Dictionary

All Word

33951 टाकुरो ना. १. समतल जमिनभन्दा माथि उठेको भूभाग; पहाडको टुप्पो; चुचुरो; शिखर।
33952 टाकुरो ना. २. गजुर; धुरी।
33953 टाक्सिनु अ.क्रि. १. चिन्ताले दुब्लाउनु; पिरले खिइँदै जानु; ख्याउटिनु।
33954 टाक्सिनु अ.क्रि. २. फस्टाउन नसक्नु; विकसित हुन नसक्नु।
33955 टाक्से वि. चिन्ताले दुब्लाएको; टाक्सिएको; ख्याउटे; अविकसित।
33956 टाङ१ ना. खुट्टो; गोडो; टाँग।
33957 टाङ२ ना. भाँडाकुँडा वा ठुलो घडी बज्दा निस्कने आवाज।
33958 टाङटाङ क्रि.वि. त्यसरी बजेर।
33959 टाङटुङ ना. १. घण्टा, घण्टी भएको घडी आदि बज्दा निस्कने शब्द। क्रि.वि.
33960 टाङटुङ ना. २. त्यस्तो ध्वनिका साथमा।
33961 टाङन ना. हे. टाँगन।
33962 टाङन घोडा ना. हे. टाँगन घोडा।
33963 टाङा ना. हे. टाँगा।
33964 टाङ्नु स.क्रि. हे. टाँग्नु।
33965 टाङिनु क.क्रि. हे. टाँगिनु
33966 टाङो ना. हे. टाँगो।
33967 टाङ्ड क्रि.वि. टाङको ठुलो आवाज निक्लने गरी।
33968 टाट ना. १. प्रायः सनपाटको धागाले बनाइएको खस्रो र बाक्लो कपडा।
33969 टाट ना. २. ठुलो कोठा वा बैठकमा बिछ्‌याउनका लागि तयार गरिएको बुट्टावाल र पालिसदार मोटो कपडा।
33970 टाट ना. ३. पसलेको गद्दी वा आसन। वि.
33971 टाट ना. ४. तन्नम ; गरिब।
33972 टाट ना. ५. दुब्लोपातलो।
33973 टाट उल्टाइ/पल्टाइ ना. वाणिज्य व्यवसायमा बेहोर्नुपरेको भयानक असफलता।
33974 टाट जोराइ ना. पेट खाली भएर छाला करङमै जोरिएजस्तो भएको अवस्था।
33975 टाटरी ना. प्राय: तराई प्रदेशमा वा भित्री मधेसमा पाइने वृक्षविशेष।
33976 टाटी ना. १. गोठ आदिको खुला किनारा छोप्न स्याउला र बाँसका कप्टेराले बनाइएको पर्दा; फरिको।
33977 टाटी ना. २. आडा; छेका।
33978 टाटी ना. ३. टाटमा बस्ने समय।
33979 टाटी टिकाइ ना. थोरै बेरको बिसाइ वा सुस्ताइ; क्षणिक विश्राम।
33980 टाटे वि. १. छप्पछप्प टाटो भएको; टाटेपाटे।
33981 टाटे वि. २. दाग भएको; दागी; खोटी। ना.
33982 टाटे वि. ३. घिउ नहालेको गहुँ आदिको रोटी।
33983 टाटेपाङ्ग्रे वि. दागका छिर्का भएको; टाटेपाटे; झालेमाले।
33984 टाटेपाटे वि. टाटेपाङ्ग्रे।
33985 टाटेसिमी ना. बाटुला खालका पात र थेप्चा कोसा फल्ने सिमी।
33986 टाटो १ ना. थेप्चो र लामो कोसो (भोर्लो, टाँकी, टटलो, तरबारे सिमी आदिको कोसो)।
33987 टाटो २ ना. १. शरीर वा कुनै वस्तुमा पाइने धब्बा; दाग; कलङ्क।
33988 टाटो २ ना. २. शरीरको घाउखटिरा निको भएपछि बसेको दाग; खत।
33989 टाटो २ ना. ३. छाप; चिह्न।
33990 टाटो २ ना. ४. जग्गा, जमिनको हीनताबोधक शब्द।
33991 टाटो २ ना. ५. डढेको रोटीको तुच्छताबोधक शब्द।
33992 टाट्नु ना. है. टाट्नो।
33993 टाट्ने वि. टाट्नुसँग सम्बन्धित; टाट्नाको।
33994 टाट्नो ना. बाख्रा, पाडा आदिलाई घाँस खुवाउन लहरै घोचा गाडी बनाइएको टाँड; टाट्नु।
33995 टाठो वि. आफ्नो काम फत्ते गर्न सिपालु; चलाख; बाठो; टठिलो; फुर्तिलो।
33996 टाठोबाठो वि. घरव्यवहार चलाउन, बोलचाल गर्न वा अड्डा, अदालत धाउन सिपालु; चङ्ख।
33997 टाडरी ना. छेउछाउमा काँडा हुने लामा र ठुला पात, सेतोरातो मिसिएको फूल र रातो अनि बाटुलो फल फल्ने वृक्षविशेष; त्यसको फल।
33998 टाढा वि. १. दुई भिन्न ठाउँ, समय, सम्बन्ध आदिका दृष्टिले नजिक नभएको; धेरै परको। क्रि.वि.
33999 टाढा वि. २. त्यस्तो स्थितिमा; धेरै पर। ना.
34000 टाढा वि. ३. त्यस्तो स्थिति; असामीप्य; दूरता।