Dictionary

All Word

33601 टठ्याइँ ना. टाठो हुनाको भाव वा अवस्था; बठ्याइँ।
33602 टड्कारो / टड्कालो वि. प्रस्ट; स्पष्ट; तड्कालो; टट्कालो।
33603 टन १ वि. झन्डै अट्ठाइस मनको तौल; पच्चिस मेट्रिक टनको तौल।
33604 टन २ वि. १. लागु पदार्थको सेवनले लट्ठ परेको; नशाले लट्ठिएको; रक्सी धोकेको टुन्न।
33605 टन २ वि. २. भरिएको; धन, सम्पत्तिले पूर्ण; टन्न।
33606 टन २ वि. ३. मोटाएको।
33607 टन २ वि. ४. अघाएको।
33608 टन २ वि. ५. कस्सिएको; टनक्क; टुनुक्क।
33609 टनक ना. घाउको पीडा; टन्को; जलन।
33610 टनकटनक क्रि.वि. शरीरको कुनै भागमा रोग लागेर दुखिरहने गरी; घाउखटिरामा पानी वा पिप भरिएर अथवा अरू कुनै कारणले दुख्ने किसिमले; टनक्क टनक्क; टनटन।
33611 टनक्क क्रि.वि. १. शरीरको कुनै अवयवमा रोग लागेर दुख्ने गरी; घाउखटिरामा पानी वा पिप भरिएर दुख्ने गरी।
33612 टनक्क क्रि.वि. २. वायुविकारले शरीरको स्नायु व्यवस्थामा बाधा परी पीडा हुने किसिमले
33613 टनक्क क्रि.वि. ३. डोरीले बेसरी कस्ने किसिमसित। वि.
33614 टनक्क क्रि.वि. ४. कसिएको।
33615 टनक्क क्रि.वि. ५. पीडाजनक वा ज्वलनशील।
33616 टनटन १ ना. नचाहिँदो किसिमको कचकच; बिनसित्तिको कचकच; रडाको; टन्टा; लेठो।
33617 टनटन २ क्रि.वि. १. घाउखटिराहरू टन्कने गरी; टनकटनक।
33618 टनटन २ क्रि.वि. २. फुर्ती झिकेर हिँड्ने चालले; लमकझमक।
33619 टनटन २ क्रि.वि. ३. टन्न कसेर बाँध्ने चालमा; टनक्क।
33620 टनटन २ क्रि.वि. ४. घण्टा आदि लगातार बज्ने गरी।
33621 टनटनती/ टनटनी क्रि.वि. टनक्क हुने (दुख्ने, लम्कने, बज्ने, भरिने, कसिने) गरी।
33622 टनटने ना. हरियो चिल्लो डाँठ र बाँसका जस्ता आँख्ला हुने, हाँगापात नहुने, कुरकुरे जस्तै सुलुत्त परेको झार।
33623 टनाटन क्रि.वि. १. भाँडोमा कुनै वस्तु खाँदिएर चुलिने गरी; अटाई नअटाई; टमाटम; भरिभराउ। वि.
33624 टनाटन क्रि.वि. २. पुरै भरिएको; टन्न।
33625 टनेल ना. १. पहाडको भित्रभित्रै बनाइएको बाटो वा कुलो।
33626 टनेल ना. २. सुरुङ।
33627 टन्कनु अ.क्रि. १. घाउखटिरा पिलिएर रन्थनिनु; पीडा हुनु; बल्कनु; भबाउनु।
33628 टन्कनु अ.क्रि. २. ज्यादै कसिने गरी वा नफुत्कने किसिमले बाँधिनु बेसरी तानिनु।
33629 टन्काइ ना. १. घाउ आदिको दुखाइ।
33630 टन्काइ ना. २. डोरी वा दाम्लाको कसाई।
33631 टन्काइनु क.क्रि. टन्कने पारिनु; बेसरी दुखाइनु वा कसिनु।
33632 टन्काउनु प्रे.क्रि./स.क्रि. टन्कने पार्नु; बेसरी दुखाउनु वा कस्नु।
33633 टन्किनु अ.क्रि. १. टन्कनु।
33634 टन्किनु अ.क्रि. २. चर्कोसँग दुख्नु; भबाउनु।
33635 टन्किनु अ.क्रि. ३. कसिने गरी बाँधिनु।
33636 टन्को ना. १. घाउखटिरा आदिको दुखाइ; रनक।
33637 टन्को ना. २. डोरी आदिको कसाइ; टन्काइ
33638 टन्टकपाले वि. नचाहिँदो झन्झट बोकेर हिँड्ने; अनावश्यक झमेला बेसाउने; टन्टा बोकेर काम गर्ने; अनावश्यक रूपमा अर्काको दुखेसो आफ्नो टाउकामा लिएर हिँड्ने।
33639 टन्टलापुर वि. खुब पोल्ने; ज्यादा चर्को; प्रचण्ड (घाम)।
33640 टन्टा ना. १. नचाहिँदो झमेला; भोज; झन्झट।
33641 टन्टा ना. २. अनावश्यक कामको बोझ।
33642 टन्टासन्टा ना. नचाहिँदो झोजझमेला।
33643 टन्न क्रि.वि. १. भाँडामा कुनै वस्तु खाँदिएर चुलिने गरी; भरिभराउ, टनाटन।
33644 टन्न क्रि.वि. २. पूरा अघाउने गरी; गलगिज्ज।
33645 टन्न क्रि.वि. ३. घण्टा, घडी आदिमा ठक्कर लागेर बजे जस्तै गरी।
33646 टन्न क्रि.वि. ४. रक्सी आदि लागु पदार्थले लट्ठिने गरी; लट्ठ।
33647 टप्नु स.क्रि. १. पढाइ, उद्योग, व्यवसाय र यात्रा आदिमा अरूलाई उछिनेर अगाडि पुग्नु, पछि भएको व्यक्तिले आफूभन्दा अघिको व्यक्तिलाई भेट्टाउनु वा जित्नु।
33648 टप्नु स.क्रि. २. फड्कनु; नाघ्नु।
33649 टप्नु स.क्रि. ३. टाप ठोक्नु; भाग्नु।
33650 टप १ ना. कानका लोतीमा लगाइने, सानो ढुङ्ग्री जस्तै एक प्रकारको प्रायः सुनको गहना।