Dictionary

All Word

33701 टमटम २ क्रि.वि. गोडा बजार्दै फुर्तीसाथ हिँड्ने किसिमले; ठिमठिम; टिमिकटिमिक।
33702 टमाटम क्रि.वि. भाँडामा कुनै वस्तु भरिभराउ भए जस्तै गरी; टनाटन।
33703 टमाटर ना. १. आलुको जस्तो बोटबाट जमिनमाथि फल्ने आलुकै आकारको फल; गोलभेँडा; ट्यामटर।
33704 टमाटर ना. २. भन्टाको जस्तो बोटमा गोलभेँडाको स्वादको डिम्बाको आकारको फल लाग्ने एक वनस्पति।
33705 टमाटर ना. ३. त्यसै बोटमा फल्ने, गोलभेंडाको जस्तो स्वाद हुने र अचार बनाएर खाइने फल।
33706 टमोट ना.
33707 टमोट ना. १. तामाका भाँडाकुँडा बनाउने काम; भाँडामा चढाइएको पाइन वा जलप।
33708 टमोट ना. २. तामो कमाउने एक वर्ग; टमौटे; टुमौटे; तमोट।
33709 टमोटे/टमौटे ना. १. तामाको भाँडाकुँडा बनाउने व्यक्ति; ताँबोको व्यापार गर्ने व्यक्ति।
33710 टमोटे/टमौटे ना. २. विश्वकर्माको एक वर्ग; टमुटो।
33711 टम्काइ ना. टमक्क हुने; क्रिया वा प्रक्रिया।
33712 टम्काइनु क.क्रि. टमक्क तुल्याइनु।
33713 टम्काइलो वि. टमक्क हुने; टमक्क होलाजस्तो।
33714 टम्काउनु स.क्रि. / प्रे. क्रि. टमक्क पार्नु वा पार्न लगाउनु।
33715 टम्के ना. फलामे ठूलो भाँडो; कराही।
33716 टम्म क्रि.वि. १. शरीरमा कपडा, जुत्ता आदि ठिक्क मिल्ने गरी; टमक्क।
33717 टम्म क्रि.वि. २. गुँद आदिले केही वस्तु टाँसिने गरी।
33718 टम्म क्रि.वि. ३. बाकस, ढोका आदि ठिकसँग बन्द हुने किसिमले, ढ्याम्म।
33719 टम्म क्रि.वि. ४. भाँडो सबै भरिने गरी।
33720 टम्म क्रि.वि. ५. अघाउन्जेल; टन्न। वि.
33721 टम्म क्रि.वि. ६. भरिएको; टाँसिएको; ठिक्क भएको वा अघाएको।
33722 टम्माटम्मी क्रि.वि. पूरा भरिने गरी; टनाटनी।
33723 टर्नु अ.क्रि. १. समय बित्दै जानु; टाइम गुज्रनु; टल्नु।
33724 टर्नु अ.क्रि. २. प्रकारान्तरबाट पनि काम चल्नु; निर्वाह हुनु।
33725 टरकी ना. थारू जातिका स्त्रीहरूले कानमा लगाउने काठको गहना।
33726 टरटर ना. सामूहिक रूपमा भ्यागुता कराउँदाको आवाज; ट्वारट्वार।
33727 टरटराउनु अ.क्रि. भ्यागुताहरू कराउनु।
33728 टराइ ना. टर्ने भाव, क्रिया वा प्रक्रिया।
33729 टराइनु क.क्रि. टर्न वा टार्न लाइनु।
33730 टराउनु प्रे.क्रि. / स.क्रि. टार्नु; टार्न लाउनु।
33731 टरिनु अ. क्रि. टर्ने काम हुनु, बितेर गइनु।
33732 टरेली ना. सलामी पर्दै गएको जमिनको रूप; केही भिरालो टार।
33733 टर्कटी ना. मकैको खोस्टा, पराल आदिले बनेको सानो चटाई; ससानो सुकुल; एक जना मात्र बस्न मिल्ने पराल आदिको बिँडो।
33734 टर्की ना. १. गिनीफोर चरा; लौकाट।
33735 टर्की ना. २. तुर्क देश।
33736 टर्च ना. गुलुप र ब्याट्री राखेर बालिने हाते बत्ती; चोरबत्ती।
33737 टर्च लाइट ना. टर्चको उज्यालो; गुलुप र ब्याट्रीबाट बल्ने हाते बत्ती।
33738 टर्र ना. १. वर्षाकालमा भ्यागुताले कराएको आवाज; टरटर। क्रि.वि.
33739 टर्र ना. २. त्यसरी टरटराएर।
33740 टर्रटर ना. १. वर्षाको बेला भ्यागुता लगातार कराउँदाको ध्वनि।
33741 टर्रटर ना. २. त्यस्तो ध्वनिसँग मिल्दो ध्वनि (हुक्का आदि तान्दाको)। क्रि.वि.
33742 टर्रटर ना. ३. लगातार टरटराएर।
33743 टर्रिनु अ.क्रि. १. टर्रो हुनु; काँचो महक आउनु।
33744 टर्रिनु अ.क्रि. २. अरूको रायसल्लाहमा नपस्नु; टेढिनु; बाङ्गिनु।
33745 टर्रो ना. १. हर्रो, काँचो हलुवावेद वा यस्तै फलमा पाइने स्वाद; छ रसमध्ये एक रस; कषाय। वि.
33746 टर्रो ना. २. हर्रो आदिको जस्तै स्वाद भएको; काँचो।
33747 टर्रो ना. ३. अरूको राय, सल्लाहमा नपस्ने; ठर्रो मिजास भएको; एकलकाँटे; रुखो।
33748 टर्‍याई ना. टर्रोपन।
33749 टर्र्‍याइनु क.क्रि. टर्रो तुल्याइनु।
33750 टर्र्‍याउनु प्रे.क्रि. टर्रो पार्नु वा पार्न लगाउनु।