Dictionary

All Word

33401 झ्वाँकी पानी ना. ज्वानु, सिधेनुन, टिमुर आदि हाली पोलेको रातमाटोका डल्लाले झानेको तातो पानी। (रुघाखोकी र चिसो गढेको अवस्थामा यस्तो पानी औषधीका रूपमा खुवाइन्छ)।
33402 झ्वाइँय्य क्रि.वि. तिखोसित झ्वाइँ हुने गरी झ्वाइँय्य।
33403 झ्वाट्ट क्रि.वि. झट्ट तुरुन्त उत्तिखेरै।
33404 झ्वाप्प क्रि.वि. १. एकाएक ढाक्ने वा छोप्ने गरी।
33405 झ्वाप्प क्रि.वि. २. अपर्झट बत्ती निभ्ने किसिमले।
33406 झ्वाम्म क्रि.वि. एकै झमटमा पानीको गहिराइमा हाम फाल्ने चालसँग।
33407 झ्वाम्ल्याड्ड क्रि.वि. झ्वाम्म।
33408 झ्वार्र क्रि.वि. सुकेका घाँस, पराल आदिमा आगो लाग्दा शब्द आउने गरी; झ्यार्र
33409 झ्वास्स क्रि.वि. १. आगो झोस्ने गरी; पोल्ने चालसँग।
33410 झ्वास्स क्रि.वि. २. सूचना वा खबर नदिई ( आउने किसिम)।
33411 झ्वास्सभवास्स क्रि.वि.
33412 १. देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये दसौँ व्यञ्जन वर्ण; परम्परागत रूपमा तालव्य, स्पर्शी, सघोष, अल्पप्राण, अनुनासिक तर नेपाली उच्चारणअनुसार - ञकार प्रतिनिधित्व गर्ने लिपिचिहन; गोरुसिङ्गे 'यँ' ठहरिने व्यञ्जनवर्ण, चवर्गको अन्तिम तथा पाँचौँ अक्षर; लेख्य रूपमा सो व्यञ्जनवर्णको ञ ( नेपाली लेखनमा )।
33413 २. नेपालीमा विभेदकता वा व्यतिरेक नभएको नासिक्य व्यञ्जन (नेपाली उच्चारणमा)।
33414 ञकार ना. ञ' अक्षर; चवर्गको अन्तिम वर्ण।
33415 देवनागरी वर्णमालाका व्यञ्जन वर्णमध्ये एघारौ वर्ण; मू॒र्धन्य ताडित, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जनवर्ण, टवर्गको पहिल अक्षर लेख्य रूपमा सो वर्णको प्रतिनिधित्व गर्ने लिपिचिहन ओठकाट्यो ट।
33416 टँकाइ ना. टाँक्ने भाव, क्रिया वा प्रक्रिया।
33417 टँकाइनु क.क्रि. टाँक्न लाइनु।
33418 टँकाउनु प्रे. क्रि. टाँक्न लाउनु।
33419 टँगरो वि. १. सुकुटे तर अग्लो; दुब्ल र अग्लो।
33420 टँगरो वि. २. टङ्ग्रङ परेको; टिङ्गरो। ना.
33421 टँगरो वि. ३. पातलो झोल; सङ्लो झोल वा रस; टुर्रो।
33422 टँगाइ ना. टाँग्ने भाव, क्रिया वा प्रक्रिया।
33423 टँगाइनु क. क्रि. १. टाँग्ने काम गराइनु।
33424 टँगाइनु क. क्रि. २. झुन्ड्याउन लगाइनु।
33425 टँगाउनु प्रे. क्रि. १. टाँग्ने काम गराउनु।
33426 टँगाउनु प्रे. क्रि. २. झुन्ड्याउन लगाउनु।
33427 टँसाइ ना. टाँस्ने भाव, क्रिया वा प्रक्रिया।
33428 टँसाइन् क.क्रि. टाँस्न लाइनु।
33429 टँसाउनु प्रे.क्रि. टाँस्न लाउनु।
33430 टँसिलो वि. टाँसिएको; ठिक्क मिलेको।
33431 टक १ ना. १. प्रकाशपुञ्जको चहक; सूर्य, चन्द्र, बत्ती आदिको प्रकाश; ‘पानी, ऐना वा यस्तै टलकदार वस्तुमा परेर अन्यत्र फर्केको उज्यालो; प्रतिबिम्ब।
33432 टक १ ना. २. एकसुरको हेराइ; आँखा झिम्म नगरीकनको हेराइ; स्थिरदृष्टि।
33433 टक १ ना. ३. लालसा; तीव्र इच्छा। (उदा.- हरिलाई पढ्ने टक बसेको छ )।
33434 टक २ ना. १. रुपियाँपैसा आदिमा लगाइएको सरकारी छाप; मुद्रा वा सिक्कामा लगाइने सरकारी चिह्न।
33435 टक २ ना. २. मुद्रा; सिक्का; रुपियाँपैसा।
33436 टकटक ना. १. साह्रो पदार्थमा केही कुराले आघात गर्दा वा धुलो आदि झार्नका लागि लुगा इत्यादि झट्कार्दा आउने ध्वनि।
33437 टकटक ना. २. ठकठक; टुकटुक; टिकटिक (ध्वनि)।
33438 टकटका वि. १. धनसम्पत्ति र जहान परिवार केही नभएको; टकटकिएको; निक्खरा एक्लो; टकटके; नाङ्गो। ना.
33439 टकटका वि. २. रुपियाँपैसा; सरसामान।
33440 टकटकाइ ना. १. टकटक गर्ने क्रिया वा प्रक्रिया।
33441 टकटकाइ ना. २. छैन भनी अभाव जनाउने क्रिया वा प्रक्रिया। एकसुरे हेराइ।
33442 टकटकाइनु क.क्रि. १. धुलो आदि झार्न झट्कारिनु।
33443 टकटकाइनु क.क्रि. २. टकटक ध्वनि निकाल्ने गरी आघात गरिनु।
33444 टकटकाइनु क.क्रि. ३. एक सुरले हेरिनु।
33445 टकटकाउँदो वि. निर्मल; उज्जर; सफा; स्वच्छ; राम्रो।
33446 टकटकाउनु अ.क्रि. / स.क्रि. १. अ.क्रि. टकटकको आवाज पैदा हुनु।
33447 टकटकाउनु अ.क्रि. / स.क्रि. २. छैन भनी अभावग्रस्त देखा पर्नु; टकटकिनु। स.क्रि.
33448 टकटकाउनु अ.क्रि. / स.क्रि. ३. धुलो आदि झार्नु; टकटक्याउनु।
33449 टकटकापुर वि. / ना. १. बिलकुल सेतो; एकदम सफा; स्वच्छ। ना.
33450 टकटकापुर वि. / ना. २. केही पनि नहुने स्थिति; अभाव; शून्यता; रिक्तता।