Dictionary

All Word

2051 अनसूया ना. २. रिस, द्वेष वा ईर्ष्याजस्ता कुभाव नभएकी नारी ।
2052 अनसूया ना. ३. कालिदासको प्रसिद्ध नाटक 'अभिज्ञान शाकुन्तलम्' मा शकुन्तलाकी एउटी सँगिनी ।
2053 अनस्तित्व ना. अस्तित्वको अभाव; विद्यमान नहुने खण्ड, स्थिति वा परिस्थिति ।
2054 अनाकर्षण ना. आकर्षणको अभाव; कुनै कुरालाई आफूतिर तान्ने शक्ति वा सामर्थ्यको शून्यता वा क्षीणता ।
2055 अनाक्रमण ना. १. हमलाको अभाव ।
2056 अनाक्रमण ना. २. हमला नगर्ने नीति वा समझदारी।
2057 अनागत वि. १. सामुन्ने नआएको; अनुपस्थित; अप्रस्तुत।
2058 अनागत वि. २. भावी; होनहार ।
2059 अनागत वि. ३. अपरिचित; अज्ञात।
2060 अनागरिक ना. १. नागरिकता ऐनको परिधिभित्रबाट पाउनुपर्ने नागरिकता प्राप्त गर्न नसकेको व्यक्ति ।
2061 अनागरिक ना. २. घरबार, बसोबास नभएको व्यक्ति ।
2062 अनागरिक ना. ३. पाखे वा गाउँले व्यक्ति ।
2063 अनागरिकता ना. नागरिक हकको अभाव ।
2064 अनागारिक वि. घरबार नभएको; घरबारविहीन। ना. विहारमा बस्ने बौद्ध भिक्षु ।
2065 अनागारिका ना. विहारमा बस्ने बौद्ध भिक्षुणी ।
2066 अनाघात ना. १. सङ्गीतको एक प्रकारको ताल ।
2067 अनाघात ना. २. आघातको अभाव।
2068 अनाचार ना. १. आचारको अभाव; धर्म र नीतिविरुद्ध निन्दनीय आचरण ।
2069 अनाचार ना. २. खराब चालचलन ।
2070 अनाचार ना. ३. नराम्रो कामको लत।
2071 अनाचार ना. ४. कुरीति; कुचाल।
2072 अनाचार ना. ५. भ्रष्टाचार ।
2073 अनाचारिणी वि. अनाचार गर्ने (आइमाई ) ।
2074 अनाचारी वि. अनाचार गर्ने; भ्रष्टाचारी; दुराचारी ।
2075 अनाज ना. १. बालीनाली ।
2076 अनाज ना. २. खाद्यान्न; अन्न ।
2077 अनाजपात ना. सबै किसिमको अन्न; बालीनाली; अन्नपात ।
2078 अनाडी१ वि. सुझबुझ नभएको; अनजान। कुनै सिप नभएको; नजान्ने; मूर्ख ।
2079 अनाडी२ ना. चोटपटक लाग्दा अरू ठाउँभन्दा बढी असर पर्ने ठाउँ; मर्मस्थल; सन्नी; सन्धिस्थल।
2080 अनात्मवाद ना. १. आत्माको अस्तित्व स्वीकार नगर्ने एक दार्शनिक सिद्धान्त ।
2081 अनात्मवाद ना. २. रूप, विज्ञान, वेदना, संज्ञा, संस्कार यी पञ्चस्कन्धबाहेक आत्मा छैन भन्ने बौद्ध दर्शन ।
2082 अनाथ वि. १. हेरविचार वा पालनपोषण गर्ने कोही नभएको; आडभरोस नभएको; बेसहाय ।
2083 अनाथ वि. २. टुहुरो ।
2084 अनाथ वि. ३. दीन; दुःखी । ना.
2085 अनाथ वि. ४. टुहुरो व्यक्ति ।
2086 अनाथालय ना. आमाबाबु नभएका वा बेवारिस बालबालिकालाई राखी पालनपोषणका साथै शिक्षासमेत दिने ठाउँ ।
2087 अनाथाश्रम ना. हे. अनाथालय ।
2088 अनादर ना. १. आदरको उपेक्षा वा अभाव; निरादर; बेइज्जती।
2089 अनादर ना. २. तिरस्कार; अपमान; हेला ।
2090 अनादि वि. १. आदि वा सुरु थाहा नभएको वा नहुने ।
2091 अनादि वि. २. परापूर्वकाल वा सदादेखि चलिआएको । ना.
2092 अनादि वि. ३. आदि थाहा नभएको कुरो (आकाश, समय, परमात्मा इ.)
2093 अनादित्व ना. आदि पत्ता नलाग्ने गुण वा विशेषता ।
2094 अनादिष्ट वि. १. आदेश नदिइएको; आज्ञा नगरिएको; नअह्राइएको।
2095 अनादिष्ट वि. २. निर्देशन नदिइएको; बाटो नदेखाइएको ।
2096 अनादृत वि. आदर नगरिएको; सम्मान नगरिएको; हेला गरिएको।
2097 अनानास ना. १. भुईंकटहर; अनारस ।
2098 अनानास ना. २. भुईंकटहरको पातमा काँडा र फलमा बढी झुस नहुने जाति ।
2099 अनापसनाप ना. बकवास; उटपट्याङ; छेउ न टुप्पाको कुरो ।
2100 अनाम वि. १. नाम नभएको; बेनामी ।