Dictionary

All Word

33551 टङ्ग ना. मानिस वा पशुका दुई खुट्टाको दुरी; टाँग; खुट्टा।
33552 टङ्गन वि. १. खिनाउरो; दुब्लोपातलो; ख्याउटे।
33553 टङ्गन वि. २. अग्लो; टिङ्गरो।
33554 टङ्गने वि. १. दुब्लोपातलो; खिनाउरो; ख्याउटे (व्यक्ति वा पशु)।
33555 टङ्गने वि. २. पातलो; सङ्लो टुर्रो (झोल)।
33556 टङ्गने वि. ३. अग्लो; लामघारे।
33557 टङ्गर/टङ्गरो वि. १. एक्लो; सिग्रो; निःसन्तान।
33558 टङ्गर/टङ्गरो वि. २. विनागुदीको; चोक्टा नभएको।
33559 टङ्गरे वि. झोल धेरै भएको ( तिहुन); टुर्रा]।
33560 टङ्ग्रङ्ङ क्रि.वि. १. अक्कासिएर उभिँदै।
33561 टङ्ग्रङ्ङ क्रि.वि. २. एक्लिएर।
33562 टङ्ग्रङ्ङ क्रि.वि. ३. सङ्लो र पातलो हुने गरी; टुर्रा।
33563 टड्ङ क्रि.वि. टङको एकै आवाजमा; एकै टङको ध्वनिमा।
33564 टङ्रङ्ङ क्रि.वि. पानी वा झोल मात्र हुने किसिमले (दाल, तरकारी आदि)।
33565 टटरो वि . १. दुब्लो, पातलो; सुकेको र अग्लो; टँगरो; टट्टु।
33566 टटरो वि . २. टर्रो मिजासको; टर्रो स्वभावको; निर्मायालु।
33567 टटलो ना. तरबारका आकारको लामो कोसा र घण्टाजस्तो फूल फुल्ने बोट; फूल सुकाएर प्रायः औलो ज्वरमा औषधीका रूपमा खुवाइने र कोसाभित्रको पत्रमा जेलिएको बियाँलाई फूलको अभावमा माला उनिने वा देउतालाई चढाइने काम लिइने बोट।
33568 टट्कारो / टट्कालो वि. स्पष्ट देखिने; खुलस्त सफा; तड्कारो।
33569 टट्टरी ना. १. ठट्टा; दिल्लगी।
33570 टट्टरी ना. २. नभएको कुरा; झुटो व्यवहार।
33571 टट्टरी ना. ३. एक प्रकारको ढोलबाजा।
33572 टट्टाइ ना. टट्टाउने भाव, क्रिया वा प्रक्रिया।
33573 टट्इनु अ.क्रि. टट्टाइ अनुभव गर्ने होइन।
33574 टट्टाइलो / टट्टाउँदो वि. टट्टाउने खालको।
33575 टट्टाउनु अ.क्रि. १. शरीरमा चोटपटक लागेको वा घाउखटिरा भएको ठाउँमा कडा वस्तु वा चहऱ्याउने औषधी पर्दा चर्को किसिमले दुख्नु; चहऱ्याउनु; भबाउनु।
33576 टट्टाउनु अ.क्रि. २. भोक, प्यास, गर्मी आदिले सताउनु; पीडा हुनु।
33577 टट्टिनु अ.क्रि. १. दिनभर भोकै पर्नु; भोक, प्यास, गर्मी आदिले पीडित हुनु।
33578 टट्टिनु अ.क्रि. २. अप्ठेरो ठाउँमा बस्दा बस्दा उराठ लाग्नु।
33579 टट्टिनु अ.क्रि. ३. टाट पल्टनु।
33580 टट्टिनु अ.क्रि. ४. दुब्लाउनु।
33581 टट्टी ना. १. बाँस, नर्कटका चिर्पट आदिले बनाइएको पर्दा; बार ; फरिको; टाटी।
33582 टट्टी ना. २. पाइखाना; चर्पी।
33583 टट्टी ना. ३. मान्छेको मल; दिसा।
33584 टट्टी/टट्टु वि. हाडछाला मात्र बाँकी भएको; ज्यादै दुब्लो; हल्लनटाट।
33585 टट्ट्याइ ना. हे. टट्टाइ।
33586 टट्ट्याइनु अ.क्रि. टट्टाइनु।
33587 टट्ट्याउनु अ.क्रि. टट्टाउनु।
33588 टठ ना. १. गर्व; सेखी; अभिमान; घमन्ड।
33589 टठ ना. २. झगडा; निहुँ।
33590 टठमराइ ना. टठमराउने क्रिया वा प्रक्रिया।
33591 टठमराइनु अ.क्रि. टाठो वा अग्रसर होइन।
33592 टठमराइलो वि. १. टाठो।
33593 टठमराइलो वि. २. तत्पर।
33594 टठमराउनु अ.क्रि. १. परिआएको काममा अगाडि सर्न टाठोबाठो हुनु।
33595 टठमराउनु अ.क्रि. २. तरखराउनु; तयार हुनु।
33596 टठिलो वि. १. टाठो भएको; चङ्ख।
33597 टठिलो वि. २. जाँगरिलो; कामगरैया।
33598 टठिलो वि. ३. मोटोघाटो; हृष्टपुष्ट; खाएपिएको।
33599 टठिलो वि. ३. चलाक; बाठो; चतुरो; चङ्ख।
33600 टठी वि. टठ गर्ने; घमन्डी; सेखीवाल; अभिमानी।