Dictionary

All Word

34351 टुक्राटाक्री ना. ससाना टुक्राहरूको समूह; खेतबारीका ससाना भाग (उदा.- यसपालि गैह्री खेतका टुक्राटाक्री बेच्नुपरेको छ)।
34352 टुक्रिनु अ.क्रि. कुनै ठोस वस्तु फुटेर टुक्राटुक्रा हुनु, ससानो भाग हुने गरी फुट्नु वा छुट्टिनु।
34353 टुक्रुक्क क्रि.वि. बस्दा दुई खुट्टा र चाकले मात्र भुईं छुने गरी; बस्दा उड्केला मारेर बस्ने किसिमले।
34354 टुक्रो ना. १. कुनै ठोस वस्तुबाट छुट्टिएको सानो भाग; अंश; टुकडा। वि.
34355 टुक्रो ना. २. छुट्टिएको; टुक्रिएको; खण्डित।
34356 टुक्रयाइ ना. टुक्रो पार्ने वा टुक्रो हुने क्रिया प्रक्रिया।
34357 टुक्रयाइनु क.क्रि टुक्रामा परिणत गराइनु।
34358 टुक्रयाउनु प्रे. क्रि. टुक्रा टुक्रा पार्नु; खण्डित तुल्याउनु।
34359 टुखल ना. उखु पेलेर रस निकालेपछि बाँकी रहेको छोक्रा; खोइलो।
34360 टुङ ना. वानर, सुगा आदिबाट खेतबारीको बालीनाली नोक्सान हुन नदिन रेखदेखका लागि कुरेर बस्ने अग्लो मचान वा टाँड; यस्तै कामका लागि बनेको अग्लो छाप्रो वा ठाँटी; टहरो।
34361 टुङ्गिनु अ.क्रि. १. कुनै कामकारबाईको टुङ्गो लाग्नु; किनारा लाग्नु, निधो हुनु।
34362 टुङ्गिनु अ.क्रि. २. सिद्धिन; सकिनु; समाप्त हुनु।
34363 टुङ्गो ना. १. कुनै मुद्दा वा घरव्यवहारको समाप्ति; कुनै काम वा कुराको निधो; निर्णय।
34364 टुङ्गो ना. २. निश्चित अवधि; सीमा; हद।
34365 टुङ्गो ना. ३. तोकिएको स्थान वा समय; म्याद।
34366 टुङ्गो ना. ४. ठेगाना; पत्ता।
34367 टुङ्ग्याइ ना. १. टुङ्गो लाग्ने वा टुङ्ग्याउने क्रियाप्रक्रिया। [टुङ्ग्याउ + आइ] २ टुङ्ग्याउने क्रिया वा प्रक्रिया।
34368 टुङ्ग्याइनु क.क्रि. टुङ्गो लगाइनु; समाप्त गरिन्।
34369 टुङ्ग्याउनी ना. समाप्ति; उपसंहार।
34370 टुङ्ग्याउनु स.क्रि. १. टुङ्गो लगाउनु, निधो हुने पार्नु।
34371 टुङ्ग्याउनु स.क्रि. २. समाप्त गर्नु; सिद्ध्याउनु।
34372 टुङ्ना ना. आकारमा सारङ्गीजस्तो, चारवटा रेसमका तार जेलिएको, भ्यागुता वा भेडीका छालाले मोरेको र नक्खी वा जवाले बजाइने, प्रायः लामा, सेर्पा, तामाङ र गुरुङ जातिमा प्रचलित लोकबाजा।
34373 टुट्नु अ. क्र १. कुनै ठोस वस्तु टुक्रिनु; भाँचिनु।
34374 टुट्नु अ. क्र २. फुट हुनु; अलग्गिनु; छुट्नु। 3 रोकिनु; बन्द हुनु।
34375 टुट्नु अ. क्र ४. सम्बन्ध आदिको विच्छेद हुनु।
34376 टुट ना. टुट्ने काम।
34377 टुटफुट वि. टुटेफुटेको; टूटफूट।
34378 टुटाइ ना. टुट्ने क्रिया वा प्रक्रिया।
34379 टुटाइनु क.क्रि. टुट्ने तुल्याइनु।
34380 टुटाउनु प्रे. क्रि. / स.क्रि. १. टुटाउनु; छोड्न लगाउनु।
34381 टुटाउनु प्रे. क्रि. / स.क्रि. २. भाँच्नु; तोड्नु।
34382 टुटिनु क. क्रि. छोडिनु; त्यागिनु।
34383 टुट वि. १. फुटेको; टुटेको; छुटेको; टुट। ना.
34384 टुट वि. २. घाटा; टुट्टा; ड्याक; नोक्सान।
34385 टुटफुट वि. १. टुटेफुटेको; भत्केबिग्रेको; नोक्सान।
34386 टुटफुट वि. २. छुटफुट।
34387 टुटिलो / टुटिल्को ना. ठोकिएर वा आघात परेर निधार वा टाउकामा उठेको फोको; टुटुल्को।
34388 टुटी ना. १. करुवा, कमण्डलु, झारी आदिको पानी खसाल्ने सानो टुटो; धातुको नालाबाट ल्याइएको धाराको टुटो।
34389 टुटी झारो ना. १. चौरमा उम्रने दुबोजस्तो एक थरी झार। वि.
34390 टुटी झारो ना. २. ज्यादै निम्छरो ; नाजुक।
34391 टुटी धारो ट्टीवाल धारो; टूटी भएको धारो।
34392 टुटे वि. १. टुटी भएको; टुटीवाल।
34393 टुटो ना. १. करुवा, झारी, टाँपो आदि भाँडाबाट पानी चुहाउन जडिएको सानो नली; त्यसैको टुप्पो।
34394 टुटो ना. २. कलधाराको मुखैमा पानी खोल्ने र बन्द गर्ने चुकुल भएको पानी चुहुने भाग।
34395 टुट्टा ना. व्यापार, व्यवसायमा बेहोर्नुपर्ने नोक्सानी; घाटा; ड्याक; हानि।
34396 टुना ना. कुनै व्यक्तिलाई आफ्नो वशमा लिन गरिने झारफुक वा तन्त्रमन्त्रको प्रयोग; मोहिनी; अभिचार क्रिया।
34397 टुनामुना/मुहुनी ना. वशमा पार्न गरिने टुनामोहनीको प्रयोग; अभिचारसम्बन्धी काम।
34398 टुनाल ना. है. टुँडाल।
34399 टुनी ना. १. ससाना पात हुने, सेता झुप्पे फूल फुल्ने र हर्रोजस्तो फल फल्ने एक वृक्ष; त्यसै वृक्षको फल।
34400 टुनी ना. २. बाजा बनाउन प्रयोग हुने र सुरिलो स्वर निस्कने त्यसैको काठ।