Dictionary

All Word

33651 टप २ ना. बग्गी, तामदान आदिको बसाउन, उठाउन र ढाल्नसमेत मिल्ने माथिल्लो भाग वा छानु।
33652 टप ३ ना. साइकल, मोटरसाइकल, बग्गी; मोटर आदिको पाङ्ग्रामाथि जडिने ढकनीजस्तो कुप्रो परेको पाता।
33653 टपक्क क्रि.वि. १. एक्कासि वा सजिलै टिपेर; झट्ट टिप्ने गरी; झटपट टप्काएर।
33654 टपक्क क्रि.वि. २. कसैसँग एकदम टाँसिने वा लेसिने चालमा।
33655 टपक्क क्रि.वि. ३. थोपाका रूपमा झरेर; तप्प।
33656 टपटप क्रि.वि. १. एक एक थोपा गरी चुहिएर; तपतप।
33657 टपटप क्रि.वि. २. कत्ति नसुस्ताई लगातार टिपेर; टपाटप। ना.
33658 टपटप क्रि.वि. ३. त्यसरी चुहिँदाको ध्वनि।
33659 टपटपी / टपटप्ती क्रि.वि. टपटप; टपाटप।
33660 टपरी / टपरो ना. १. बाँसको सिन्काले गाँसेर बिट उठाई बनाइएको, साल आदिका पातको थाल जस्तो भाँडो; पत्तल; ठहर।
33661 टपरे वि. टपरी सँगेट्ने वा सह्यार्ने, घरघरमा पुरोहित्याइँ गरी जीविका गर्ने; टपरीमा हालेका सिधाबाट गुजारा गर्ने।
33662 टपर्टुय्याँ वि. १. अध्ययन, ज्ञान आदि नभए पनि बाहिरी बठ्याइँद्वारा आफ्नो पाण्डित्यको प्रदर्शन गर्ने; भित्री ज्ञान नभएको तर बाहिर प्रभुत्व जमाउन चाहने; लालबुझक्कड। ना.
33663 टपर्टुय्याँ वि. २. त्यस्तो व्यक्ति।
33664 टपाइ ना. टप्ने भाव, क्रिया वा प्रक्रिया।
33665 टपाइनु क.क्रि. टप्न वा उछिन्न लाइनु, टप्न सक्ने बनाइनु; टप्ने पारिनु।
33666 टपाउनु प्रे. क्रि. टप्ने वा उछिन्न सक्ने पार्नु; उछिन्न लाउनु; टप्न लाउनु।
33667 टपाटप क्रि.वि. जमिनबाट कुनै वस्तु वा रुखबाट फल आदि टिप्ने किसिमले; टपटपती।
33668 टपिनु क.क्रि. १. अरूलाई उछिनेर अगाडि बढिनु वा पुगिनु।
33669 टपिनु क.क्रि. २. टप्ने वा उछिन्ने काम गरिनु।
33670 टप्कनु अ.क्रि. १. थोपाथोपा गर्दै पानी चुहिनु वा खस्नु; बुँदबुँद गरी झर्नु।
33671 टप्कनु अ.क्रि. २. एक्कासि आइपुग्नु; प्रकट हुनु। स.क्रि.
33672 टप्कनु अ.क्रि. ३. उछिन्नु; टप्नु।
33673 टप्कनु अ.क्रि. ४. फड्केर नाघ्नु।
33674 टप्कनु अ.क्रि. ५. टपक्क टिपेर लग्ने काम हुनु।
33675 टप्काइ ना. टप्कने वा टप्काउने क्रियाप्रक्रिया।
33676 टप्काइनु क.क्रि. टपक्क टिपेर लगिनु।
33677 टप्काउनु स.क्रि./ प्रे. क्रि. १. टपक्क टिपेर लैजानु; हात लाउनु; हातलागी गर्नु; उडाउनु।
33678 टप्काउनु स.क्रि./ प्रे. क्रि. २. हरण गर्नु; चोर्नु।
33679 टप्काउनु स.क्रि./ प्रे. क्रि. ३. थोपा थोपा चुहाउनु; बुँद खसाउनु।
33680 टप्किनु अ.क्रि. १. टप्कनु।
33681 टप्किनु अ.क्रि. २. थोपा थोपा गरी चुहिनु।
33682 टप्क्याइ ना. टप्किने भाव, क्रिया वा प्रक्रिया।
33683 टप्प क्रि.वि. १. एकएक थोपा गरेझैँ गरी; टपक्क।
33684 टप्प क्रि.वि. २. एकै पटक मात्र केही कुरो टिप्ने किसिमले।
33685 टप्प क्रि.वि. ३. तुरुन्त टप्काउने चालमा।
33686 टप्प क्रि.वि. ४. टाँसिए जस्तै गरी।
33687 टप्प क्रि.वि. ५. एक्कासि थामिने, रोकिने वा पक्रिने चालले।
33688 टप्प क्रि.वि. ६. अकस्मात् प्रकट भएर; टुप्लुक्क।
33689 टप्पा १ ना. १. कुनै जिल्ला वा प्रगन्नाको एक हिस्सा; सानो भूभाग; इलाका; तप्पा।
33690 टप्पा १ ना. २. अग्लो ढिस्को; डाँडो।
33691 टप्पा २ ना. मारुनी नाचमा गाइने एक थरी राग।
33692 टप्पु ना. नदीको दोभान, तलाउ वा मैदानका बिचमा उठेको जमिन वा ढिस्को; द्वीप; टाकुरो; मझौ।
33693 टप्पू वि. १. चङ्ख; चतुरो;
33694 टप्पू वि. २. टिप्ला वा टप्काउलाजस्तो।
33695 टप्फा/टप्फु ना. एक व्यक्ति र अर्को व्यक्तिको अनुहारमा देखिने अन्तर।
33696 टफी ना. १. क्रिम आदि भएको चकलेट; कागजमा बन्दी गरिएको ससानो मिठाई।
33697 टफी ना. २. खेलमा विजेताले पाउने विजयचिह्न।
33698 टब ना. बसेर वा पल्टेर नुहाउनका लागि पानी राख्न बनाइएको, ठुलो खुला मुख भएको सिमेन्ट आदिको भाँडो।
33699 टमक्क क्रि.वि. कपडा आदि शरीरमा टम्म मिल्ने वा कसिने गरी; सिमिक्क; टिमिक्क।
33700 टमटम १ ना. एउटै घोडाले तान्ने, दुई अग्ला अग्ला पाङ्ग्रा भएको हल्का बग्गी; एक्का।