
16324 कृपाकर वि. कृपा गर्ने; दयामाया गर्ने; कृपालु।
16325 कृपाकाङ्क्षी वि. नम्र स्वभावले कुनै आकाङ्क्षा गर्ने; कृपा चाहने।
16326 कृपाङ्क ना. परीक्षामा उत्तीर्णाङ्क योग पुगेर पनि एक वा दुई विषयसम्म थोरै अङ्कले अनुत्तीर्ण हुने विद्यार्थीलाई सम्बन्धित परीक्षानिकायले निर्णय गरेअनुसार थप्ने वा जोडिदिने अङ्क; थप प्राप्ताङ्क।
16327 कृपाण ना. तरबार; खड्ग; कटार।
16328 कृपाणिका ना. सानो तरबार; सानो हतियार।
16329 कृपापात्र वि. १. कृपा गर्न योग्य; दयामायाको अधिकारी।
16330 कृपापात्र वि. २. कृपा पाएको; ममता गरिएको।
16331 कृपालु वि. कृपा गर्ने स्वभाव वा बानी भएको; दयामाया राख्ने; कृपायुक्त।
16332 कृपालुता ना. कृपालु हुनाको भाव वा अवस्था; दयालु वा मायालुपन।
16333 कृपावाद ना. योग्यता नहेरी आफ्नो चाकरी गर्नेलाई कृपा गर्ने अनुचित सिद्धान्त वा प्रवृत्ति।
16334 कृमि ना. १. पेटभित्र पर्ने जुका आदि किरा।
16335 कृमि ना. २. ससाना किरा; कीट।
16336 कृमिकोश ना. १. रेसमका किराको गुँड; रेसमको कोयो।
16337 कृमिकोश ना. २. पुतलीहरू बन्ने किराका लार्भा।
16338 कृमिरोग ना. आमाशय र पक्वाशयमा पर्ने जुका आदिको रोग।
16339 कृमिविज्ञान ना. किराहरूको उत्पत्ति, विनाश, गुण, दोष आदिको विचार गरिने विद्या, कीटविज्ञान।
16340 कृमिशैल ना. धमिराको गोलो।
16341 कृश वि. १. दुब्लो; पातलो; झिनो; ख्याउटे।
16342 कृश वि. २. कमजोर; निर्धो।
16343 कृशता ना. कृश हुनाको भाव वा अवस्था; दुब्लोपन; निर्धोपन।
16344 कृशकाय वि. दुब्लो शरीर भएको; क्षीण शरीर भएको।
16345 कृशाङ्गी वि. तन्वङ्गी; पातलो र चिटिक्क परेको शरीर भएकी; दुब्लो शरीर भएकी; तन्वङ्गी (स्त्री)।
16346 कृश कृशोदरी वि. पातलो र झिनो कमर भएकी (स्त्री)।
16347 कृषक ना. किसान; खेतीवाल।
16348 कृषक अगुवा ना. कृषि विभागले कृषिसम्बन्धी तालिम दिएर वैज्ञानिक तथा उन्नत रूपमा खेती गर्न कुशल बनाइएका किसान वा तिनको नाइके।
16349 कृषाण ना. १. कृषक; किसान; खेतीवाल।
16350 कृषाण ना. २. हलो जोत्ने व्यक्ति; हली।