Dictionary

All Word

33901 टाँस ना. २. त्यसरी टाँसिएको कागत।
33902 टाँसटुस ना. असावधानीपूर्ण टँसाइ।
33903 टाँसपुर्जी ना. टाँसको कागत।
33904 टाँसिनु क.क्रि. टँसाइ पूरा गरिनु।
33905 टाँसो ना. आफूले नचाहेको व्यक्ति वा वस्तु करकापले आइलाग्ने काम; इच्छाविना पनि पाल्नुपरेको वा जिम्मा लिइएको व्यक्ति वा वस्तु।
33906 टाइँटुइँ १ ना. कामचलाउ वा टपर्तुय्याँ खालको अल्प ज्ञान; ज्ञानभन्दा बढी स्वाङ भएको थोरबहुत विद्वत्ता; पल्लवग्राही पाण्डित्य।
33907 टाइँटुइँ २ ना. १. अपानवायु निस्कँदा वा कुनै कुरो बज्दा आउने तिखो शब्द। क्रि.वि.
33908 टाइँटुइँ २ ना. २. त्यस्तो शब्द वा ध्वनि निस्कने गरी।
33909 टाइँटुइँ २ ना. ३. बडो अप्ठेरो मानेर।
33910 टाइँफाइँ/ टाइँफुइँ ना. शक्तिविनाको धाक; देखावटी चलाकी; फाइँफुट्टी; चुरीफुरी।
33911 टाइप ना. १. छाप्नका लागि ढालिएको सिसाको अक्षर; अक्षर छाप्ने सिसा वा पित्तल आदिको छाप।
33912 टाइप ना. २. टाइपराइटरद्वारा टङ्कण गर्ने काम।
33913 टाइप ना. ३. ढाँचा; किसिम।
33914 टाइप केस ना. मुद्रणकार्यका टाइपहरू व्यवस्थित गरी राख्ने खण्ड खण्ड भएको साधन।
33915 टाइप पेपर ना. टाइप गर्ने पातलोखाले कागत।
33916 टाइप बेड ना. छाप्ने अक्षरहरू आदि मिलाएर राख्ने मुद्रणयन्त्रको भाग।
33917 टाइप राइटर ना. हातका औँलाहरू चालेर अक्षर टङ्कण गर्ने यन्त्र।
33918 टाइपिस्ट ना. १. टाइपराइटर चलाउने वा टाइप गर्ने व्यक्ति।
33919 टाइपिस्ट ना. २. सो काम गर्ने एक न्यूनवैतनिक पद।
33920 टाइफाइड ना. पानी आदिको दोषबाट आन्द्रामा विकार पैदा भएर आउने जरो; आन्तरिक ज्वर; म्यादी जरो।
33921 टाइम ना. १. वर्ष, महिना, दिन, घण्टा आदिको एकाइ; समय।
33922 टाइम ना. २. मौका; अवसर।
33923 टाइम घडी ना. समय सूचित गर्न टिन्न बज्ने घडी।
33924 टाइम टेबुल ना. समयतालिका; समयसारिणी।
33925 टाइल ना. छानो छाउन उपयोग गरिने ठुलो झिँगटी; टायल।
33926 टाई ना. सुट आदि युरोपीय ढाँचाका पोसाकको पहिरनमा घाँटीमा (सर्टको कलरमा) सुर्काउनी पारी लगाइने विभिन्न रङको लुर्के फित्ता।
33927 टाई क्लिप ना. छातीमा टाई अड्काउने किलिप।
33928 टाईपिन ना. टाई अड्काउने पिन।
33929 टाउके वि. १. साधारणभन्दा ठुलो टाउको भएको; शरीरको गठनभन्दा ठुलो टाउको हुने; घनटाउके।
33930 टाउके वि. २. ठुलो पदमा रहेको; प्रतिष्ठित।
33931 टाउके वि. ३. प्रमुख; मुख्य।
33932 टाउके कमिला ना. टाउको ठुलो हुने एक जातको कमिला।
33933 टाउको ना. शरीरको घाँटीदेखि माथिको मुख्य अङ्ग; शिर; माथ; मुन्टो।
33934 टाउको खानु टु. १. मगज खानु।
33935 टाउको खानु टु. २. अघि लाउनु ( मर्नुको अर्थमा )।
33936 टाउको जोगाउनु टु. निर्दोषी रहनु; गाल नपार्नु।
33937 टाककोरी ना. आ आ टाककोरी' भन्दै हातले साथीको टाउकामा पिट्ने र पिटिनेले दौडेर छुन खोज्दा पिट्नेले छल्न खोज्ने बालखेल।
33938 टाकटुक क्रि.वि. १. पुगनपुग; जसोतसो; यताउति; यसोउसो; हाहु।
33939 टाकटुक क्रि.वि. २. ठिक ठिक; टाकनटुकन। ना.
33940 टाकटुक क्रि.वि. ३. दुई वस्तु एकअर्कामा ठक्कर खाँदा निस्कने आवाज।
33941 टाकटुक क्रि.वि. ४. ठाडा र तेर्सा गरी तानेका धर्कामा नौ कोठा पारी बिचबिचमा आआफ्ना चिह्न राखेर खेलिने खेल।
33942 टाकटुके वि. सबै कुरा जसोतसो गरी मिलाउने; कामचलाउ सिप भएको।
33943 टाकनटुकन ना. १. जसोतसो काम फत्ते गर्ने तरिका; टाकटुक।
33944 टाकनटुकन ना. २. गाईजात्रामा केटाकेटीहरूले लट्ठी परस्परमा जुधाई खेल्ने एक खेल; हनुमान् नाच।
33945 टाकनटुकन ना. ३. सानातिना मालमत्ता।
33946 टाकनटुकन ना. ४. सानोतिनो कामकुरो।
33947 टाकनटुकन ना. ५. साधारण खानेकुरो। वि.
33948 टाकनटुकन ना. ६. साधारण।
33949 टाकुरी ना. ससानो टाकुरो; सानो चुली; सानो ढिस्को।
33950 टाकुरीको पार ना. कहिल्यै गरेर नसकिने काम वा धन्दा।