Dictionary

All Word

34301 टुइँक्क क्रि.वि. ३. वेगपूर्वक; टुइँय्याँ; सुइँय्याँ।
34302 टुइँक्याइ ना. टुइँकिने क्रिया वा प्रक्रिया।
34303 टुइँक्याइनु क.क्रि. टुइँकिने पारिनु।
34304 टुइँक्याउनु स.क्रि. १. टन्न कसेर सुर्क्याउनु कसेर बाँध्नु।
34305 टुइँक्याउनु स.क्रि. २. मुर्दालाई दाहसंस्कारका लागि मसानघाटमा लैजानु।
34306 टुइँक्याउनु स.क्रि. ३. अपानवायु छाड्नु।
34307 टुइँक्याउनु स.क्रि. ४. लिनुपर्ने कुरो जोरजुलुम गरेर उठाउनु; धड्याउनु।
34308 टुइँक्याउनु स.क्रि. ५. भगाउनु।
34309 टुइँक्याहट ना. टुइँक्याइ।
34310 टुइँटुइँ ना. १. बडो फुर्तीसाथको हिँडाइ; फटाफटी; लमलमी।
34311 टुइँटुइँ ना. २. टन्क्याएर बाँध्ने तरिका।
34312 टुइँटुइँ ना. ३. अपानवायु आदि लगातार निस्कँदा सुनिने आवाज।
34313 टुइँटुइँ ना. ४. लाम्खुट्टे आदि कराउँदाको ध्वनि। क्रि.वि.
34314 टुइँटुइँ ना. ५. त्यस्तो हिँडाइ, तरिका वा ध्वनि उत्पन्न हुने गरी।
34315 टुइँटुइँती क्रि.वि. त्यसरी अझ छिटो हिँड्दै, बाँध्दै वा ध्वनि निकाल्दै।
34316 टुइँय्य क्रि.वि टुइँको आवाज एकै खेपमा आउने गरी; टुइँक्क।
34317 टुइल ना. खेसको बुनोटजस्तो गरी बुनिएको बाक्लो बाक्लो, नरम सुती कपडा।
34318 टुक १ ना. १. टुक्रो।
34319 टुक १ ना. २. कडा वस्तुलाई हिर्काउँदा वा बालकले भुईंमा कुल्चँदा उत्पन्न हुने मसिनु आवाज।
34320 टुक२ ना. कुनै वस्तुलाई जोखतौल वा भर्ने कामको ठिक परिमाण; टुकुनी।
34321 टुकटुक क्रि.वि. १. कडा वस्तुलाई लगातार हिर्काउँँदै।
34322 टुकटुक क्रि.वि. २. टुकुटुकु; टुकुटुकुर। ना.
34323 टुकटुक क्रि.वि. ३. धेरै टुक्राको समुदाय; टुक्राहरूका रूपमा भएको विखण्डन।
34324 टुकटुकती क्रि.वि १. टुकुटुकु।
34325 टुकटुकती क्रि.वि २. टुक्रा टुक्रा हुने गरी।
34326 टुकटुकती क्रि.वि ३. टुकको ध्वनि उत्पन्न हुने गरी।
34327 टुकडा ना. १. टुक्रा; खण्ड।
34328 टुकडी ना. १. फौजहरूको ससानो एकाइ वा विभाग; सानो सैनिकदल।
34329 टुकडी ना. २. ससानो टुक्रो।
34330 टुकडो ना. ठोस पदार्थको सानो भाग; टुक्रो।
34331 टुकिचा ना. नेवार समुदायमा प्रचलित एक प्रकारको गहना।
34332 टुकी १ ना. मट्टीतेलको बत्ती बाल्ने माटो, टिन आदिको सानो भाँडो; बत्ती बाल्ने डिबिया; ढिब्री; कुपी।
34333 टुकी २ ना. नेवारजातका स्त्रीहरूले कानमा लहरै लाउने सुनको एक प्रकारको गहना।
34334 टुकुँचा ना. दुई पाखाको छानाको जोर्नीमा उत्तानु पारी राखिने हुँडका आकारको झिँगटी।
34335 टुकुचा ना. काठमाडौँ सहरमा बागबजारनजिक भएर बग्ने सानो नदी; इक्षुमती।
34336 टुकुटुकु/टुकुटुकुन ना. १. बालकहरूको भर्खर हिँड्न लाग्दाको हिँडाइ; टुकुरटुकुर।क्रि.वि.
34337 टुकुटुकु/टुकुटुकुन ना. २. (साना बालक हिँड्दा ) लडिएला कि जस्तो गरेर।
34338 टुकुनी ना. १. एक पाउको तौल।
34339 टुकुनी ना. २. पाँच मुठी वा आधा मानु अन्न, तेल आदि भर्ने भाँडो।
34340 टुकुनी ना. ३. तौलमा एक पाउ वा आधा मानाको परिमाण। वि.
34341 टुकुनी ना. ४. पाउभरिको।
34342 टुकुनी ना. ५. आधा मानो।
34343 टुकुटुकुर ना. १. हे. टुकुटुकु; टुकुटुकुन।
34344 टुकुटुकुर ना. २. क्रि.वि. लडिएला कि जस्तो गरेर, बच्चाले बल्लतल्ल हिँडेजस्तो गरेर; टुकुटुकु।
34345 टुक्का ना. १. कुनै कविता वा गीतको सानो अंश पाउको अन्तिम भाग।
34346 टुक्का ना. २. कविता वा गीतको दुई दुई चरणको अन्तिम शब्द वा शब्दको फाँकी मिलाउने काम; अन्त्यानुप्रास।
34347 टुक्का ना. 3. अभिव्यञ्जनापूर्ण टुक्रे वाक्य वा वाक्यांश;मुहाबरा। (उदा.- कन्सिरी तात्नु; मुख लाग्नु, नाक काट्नु इ.)।
34348 टुक्का जोर्नु टु. टुक्का मिलाउनु।
34349 टुक्की ना. थारू जातिका नारीहरूले नाकमा लगाउने सानो फुली।
34350 टुक्रा ना. कुनै ठोस पदार्थको सानो भाग; अंश; ससाना कण।