Dictionary

All Word

33451 टकटकाहट ना. १. टकटक्याहट।
33452 टकटकाहट ना. २. एकसुरको हेराइ; टकटकी।
33453 टकटकाहा वि. १. टकटकाउने।
33454 टकटकाहा वि. २. एकसुरले हेर्ने।
33455 टकटकिनु अ.क्रि. १. एकदम रित्तिनु; केही पनि बाँकी नहुनु; सिद्धिन।
33456 टकटकिनु अ.क्रि. २. धुलो, कसिङ्गर वा पानी झर्नु; झारफुर हुनु।
33457 टकटकिनु अ.क्रि. ३. कुनै कामबाट हात झिक्नु; फट्कार्नु पन्छिनु।
33458 टकटकी क्रि.वि. १. एकोहोरो दृष्टिका साथमा; एकटक लाएर; स्थिर दृष्टिले।
33459 टकटकी क्रि.वि. २. धुलोमुलो पुरै झर्ने गरी।
33460 टकटकी क्रि.वि. ३. अभावग्रस्त देखापर्ने चालसँग।
33461 टकटकी क्रि.वि. ४. एकटकको आवाज उत्पन्न हुने किसिमले।
33462 टकटके वि. / ना. १. आफ्नो जिम्मेवारी नसँभाल्ने; आफ्नो उत्तरदायित्व वहन नगर्ने।
33463 टकटके वि. / ना. २. टकटकिएर अभाव मात्र देखाउने।
33464 टकटके वि. / ना. ३. पलायनधर्मी। ना.
33465 टकटके वि. / ना. ४. टकाराँड।
33466 टकटक्याइ ना. १. टकटकिने भाव, क्रिया वा प्रक्रिया। [टकटक्याउ+ आइ]
33467 टकटक्याइ ना. २. टकटक्याउने भाव, क्रिया वा प्रक्रिया।
33468 टकटक्याइनु क.क्रि. १. कत्ति पनि बाँकी नराखी सबै रित्याइनु।
33469 टकटक्याइनु क.क्रि. २. धुलो झारिनु।
33470 टकटक्याउनु प्रे.क्रि. १. कपडा, लम्पट आदिमा परेको धुलो, कसिङ्गर वा पानी फड्कारेर झार्नु, झड्कार्नु।
33471 टकटक्याउनु प्रे.क्रि. २. भएभरको सम्पत्ति खतम पार्नु, सिरीखुरी पार्नु।
33472 टकटक्याउनु प्रे.क्रि. ३. धुलो झार्नु वा झार्न लगाउनु।
33473 टकटक्याहट ना. टकटक्याइ।
33474 टकटक्याहा वि. १. टकटकिने।
33475 टकटक्याहा वि. २. टकटक पार्ने।
33476 टकमराइ/टकमरी ना. तामा, पित्तल, सुन, चाँदी आदि धातुलाई पैसा, रुपियाँ आदिमा ढाल्ने काम; रुपियाँ, पैसा आदि छाप्ने काम; मुद्रा बनाउने काम।
33477 टक मार्नु स.क्रि. १. मुद्रा बनाउनु तथा त्यसमा छाप बसाउनु।
33478 टक मार्नु स.क्रि. २. जाली मुद्रा बनाउनु।
33479 टक मार्नु स.क्रि. ३. ज्योति मलिन पार्नु।
33480 टकराइ ना. टकराउने भाव, क्रिया वा प्रक्रिया।
33481 टकराइनु अ.क्रि. ठोकिनु; जुधिन्।
33482 टकराउनु अ.क्रि. कुनै दुई थरी वस्तु एक अर्कोमा रगडिनु; परस्पर जुध्नु; ठक्कर खानु; भिडिनु; ठोकिनु।
33483 टकसार ना. विभिन्न धातुबाट रुपैयाँपैसा बनाउने वा ढाल्ने सरकारी अड्डा ; मुद्रा वा सिक्का तयार गर्ने कारखाना।
33484 टकसारी ना. १. सरकारले आज्ञा दिएमुताबिक मोहर, पैसा, असर्फी आदिमा टक ढाल्ने काम।
33485 टकसारी ना. २. त्यस्तो टक ढाल्ने व्यक्ति। वि.
33486 टकसारी ना. ३. टकसारीको काम गर्ने।
33487 टका १ वि. केही नभएको; टाट; ठिङ्गो।
33488 टका २ ना. १. रुपियाँपैसा; सिक्का; मुद्रा।
33489 टका २ ना. २. दुईपैसे ढयाक; दुई पैसाको समूह।
33490 टकाटक क्रि.वि. १. धमाधम; ठ्याक्क; फटाफट। ना.
33491 टकाटक क्रि.वि. २. खाँचो; हर्जा; खट्ट।
33492 टकार ना. ट' अक्षर; टवर्गको पहिलो वर्ण।
33493 टकाराँड ना. पैसामा बिक्ने नारी; वेश्यावृत्ति गर्ने स्त्री (हेयार्थमा)।
33494 टकेर्नु ना. बकेर्नुपछिको वा थाक्ने बेला भएको गाईभैँसी; थाकेर दुध नदिने अवस्थाको गाईबस्तु।
33495 टक्क क्रि.वि. एकाएक रोकिने गरी; हिँड्दाहिँड्दै एक्कासि अडिने चालले; अचानक हिँड्न छाडेर।
33496 टक्कर १ ना. १. जडिएका रत्न वा मणिहरूको टलकझलक बढाउनका लागि तलतिर राखिने धातुको पातलो पत्र।
33497 टक्कर १ ना. २. गहुँको मैदा रयालेर बनाइएको, टीका, छाप आदिमा प्रयोग गरिने लेसिलो पदार्थ।
33498 टक्कर २ ना. १. व्यक्ति वा वस्तु अर्कासँग रगडिने वा ठोकिने काम; ठक्कर; धक्का।
33499 टक्कर २ ना. २. प्रतिस्पर्धा; प्रतिद्वन्द्रिता; दाँजो।
33500 टक्कर २ ना. ३. च्याम्पटी, ओखर, भुरुङ आदि घुमाउँदा नचली वा नहल्ली घुम्ने चाल।