Dictionary

All Word

2151 अनासीन वि. २. पद वा स्थानबाट हटाइएको; अपदस्थ; पदच्युत ।
2152 अनास्था ना. आस्था या श्रद्धाको अभाव; अनादर; अश्रद्धा।
2153 अनाहक क्रि.वि. विनाकाममा, नाहकमा; बिनसित्ति; बेफ्वाँकमा; व्यर्थै।
2154 अनाहत वि. १. नठोकिएको ।
2155 अनाहत वि. २. क्षुब्ध नभएको ।
2156 अनाहत वि. ३. गुणा नगरिएको; अगुणित। ना.
2157 अनाहत वि. ४. दुईवटा बुढी औँलाले दुवै कानका प्वाल थुनी ध्यान गर्दा सुनिने आवाज ।
2158 अनाहत वि. ५. शरीरका छ चक्रमध्ये एक; हृदयमा रहेको बाह्रपत्रे कमल।
2159 अनाहत वि. ६. आघातविना नै आउने आवाज ।
2160 अनाहत मुद्रा ना. प्राचीन कालमा प्रचलित, छाप नलागेको वा कुनै चिह्न अङ्कित नभएको धातुको सामान्य मुद्रा ।
2161 अनाहपद ना. वास्तु एवं मूर्तिकलाका क्षेत्रमा चौध अमल बराबरको नापोलाई बुझाउने शब्द; चौध इन्चको नापो ।
2162 अनाहार ना. १. भोजनको अभाव वा त्याग ।
2163 अनाहार ना. २. उपवास । वि.
2164 अनाहार ना. ३. भोको; निराहार ।
2165 अनि संयो. १. समान स्तरका पद, पदावली, वाक्यांश वा वाक्यहरूलाई समयको पूर्वापर क्रम वा तत्कालता जनाई जोड्ने अव्यय; र; त्यसपछि; फेरि; एकपछि अर्को; तब। (उदा.- राम अनि श्याम आए; राम आयो अनि श्याम गयो इ.) ।
2166 अनि संयो. २. त्यसैले; पूर्वोक्त कारणले (उदा.- अनि त भनेको त्यसो नगर्नू भनेर!) ।
2167 अनि संयो. ३. अझ; अझै । (उदा.- ऊ विद्वान् छ, गुणी छ अनि धनी पनि छ ।)
2168 अनिकाल ना. १. अन्नपातको ठुलो अभाव ।
2169 अनिकाल ना. २. त्यस्तो अभाव भएको समय; अकाल; दुर्भिक्ष ।
2170 अनिकाल ना. ३. कुनै कुराको ज्यादै अभाव भएको अवस्था। (उदा.- आजभोलि मकहाँ रुपियाँपैसाको अनिकाल लागेको छ ।)
2171 अनिकाली वि. केही खानै नपाएजस्तो; अनिकाले ।
2172 अनिकाले वि. १. अनिकाल परेको बेलाको; अनिकालसम्बन्धी।
2173 अनिकाले वि. २. पेटभरि खाएर पनि सन्तोष नमान्ने; घिचुवा ।
2174 अनिकाले वि. ३. असन्तोषी । ना.
2175 अनिकाले वि. ४. साउनमा फल पाक्ने एक वनस्पति ।
2176 अनिकाले वि. ५. सलह किरो; शलभ ।
2177 अनिच्छा ना. इच्छाको अभाव वा कमी; चाहनाको अभाव वा कमी; अरुचि; अमन; वितृष्णा ।
2178 अनिच्छित वि. इच्छा नगरिएको; चाहना नगरिएको; रुचि नराखिएको; अवाञ्छित ।
2179 अनिच्छु/अनिच्छुक वि. इच्छा, रुचि वा चाहना नभएको; खायस नराख्ने ।
2180 अनित्य वि. सधैँ नरहिरहने; कुनै न कुनै बखत नाश हुने; स्थायी नरहने; क्षणभङ्गुर; अस्थायी; विनाशी; नाशवान्; नश्वर ।
2181 अनित्यता ना. अनित्य हुने गुण, भाव वा क्रिया (अनित्य चोला) ।
2182 अनिदो वि. निद नभएको वा निदाउन नपाएको; ननिदाएको; जाग्राम बसेको; नसुतेको; अनिद्रित।
2183 अनिदोपन ना. अनिदो हुने वा अनिदो भएको स्थिति; अनिद्रा; जाग्राम।
2184 अनिद्रा ना. हे. अनिदो ।
2185 अनिद्रित वि. ननिदाएको; जाग्राम बसेको ।
2186 अनिधो ना. १. निधो वा ठेगान नहुनाको भाव वा अवस्था; निधोको अभाव; अनिश्चय; अनिर्णय; अनिश्चितता। वि.
2187 अनिधो ना. २. अनिश्चित; अनिर्णित ।
2188 अनिन्दा ना. निन्दाको अभाव; प्रशंसा; स्तुति; गुणगान ।
2189 अनिन्दनीय वि. १. निन्दा गर्न नहुने; निन्दा गर्न अयोग्य।
2190 अनिन्दनीय वि. २. निर्दोष; निष्कलङ्क।
2191 अनिन्दित वि. बदनाम नभएको; निन्दा नगरिएको, कलङ्क नलागेको; निन्दारहित; निष्कलङ्क ।
2192 अनिन्द्य वि. १. अनिन्दनीय ।
2193 अनिन्द्य वि. २. खुनखोट केही नलागेको वा केही दोष देखाउन नसकिने किसिमको (जस्तो- अनिन्द्य सौन्दर्य।) ।
2194 अनिपुण वि. सिपालु नभएको; निपुणताको अभाव वा कमी रहेको; अकुशल; अप्रवीण ।
2195 अनिपुणता ना. अनिपुण हुनाको भाव वा अवस्था; निपुणताको कमी वा अभाव; अकुशलता; अप्रवीणता ।
2196 अनिमन्त्रित वि. १. निम्तो नगरिएको; निमन्त्रणा नदिइएको; निम्तो नपाएको; ननिम्त्याइएको ।
2197 अनिमन्त्रित वि. २. नबोलाइएको; डाकबोलाउ नगरिएको। विप. निमन्त्रित ।
2198 अनिमिष/अनिमेष वि. १. आँखा झिम्मसम्म पनि नगर्ने; ट्वालट्वाल्ती वा एक टकले हेर्ने; आँखै नझम्क्याउने वा नचिम्लने।
2199 अनिमिष/अनिमेष वि. २. आँखा खुला रहेको; जागा । क्रि.वि.
2200 अनिमिष/अनिमेष वि. ३. आँखै झिम्म नगरी; ट्वालट्वाल्ती; एकटकले ।