Dictionary

All Word

34251 टिलटिलती क्रि.वि. १. भरिने वा अघाउने गरी।
34252 टिलटिलती क्रि.वि. २. टिलटिल भएर।
34253 टिलपिल क्रि.वि. १. पानी आदि भाँडामा पोखिने हालतमा पुगुन्जेल; बिटसम्म भरिएर; टलपल।
34254 टिलपिल क्रि.वि. २. बत्ती आदि बल्दा मधुरो भएर वा निम्ने निम्ने छाँटले।
34255 टिलिक्क क्रि.वि. झल्कने, उज्यालो दिने वा चमक दिने किसिमले।
34256 टिलो ना. १. मरेका दिनदेखि दश दिनसम्म ढिकुरामा गरिने श्राद्धमा चढाइने फलामको दक्षिणा वा भेटी।
34257 टिलो ना. २. रुपियाँपैसा, सामान आदि (निन्दार्थ वा क्षुद्रार्थमा)।
34258 टिल्ल क्रि.वि. १. टिल हुने गरी ( खाने किसिम )।
34259 टिल्ल क्रि.वि. २. टिलिक्क।
34260 टिल्लिनु अ.क्रि. १. १ . बढी खाना खाएर पेट उक्सिन; बेसी खाएर पेट टुन्न हुनु; जेलिनु; टुन्निनु।
34261 टिल्लिनु अ.क्रि. २. शरीरको कुनै अवयव फुल्नु; सुन्निनु।
34262 टिल्लो ना. १. तोकिएको चौघेरा।
34263 टिल्लो ना. २. पहाड आदिको थुम्को वा ढिस्को।
34264 टिल्ल्याइ ना. टिल्ल हुने वा टिल्लिने क्रिया वा प्रक्रिया।
34265 टिल्ल्याइनु क.क्रि. टिल्ल तुल्याइनु।
34266 टिल्ल्याउनु स.क्रि. / प्रे. क्रि. टिल्ल हुन्जेलसम्म खानु; पेट टुन्न पार्नु।
34267 टिसी ना. स्त्रीयोनिको भित्र माथिल्लो भागमा र पशुयोनिको तल्लो भागमा हुने कामोत्तेजक मांसतुण्ड, भगको टुँडो, भगनासिका; नारी वा पोथी जातिको मणि।
34268 टीका ना. १. कुनै पद, पदावली, वाक्य, अनुच्छेद र ग्रन्थहरूको अर्थ स्पष्ट गरी लेखिएको व्याख्या; अर्थ; भाष्य।
34269 टीका ना. २. निधारमा लगाइने चन्दन, अबिर, सिन्दूर आदि; टिको; तिलक।
34270 टीका ना. ३. थोप्लो।
34271 टीका ना. ४. दाग।
34272 टीका ना. ५. माई आदि रोगका विरुद्ध पहिले नै गरिने खोप।
34273 टीकाकार ना. कुनै ग्रन्थको टीका वा भाष्य लेख्ने व्यक्ति; व्याख्याकार।
34274 टीकाको पाइतो ना. विजयादशमीका दिन गरिने प्रस्थान।
34275 टीकाको साइत ना. सबैभन्दा असल वा राम्रो साइत।
34276 टीकाटिप्पणी ना. १. चर्चा, परिचर्चामा आएका विषयको गुणदोष छुट्ट्याउने काम; आलोचना; चर्चा। ना.
34277 टीकाटिप्पणी ना. २. सानाठुला टीकाको समूह।
34278 टीठ ना. हे. टिठ।
34279 टीठलाग्दो वि. हे. टिठ लाग्दो।
34280 टी. बी. ना. टिबी रोग; क्षयरोग।
34281 टुँडाल ना. घर बनाउँदा गारामा टेकाइ छड्के पारी राखिने पानीबलो अड्याउने काठ।
34282 टुँडिखेल ना. १. काठमाडौँको रत्नपार्कदेखि तोपघरसम्मको खुला मैदान।
34283 टुँडिखेल ना. २. सिपाहीले कवाज खेल्ने चाक्लो मैदान (परेड ग्राउन्ड)।
34284 टुँडे ना. १. बाली लगाइसकेको बारीमा फेरि जोत्दा बाली खान नदिनका लागि गोरु, पाडा आदिका मुखमा लगाइने पेरुङ्गो; मोहला। वि.
34285 टुँडे ना. २. लामालामा टुँडा हुने; झुसे।
34286 टुँडे ना. ३. मुखाले; थुतुने।
34287 टुँडेसो ना. १. दुध खाँदैका बाछाबाछी वा पाडापाडीलाई माउसँग छोड्दा दिउँसो दुध खान नपाओस् भन मुखमा दुईचुच्चे डन्डी हाली बाँधिने उपकरण।
34288 टुँडेसो ना. २. (रिस वा झोक पोख्ने अर्थमा) तरल पदार्थ खाने काम (उदा.- केटाकेटीलाई पनि कति टुँडेसो लाइरहनुपर्ने हो!)।
34289 टुँडो ना. १. गहुँ, जौ, धान आदिमा हुने झुस।
34290 टुँडो ना. २. मुख लागेर बोल्नेको मुख; चोथो।
34291 टुँडो ना. ३. चुच्चो।
34292 टुँडो ना. ४. कलमका टाँका टुप्पो।
34293 टुइँ ना. कोमल ठाउँमा परेको सानो प्वाल (मलद्वार आदि) बाट हावा छिर्दा निस्कने ध्वनि।
34294 टुइँकनु / टुइँकिनु अ.क्रि. १. लमलम हिँड्नु; फटाफट गोडा चाल्नु; टुइँटुइँती हिँडनु।
34295 टुइँकनु / टुइँकिनु अ.क्रि. २. मर्नु; बेपत्ता हुनु; सुइँकिनु।
34296 टुइँके वि. १. टुइँक्क परेर हिँड्ने।
34297 टुइँके वि. २. टुइँक्क आवाज आउने।
34298 टुइँके हाड ना. नितम्बको हाड।
34299 टुइँक्क क्रि.वि. १. टुइँकिने किसिमले।
34300 टुइँक्क क्रि.वि. २. 'टुइँ' ध्वनि उत्पन्न हुने गरी।