Dictionary

All Word

33851 टाँक्नु स.क्रि. १. कपडामा टाँका लाउनु; लामा लामा फड्का पारेर सिउनु।
33852 टाँक्नु स.क्रि. २. रजिस्टरमा कुनै व्यक्ति वा वस्तुको नाम दर्ता गर्नु।
33853 टाँक्नु स.क्रि. ३. नाउँनामेसी टिप्नु; नामाङ्कित गर्नु।
33854 टाँक्नु स.क्रि. ४. धातु आदिमा बुट्टा, नाम आदि कुँदनु वा खोप्नु।
33855 टाँक ना. कोट, कमिज आदिको अगाडिको फेरो अल्झाउन फेराकै किनारमा केही फरक पारी टाँसेर सिइने सानो पैसाका छाँटको विभिन्न आकारको धातु, सिपी, काठ, प्लास्टिक आदिको वस्तु; बटन।
33856 टाँक घर ना. टाँक छिराउने प्वाल।
33857 टाँका ना. १. कपडा सिउँदा धागाले समात्ने भाग; सियाइको फड्को।
33858 टाँका ना. २. धातुका टुक्राहरू जोड्ने रसायन।
33859 टाँका ना. ३. कलम अथवा निबको लेख्ने चुच्चो परेको भाग; टुँडो।
33860 टाँकिनु अ.क्रि. १. टाँका लाग्नु। क. क्रि.
33861 टाँकिनु अ.क्रि. २. टाँका लगाइनु।
33862 टाँकी ना. २. भोर्लाको टुप्पो दुई भाग परेजस्तो तर सानो पात हुने, प्याजी रङको ठुलठुला र लामालामा टाटा हुने, स्याउला डाले घाँसको काममा आउने कोइरालो जस्तै एक जातको वृक्ष;
33863 टाँकी ना. २. त्यसैको फल।
33864 टाँग्नु स.क्रि. १. कपडा आदि फिँजाएर झुन्ड्याउनु; लट्काउनु; टाङ्नु।
33865 टाँग्नु स.क्रि. २. तोकेको काम गर्न आलटाल गर्नु; सुस्ती गर्नु।
33866 टाँग्नु स.क्रि. ३. खसी, बोका आदिको छाला काढ्नु।
33867 टाँग ना. शरीरको कटीदेखि पैतालासम्मको भाग; खुट्टो; गोडो।
33868 टाँगटुँग ना. १. भित्ता र दलिनहरूमा वरपर केही कुरा झुन्ड्याउने वा टाँग्ने काम।
33869 टाँगटुँग ना. २. अस्तव्यस्त टँगाइ।
33870 टाँगन १ ना. होचो कदको फुर्तिलो घोडा; च्यान्टे घोडा; पहाडी टट्टु।
33871 टाँगन २ वि. शरीर पातलो र अग्लो भएको; सुइँखुट्टे; लामघारे।
33872 टागन घोडा ना. प्रायः टाँगा चलाउन लगाइने फुर्तिलो घोडा
33873 टाँगा ना. एउटा घोडाले तान्ने अग्ला दुई पाङ्ग्रा भएको सानो बग्गी; टमटम; टाङा।
33874 टाँगिनु क.क्रि. टाँग्ने काम गरिनु; टाङिनु।
33875 टाँगी ना. सानो टाँगो।
33876 टाँगे वि. टाँगोका आकारको; ठाडे।
33877 टाँगे परेवा ना. एक आँखा सेतो र एक आँखा कालो हुने परेवा।
33878 टाँगे लौरी ना. खुट्टाका बुढी औँला र चोर औँलामाथि लट्ठी अड्याई हातले समातेको लट्ठी हुत्त्याएर खेलिने एक खेल; डन्डीबियो।
33879 टाँगो १ ना. १. जग्गाजमिन आदि नाप्ने लामो निश्चित परिमाणको लट्ठी; लग्गा; लग्गी; टाङो।
33880 टाँगो १ ना. २. लामो घोचो; घारो।
33881 टाँगो १ ना. ३. माछा मार्न टुप्पामा बल्छी अड्काइएको लामो लट्ठी।
33882 टाँगो २ ना. १. फलाम आदि कडा धातुमा प्वाल पार्दा तल ओछ्याइने, बिचमा प्वाल भएको फलाम वा काठ आदिको उपकरण।
33883 टाँचा ना. १. हुलाकद्वारा पठाइने चिठीपत्रका टिकटमा लगाइने मितिसहितको छाप; छापा; छाप।
33884 टाँचा ना. २. कटानी गर्ने अनुमति पाएका रुखमा लगाइने सरकारी छाप; त्यस्ता रुखमा खोपिने चिह्न।
33885 टाँड ना. १. चारै सुरमा खाँबा गाडेर वा भित्ता कपेर फल्याक, बाँसका चिर्पट आदि छापी सामान राख्न वा सुत्न बनाइएको मचान।
33886 टाँड ना. २. मुर्दा बोक्ने खट; शवयान; अर्थी।
33887 टाँड ना. ३. मालसामानको चाङ लगाउँदा बिचबिचमा परेको छिद्र।
33888 टाँड ना. ४. दुई नदीका बिचको चुलिएको जमिन।
33889 टाँड घर ना. काठपात, पराल आदि राखिने घर; मचान।
33890 टाँडी ना. बस्न वा सुत्न मिल्ने ससानो टाँड।
33891 टाँडे वि. १. टाँड भएको; टाँडसम्बन्धी; टाँडको।
33892 टाँडे वि. २. टाँड परेको।
33893 टाँडेघर ना. टाँडका आकारको घर।
33894 टाँडेजात्रा ना. मुर्दालाई मसानघाट पुऱ्याउने जात्रा, शवयात्रा; मलाम।
33895 टाँपो ना. पेट र घाँटी सानो भएको, हेर्दा सानो गाग्रीजस्तो देखिने, पानी खाने टुटीदार भाँडो; एक प्रकारको करुवा।
33896 टाँस्नु स.क्रि. १. गुँद आदि लेसाइलो पदार्थले दुई भिन्न वस्तुलाई जोर्नु; दुई वस्तुलाई एक जिउ पार्नु।
33897 टाँस्नु स.क्रि. २. सँगसँगै राख्नु; जोर्नु।
33898 टाँस्नु स.क्रि. ३. गाँस्नु।
33899 टाँस्नु स.क्रि. ४. आफूलाई आइपरेको झमेला अरूमाथि थोपर्नु; टाँसो लाउनु।
33900 टाँस ना. १. व्यक्तिविशेष वा सर्वसाधारण जनतालाई कुनै कुरो सूचित गर्न सरकारको तर्फबाट घर, पर्खाल, सत्तल, पाटी आदिमा लेखोट वा सूचनापत्र टाँस्ने काम।