Dictionary

All Word

34001 टाढाको कुरा ना. भविष्यको बात; पछिको कुरा। टाढाको साइनु देब्रे न दाहिनु (उखान)।
34002 टाप ना. घोडा, गधा आदिका गोडाको टेक्ने भाग; घोडा आदिको खुर।
34003 टापटिप ना. छिटफुट टिप्ने काम; धेरथोर टिप्ने काम; सानोतिनो चोरी।
34004 टापटिपे वि. सानातिना वस्तु चोर्ने; धेरैथोरै टिप्ने।
34005 टापुरो ना. टापु; टप्पु; द्वीप।
34006 टापु ना. चारैतिरको सिमाना पानीले घेरिएको भूभाग; द्वीप।
34007 टापो ना. परेवा, कुखुरा, बट्टाई आदि चराहरू हाल्ने कोक्रो।
34008 टामटुम क्रि.वि. १. भएनभएको कुरा मिलाएर नबनेको कामलाई पनि ठिक्क पार्ने गरी।
34009 टामटुम क्रि.वि. २. कसिकसाउ वा तम्तयार हुने ढाँचामा।
34010 टामटुम क्रि.वि. ३. किफायतसाथ काम चलाउने किसिमले। वि.
34011 टामटुम क्रि.वि. ४. ठिकठाक; तम्तयार।
34012 टामटुमे / टामेटुमे वि. परिचितहरूदेखि टाढा गएर वा थोरै खर्चमा गरिने (विवाह आदि कार्य)।
34013 टायम ना. टाइम; समय।
34014 टायर ना. मोटर, साइकल आदिका पाङ्ग्राभित्रको हावाको ब्लडरट्युबलाई रक्षा गर्ने बाहिरी भाग।
34015 टार्नु स.क्रि. १. जेजसरी भए पनि काम चलाउनु; निर्वाह गर्नु।
34016 टार्नु स.क्रि. २. गर्नुपर्ने कामकुरो आलटाल गरेर पन्छाउनु; चाहिने नचाहिने कुरा गरेर काममा ढिलाइ गर्नु।
34017 टार्नु स.क्रि. ३. कुनै जुक्ति गरी कसैलाई नआउने पार्नु; पन्छाउनु।
34018 टार्नु स.क्रि. ४. बिताउनु; गुजार्नु।
34019 टार ना. पहाडको उचाइमा आदमाराको वा गडतिरको आसपासमा रहेको सम्म ठाउँ; बेसीभन्दा केही माथि रहेको सम्म थलो; टाहार (उदा.- रूपाटार, रुम्जाटार, तुम्लिङटार, पालुङटार, इरुङटार इ.)।
34020 टारिनु अ.क्रि. १. टर्ने हुनु। क.क्रि.
34021 टारिनु अ.क्रि. २. टर्ने पारिनु।
34022 टारी वि. १. टारको ; टार भएका ठाउँको।
34023 टारी वि. २. अग्लो।
34024 टारी वि. ३. सम्म परेको।
34025 टारीखेत ना. अकासे झरीले मात्र रोपाइँ हुन सक्ने उच्चो खेत।
34026 टाल्नु स.क्रि. १. भाँडा आदिको प्वाल परेको वा फुटेको ठाउँ रसाएर छोप्नु।
34027 टाल्नु स.क्रि. २. कपडा आदि फाटेमा टालो लाउनु; पौलो मार्नु।
34028 टाल्नु स.क्रि. ३. पन्छाउनु; टार्नु; हटाउनु।
34029 टाल ना. १. कुनै वस्तुको समूह; थुप्रो; रास; ढेर।
34030 टाल ना. २. कुनिउँ; टाली।
34031 टालटुल ना. १. टुटेफुटेका भाँडामा रसायन हालेर वा फाटेका कपडामा टालो हालेर मर्मत गर्ने काम।
34032 टालटुल ना. २. घरपर्खाल आदिको दुलो, धाँजो आदिमा मर्मत गर्ने काम; जीर्णोद्धार; स्थित्युद्धार।
34033 टालटुल ना. ३. आलटाल गर्ने व्यवहार; अल्याङमल्याङ।
34034 टालाटुली ना. लुगा सिउँदा काटेर बचेका ससाना कपडाका टुक्रा; सानातिना टालाहरूको समूह।
34035 टालिनु क.क्रि. १. कपडाको फाटेको ठाउँमा टालो आदि छापेर सिउनु वा त्यसरी सिएर छोपिनु।
34036 टालिनु क.क्रि. २. भाँडाकुँडा चुहुने भएका ठाउँमा केही कुरो रसाएर बन्द गरिनु।
34037 टालिनु क.क्रि. ३. पानी, धुलो आदि छिर्ने प्वाल कुनै साधनद्वारा बन्द गरिनु।
34038 टाली ना. कुनिउँ; टाल।
34039 टालो ना. १. पहिरिने लुगाका फाटेका वा प्वाल परेका ठाउँमा छोपेर सिइने कपडाको टुक्रो; ससाना चकना।
34040 टालो ना. २. कपडाको सानो टुक्रो।
34041 टालो ना. ३. जग्गाजमिनको सानो अंश; पाखो।
34042 टालो ना. ४. कपडा; वस्त्र।
34043 टायल ना. छानो छाउनमा उपयोग गरिने माटो वा सिमेन्टको ठुलो झिँगटी; टाइल।
34044 टावर ना. विभिन्न उद्देश्यले बनाइएको अग्लो बुर्जादार घर।
34045 टावर वाइगन ना. १. अग्लो, होचो गर्न हुने टावर जडान गरिएको मोटरगाडी।
34046 टावर वाइगन ना. २. ट्रली बस चल्ने वा अरू अग्लो ठाउँको बिजुली उपयोग गरिने साधन।
34047 टिंटिंबाँस ना. प्रायः नदीका तीरका बालुवामा फुल पार्ने कागजत्रो चरो; हुटिट्याउँ।
34048 टिउरी १ ना. पहाडको चुचुरो; शिखर; तिब्री।
34049 टिउरी २ ना. हाँसको चल्लो; टिउरो।
34050 टिउरो१ ना. टिउरीभन्दा ठुलो चुचुरो।