Dictionary

All Word

33251 झोर ना. चामलको मसिनु पिठो दुधमा पकाई चालनीद्वारा लहरा पारेर स्याउजस्तो बनाई तयार पारिने रोटी।
33252 झोरा ना. १. सिकार खेल्दा गरिने जङ्गली जनावरको खेदो।
33253 झोरा ना. २. औलो लाग्ने जङ्गल, झोर।
33254 झोरा ना. ३. नाचगान बजानको सामूहिक रूप।
33255 झोराइ ना. झोर्ने भाव, क्रिया वा प्रक्रिया।
33256 झोराइनु क.क्रि. एकै ठाउँमा जम्मा पारिनु।
33257 झोराउनु प्रे.क्रि. एकत्रित पार्नु।
33258 झोरापाटा ना. सरकारबाट फँडानी गरी बस्ती बसाल्न स्वीकृत जङ्गल।
33259 झोरिनु क.क्रि. झोर्ने काम गरिनु।
33260 झोऱ्याउनु स.क्रि. बिस्तारै गाइएको गीतलाई छिटो गाएर नाच्ने स्थितिमा ल्याउनु।
33261 झोल ना. १. तिहुनतरकारी, मासु आदिको रस।
33262 झोल ना. २. पन्यालो वस्तु कुनै चिजमा भएको जलीय अंश, तरल पदार्थ।
33263 झोल ना. ३. झोलिनी।
33264 झोला ना. काँधमा भिर्न वा हातले समाउन मिल्ने गरी उझन्डो लगाइएको कपडा आदिको थैलो।
33265 झोलिनु अ.क्रि. १. गह्रौं भएर तलतिर लच्कनु, नुहिनु।
33266 झोलिनु अ.क्रि. २. झुन्डिनु लट्किनु।
33267 झोलिनी ना. १. मन नपर्दा वा झर्को लाग्दा पानीलाई हेला गरी भनिने शब्द।
33268 झोलिनी ना. २. मन नपरेको वा मन नपर्दो झरी।
33269 झोलिनी ना. ३. चाहिँदो भन्दा बढ्ता झोल वा पानी भएको तरकारी।
33270 झोलिलो वि. झोल भएको रसिलो।
33271 झोली ना. १. सरसामान राखेर काँधमा भिरी हिँड्ने, उझन्डो भएको ससानो झोला, सानो थैलो।
33272 झोली ना. २. साधु, जोगीहरूले भिक्षा माग्ने कपडाको थैलो।
33273 झोलीतुम्बा ना. झिटीमिटी, जोगीले भिर्ने झोली र जलपात्र।
33274 झोलीको देउता ना. जुनसुकै बेला आफूले चाहेको जे दिए पनि लिने व्यक्ति (भानिजलाई प्रचलित)।
33275 झोलुङ्गे वि. १. दुईतिर खम्बाका शिरमा अड्किएर लच्कने, हल्लने।
33276 झोलुङ्गे वि. २. झोलुङ्गोजस्तो, झोलुङ्गोसम्बन्धी।
33277 झोलुङ्गे पुल ना. फलामका लट्ठा र खम्बाका भरमा तयार गरिएको पुल।
33278 झोलुङ्गे साँघु ना. खोलानाला तरिने झोलुङ्गोजस्तो साँघु, हल्लने साँघु।
33279 झोलुङ्गो ना. १. लच्कने वा हल्लने कुनै वस्तु।
33280 झोलुङ्गो ना. २. केटाकेटीलाई सुताई हल्लाइने बाँस, भाङ्ग्रो, प्लास्टिक आदिको लच्कने साधन; कोक्रो।
33281 झोले वि. झोल भएको, रसदार।
33282 झोल्याइ ना. १. झोलिने क्रिया वा प्रक्रिया। [झोल्याउ + आइ]
33283 झोल्याइ ना. २. झोल्याउने क्रिया वा प्रक्रिया।
33284 झोल्याइनु क.क्रि. झोलिने पारिनु।
33285 झोल्याउनु प्रे.क्रि. . लच्कने किसिमले खुकुलो पार्नु, झोलिने बनाउनु।
33286 झोल्यानी ना. झोल वस्तु, झोलिनी।
33287 झोस्नु स.क्रि. १. बल्ने बारुद, बत्ती आदिमा आगो छुवाउनु, बत्ती सल्काउनु।
33288 झोस्नु स.क्रि. २. पोल गर्नु, उजुर गर्नु।
33289 झोस्नु स.क्रि. ३. झगडा, मुद्दा आदि लगाउनु, फसाउनु।
33290 झोसाइ ना. कोने भाव, क्रिया वा प्रक्रिया।
33291 झोसाइनु क.क्रि. झोस्न लाइनु।
33292 झोसाउनु प्रे.क्रि. झोस्न लाउनु।
33293 झोसाहा वि. १. अर्काको गुप्ती कुरा लाउने वा उजुर गर्ने, पोलाहा।
33294 झोसाहा वि. २. सुकेका खर, पराल आदिमा आगो, बत्ती आदि लगाउने, सल्काउने।
33295 झोसिनु अ.क्रि. १. वरिपरिबाट एकत्रित हुनु, झुम्मिनु भुत्तिनु।
33296 झोसिनु अ.क्रि. २. पोलिनु।
33297 झोसिनु अ.क्रि. ३. छोड्नु।
33298 झौवा ना. १. मसिना पात र सल्लाका जस्ता फल हुने, सानाठुला दुई जात भएको एक वृक्ष, त्यसैको फल। वि.
33299 झौवा ना. २. काम नलाग्ने, बेफ्वाँकको।
33300 झ्यँकाइ ना. भ्याँक्ने भाव, क्रिया वा प्रक्रिया।