Dictionary

All Word

34151 टिपन ना. १. कुनै कामकुराको छोटकरी विवरण।
34152 टिपन ना. २. जन्मेको दिन, राशि, नक्षत्र आदि लेखेको सानो कागज; छोटकरी चिह्न; जन्मपत्रिका; लग्नकुण्डली।
34153 टिपन ना. ३. पैसा भुक्तानी गरेको सानो रसिद।
34154 टिपन ना. ४. स्रेस्ताको टिपोट।
34155 टिपनटापन ना. १. कामचलाउ किसिमले तयार पारिएको टिपोट।
34156 टिपनटापन ना. २. टिप; टिपोट।
34157 टिपनटापन ना. ३. टिपटाप।
34158 टिपनटापन ना. ४. सिलोसँगालो; सिलोबालो।
34159 टिपाइ ना. १. टिप्ने काम; टिपोट तयार गराइ।
34160 टिपाइ ना. २. टिपटाप।
34161 टिपाइनु क.क्रि. टिप्ने वा टिपाउने काम गराइनु।
34162 टिपाउनु प्रे. क्रि. टिप्ने वा टिपाउने काम गराउनु।
34163 टिपिनु क.क्रि. टिप्ने काम गरिनु; एकएक गरी झिकिनु।
34164 टिपुवा वि. १. कुनै कुरा टिपेको टिपोट गरिएको; उतारिएको; उतार गरिएको।
34165 टिपुवा वि. २. टिपेर सिएको।
34166 टिपुवा वि. ३. क्रमैले एकएक गरी लिइएको।
34167 टिपुवा वि. ४. घिउ, तेलमा भुटेको (तरकारी)।
34168 टिपेक्स ना. लेखेको अक्षर मेट्न प्रयोग गरिने सेतो रङको द्रव वा लेदो।
34169 टिपैटा/टिपैता ना. १. वनजङ्गलका प्रायः पुराना रुख वा काठ सरकारले नै कटानी गरी बिक्री गर्ने काम।
34170 टिपैटा/टिपैता ना. २. त्यसरी बेचिने पुराना रुख वा काठ।
34171 टिपो ना. टिप्ने काम; अनुकरण; नक्कल।
34172 टिपोट ना. १. कुनै कुरा छोटकरीमा लेखिएको लेख; टिपन।
34173 टिपोट ना. २. सङ्क्षेपमा लेख्ने काम टिपाइ।
34174 टिपोट ना. ३. सिलाइको एक किसिमको ढाँचा।
34175 टिप्पणी ना. १. कठोर र गूढ अर्थको व्याख्या; टीका।
34176 टिप्पणी ना. २. विशेष कुरा सम्झाउन टिपिने सानो लेख।
34177 टिप्पणी ना. ३. कुनै व्यक्ति वा विषयका बारेमा प्रकट गरिने विचार; कुनै साहित्यिक कविता, लेख आदिमा गरिने समालोचना।
34178 टिप्पणी ना. ४. जल्दोबल्दो कुनै घटनाका बारेमा सम्पादकले प्रकट गरेको विचार।
34179 टिप्पणी ना. ५. सानो चिना; जन्मपत्रिका; टिप्पन।
34180 टिप्पणी ना. ६. कुनै कुराको ज्ञापन।
34181 टिप्पणी ना. ७. कुनै कार्यका बारेमा प्रकट गरिने सङ्क्षिप्त विचार; कुनै निवेदनबारे सकारात्मक वा नकारात्मक प्रतिक्रिया लेख्ने आफ्नो ठहरसहित माथिल्लो तहमा स्वीकृतिका लागि पेस गरिने सङ्क्षिप्त लेख। (उदा.- टिप्पणी उठाउन बाँकी रहेकाले निवेदनमा कारबाई हुन बाँकी छ)।
34182 टिप्पा ना. १. कुनै काम छिटो गराउने ताकिता; तरताकिता; दपेट्ने काम; अति प्रेरणा।
34183 टिप्पा ना. २. पर्वतको टुप्पो; चुचुरो; शिखर।
34184 टिप्पा ना. ३. काम वा प्रतियोगितामा कसैलाई पारिने पराजय; उछिनाइ।
34185 टिप्ला ना. खेलको प्रत्येक पटक।
34186 टिबटो बर्मन वि. तिब्बतीदेखि बर्मेली भाषिक परिवारसम्मको; भोटबर्मेली।
34187 टिबी ना. मन्द ज्वर आइरहने र फोक्सोलाई बिस्तारै माइक्रोब्याक्टेरिया नामक कीटाणुले खतम गरिरहने महारोग; क्षयरोग; राजयक्ष्मा (ट्युबरकुलोसिस)।
34188 टिभी ना. टेलिभिजन; दूरदर्शन।
34189 टिमटाम वि. १. बोली, पहिरन, चाल आदिमा छाँटकाँट मिल्ने गरी; चिटिक्क; टामटुम।
34190 टिमटाम वि. २. कसिकसाउ वा सजिसजाउ; ठाँटबाँट; तडकभडक। ना.
34191 टिमटाम वि. ३. त्यसरी मिल्ने, ठिक हुने वा सजिसजाउ हुने कार्य।
34192 टिमिक्क क्रि.वि. १. पहिरनमा कसिकसाउ हुने गरी; ठाँटिलो भएर।
34193 टिमिक्क क्रि.वि. २. कसिलो प्रकारले टम्म।
34194 टिमिक्क क्रि.वि. ३. सानोतिनो उन्नतिमा पनि मात्तिने गरी; गमक्क। वि.
34195 टिमिक्क क्रि.वि. ४. कसिकसाउ; ठाँटिलो; वा गम्किलो।
34196 टिमिलो ना. ठुलठुला खस्रा पात र सेतो बोक्रो हुने, काण्डबाट निस्केका लहरामा खनिउँका जस्ता फल लाग्ने एक जातको रुख; त्यसैको फल; अन्जिर; तिमिलो।
34197 टिमुर ना. परपऱ्याउने सुगन्धी दाना फल्ने, लामा लामा पात हुने काँडावाल एक जातको रुख; त्यसैको मरिच जस्तै फल; टिम्मुर।
34198 टिमुरिनु अ.क्रि. १. १ टिमुर झैँ नीरस हुनु; निचोरिनु।
34199 टिमुरिनु अ.क्रि. २. टर्रो मिजासको हुनु; टिम्किनु; चम्किनु।
34200 टिमुरे ना. १. बस्तुभाउलाई घाँस खुवाइने, दाउरा बाल्दा पड्किने, झन्डै आँपका जस्ता हरिया पात भएको एक वृक्ष। वि.