Dictionary

All Word

2101 अनाम वि. २. नाम नचलेको; अप्रसिद्ध ।
2102 अनाम वि. ३. दुर्नाम; बदनाम । ना.
2103 अनाम वि. ४. कुख्यात नाम; कुनाम।
2104 अनामिका ना. १. हातको कान्छी औँलो र माझी औँलाका बिचको औँलो; साहिँली औँलो । वि.
2105 अनामिका ना. २. नाम नभएकी वा नचलेकी (नारी)।
2106 अनायक वि. १. नाइके वा नेता नभएको; अनाथ ।
2107 अनायक वि. २. नाइके वा नेता नभएर गडबडिएको; अराजक ।
2108 अनायास क्रि.वि. १. मिहिनेत नै नगरीकन; विनापरिश्रम; कुनै प्रयत्न वा प्रयास नै नगरीकन; बल वा शक्तिको प्रयोग नै नगरी; बसीबसी; त्यत्तिकै; आफैँआफ; उसै; स्वतः।
2109 अनायास क्रि.वि. २. अकस्मात्; अचानक; एकाएक; सहसा ।
2110 अनार ना. १. बेलजत्रो, डल्लो आकारको, रातो र कडा बोक्रो हुने, भित्रपट्टि हार मिलेर रहेका स्वादिला रसदार धेरै दाना हुने फल ।
2111 अनार ना. २. शुष्क जलवायुमा हुने त्यस्तो फल फल्ने बोट; दारिम; दाडिम।
2112 अनारगोला ना. अनारका दानाजस्ता रङ्गीचङ्गी झल्का निस्कने आतसबाजी।
2113 अनारदाना ना. १. अनार फलभित्रको रसदार स्वादिलो गेडो । वि.
2114 अनारदाना ना. २. अनारको दानाजस्तो । (उदा.- अनारदाना दाँतका लहर खोलेर हाँस न । 'मुनामदन' लक्ष्मीप्रसाद देवकोटा।) ।
2115 अनारम्भ वि. १. आरम्भ वा सुरु नभएको । ना.
2116 अनारम्भ वि. २. आरम्भको अभाव।
2117 अनारस ना. उष्णकटिबन्ध प्रदेशमा हुने, वरिपरि पातले घेरिएर बिचमा रसदार अमिलो वा गुलियो स्वाद भएको दाना फल्ने बोट; त्यसको फल; अनानास; भुईंकटहर ।
2118 अनार्तव ना. १. आइमाईको रजस्वलाधर्म रोकिने रोग।
2119 अनार्तव ना. २. रजस्वलाधर्मको समाप्ति वा अन्त्य ।
2120 अनार्य वि. १. आर्य नभएको ।
2121 अनार्य वि. २. अश्रेष्ठ; असभ्य । ना.
2122 अनार्य वि. ३. आर्यजातिबाहेकको अन्य जाति ।
2123 अनार्यक वि. १. आर्यका भूमिमा नभएको; अनार्यहरूका क्षेत्रमा मात्र हुने | ना.
2124 अनार्यक वि. २. अगरु ।
2125 अनार्ष वि. १. ॠषिहरूले नगरेको वा नबनाएको।
2126 अनार्ष वि. २. ॠषिहरूसँग सम्बन्ध नभएको ।
2127 अनावरण ना. ढाकिरहेको वा छोपिरहेको पर्दा वा अन्य आवरण हट्नेहटाउने क्रिया वा प्रक्रिया ।
2128 अनावरण समारोह ना. कुनै सालिक वा मूर्तिको विधिवत् आवरण हटाउने आयोजना ।
2129 अनावरित वि. आवृत नभएको; नढाकिएको ।
2130 अनावर्तक वि. १. बारम्बार नभई एकपल्ट मात्र हुने ।
2131 अनावर्तक वि. २. आवर्तन नहुने ।
2132 अनावर्तन ना. १. आवर्तनको अभाव; आवर्तित नहुने वा नफर्किने क्रियाप्रक्रिया।
2133 अनावर्तन ना. २. पुनर्जन्मदेखि मुक्ति; मोक्ष ।
2134 अनावश्यक वि. १. नचाहिने; नचाहिएको; आवश्यकता नभएको।
2135 अनावश्यक वि. २. बेसरोकारको; चासो नभएको।
2136 अनावश्यकता ना. आवश्यकताको अभाव वा अनुपस्थिति; वाइहातेपना; बेवास्तेपन ।
2137 अनावासीय वि. आवास वा घर नरहेको; सो नरहे पनि कुनै न कुनै प्रकारको सम्बन्ध भएको (अनावासीय दौत्य सम्बन्ध)।
2138 अनावृत वि. १. छोप्ने वा ढाक्ने नगरिएको; पर्दा नलागेको ।
2139 अनावृत वि. २. मूर्ति आदिको अनावरणसम्बन्धी समारोह भएको।
2140 अनावृत्ति ना. आवृत्तिको अभाव; नदोहोरिने भाव, गुण वा क्रियाप्रक्रिया ।
2141 अनावृष्ट वि. वर्षा नभएको; विनावर्षाको।
2142 अनावृष्टि ना. आकाशबाट पर्ने पानी पृथ्वीमा झर्ने काममा अवरोध वा विलम्ब; अनावर्षण ।
2143 अनाश्रय वि. १. आश्रय नभएको; असहाय । ना.
2144 अनाश्रय वि. २. आश्रयको अभाव; आश्रयविहीनता ।
2145 अनाश्रित वि. अनाश्रय; आश्रयविहीन; निराश्रित ।
2146 अनाश्रित वाक्य ना. अर्को वाक्यमा निर्भर नरहेको वाक्य ।
2147 अनासक्त वि. कुनै पनि विषयमा आसक्त नभएको वा लागिनपर्ने; वैरागी।
2148 अनासक्ति ना. १. अनासक्त हुने गुण, क्रिया वा प्रक्रिया; तटस्थता; उदासीनता; वैराग्य।
2149 अनासक्ति ना. २. योगको एक किसिम।
2150 अनासीन वि. १. आसन ग्रहण नगरेको; नबसेको ।