Dictionary

All Word

34201 टिमुरे ना. २. टिमुरसँग सम्बन्धित; टिमुरको।
34202 टिमुरे ना. ३. नाप्पिएको; सेखीदार; घमन्डी।
34203 टिमुऱ्याइ ना. टिमुरिने भाव, क्रिया वा प्रक्रिया।
34204 टिमुऱ्याइनु क. क्रि. टिमुरिने पारिनु।
34205 टिमुऱ्याउनु प्रे. क्रि. टिमुरिने पार्नु; टर्रो मिजासको बनाउनु।
34206 टिमुऱ्याहट ना. टिमुऱ्याइ।
34207 टिम्कनु अ.क्रि. १. गर्व वा घमन्डले फुल्नु, निफुल्किनु, गम्कनु।
34208 टिम्कनु अ.क्रि. २. टर्रो मिजासको हुनु, टिमुरिनु।
34209 टिम्कनु अ.क्रि. ३. अर्कालाई नगन्ने हुनु।
34210 टिम्कनु अ.क्रि. ४. टिमिक्क पर्नु।
34211 टिम्काइ ना. टिम्कने भाव, क्रिया वा प्रक्रिया।
34212 टिम्काइनु क.क्रि. टिम्कने पारिन्।
34213 टिम्काउनु प्रे. क्रि. / स.क्रि. टिम्कने पार्न।
34214 टिम्किनु अ.क्रि. १. टिम्कनु।
34215 टिम्किनु अ.क्रि. २. टिमिक्क परिनु।
34216 टिम्के वि. १. मात्तिएको; बढेचढेको; टिम्किएको।
34217 टिम्के वि. २. टिमिक्क परेको; खुब कसिएको।
34218 टिम्के चोली ना. खुब कसिएको वा छाँट परेको चोलो; ब्लाउज।
34219 टिम्क्याइ ना. टिम्किने भाव, क्रिया वा प्रक्रिया।
34220 टिम्क्याहट ना. टिम्किने भाव, क्रिया वा अवस्था; टिम्क्याइ।
34221 टिम्बा ना. १. साल, सिसौ, सखुवा आदि कटानी गरी निस्केको मोटो चाक्लो काठ; निदाल, दलिन आदि हाल्न हुने र झ्याल, ढोका, दराज, कुर्सी आदि बनाइने चारपाटा पारी ताछेको ठुलो काठ; टिम्मा।
34222 टिम्बा ना. २. जालीभित्र रुवा तगेर बनाइएको सिरक।
34223 टिम्म क्रि.वि. चट्ट कसिने गरी (शरीरमा लगाएका लुगा मिल्ने किसिम); टम्म; टिमिक्क; टिनिक्क; रिटिक्क।
34224 टिम्मटाम्म वि. कसिकसाउ।
34225 टिम्मा ना. हे. टिम्बा।
34226 टिम्मुर ना. हे. टिमुर।
34227 टिरटिर ना. १. किराफट्याङ्ग्रा आदि कराउँदाको आवाज निस्कने गरी। ना.
34228 टिरटिर ना. २. त्यस्तो आवाज वा ध्वनि।
34229 टिरटिरती क्रि.वि. अझै टिरटिर गरेर।
34230 टिरटिरे वि. १. टिरटिर आवाज निकाल्ने। ना.
34231 टिरटिरे वि. २. टुर्र] (सानो हुक्का)।
34232 टिर्टिरे ना. १. टिरटिर।
34233 टिर्टिरे ना. २. पातलो दिसा लाग्ने रोग; पखाला; टुर्र]; टिर्री। वि.
34234 टिर्टिरे ना. ३. त्यस्तो रोग लागेको; छेरुवा; दुर्र।
34235 टिर्र क्रि.वि. १. पातलो पदार्थ (दिसा, पानी इ.) वेगले झर्ने गरी; टिर्री लाग्ने चालले।
34236 टिर्र क्रि.वि. २. ससाना किरा कराउँदाको झैँ ध्वनि निकालेर। ना.
34237 टिर्र क्रि.वि. ३. त्यसरी झर्दा वा कराउँदा उत्पन्न हुने ध्वनि।
34238 टिर्रटिर्र ना. लगातार टिर्र ध्वनि निस्कने गरी।
34239 टिर्री १ ना. १. पातलो दिसा; पखाला; टिटिरे।
34240 टिर्री २ ना. कुनै कुरामा गरिने जिद्दी; टेक; अभिमान; सेखी; टठ।
34241 टिर्रीवाल वि. घमन्डी; टेकी; अभिमानी; सेखीवाल।
34242 टिर्र्‍याइ ना. टिर्याउने वा पातलो दिसा गराउने क्रिया वा प्रक्रिया।
34243 टिर्र्‍याइनु क.क्रि. तुर्को, टिर्री आदि झारिनु; पातलो दिसा गरिनु।
34244 टिर्र्‍याउनु स.क्रि. १. पखाला निकाल्नु; पातलो दिसा गर्नु; छेर्नु।
34245 टिर्र्‍याउनु स.क्रि. २. तुर्क्याउनु।
34246 टिल वि. १. जाँड, रक्सी बढी खाएर मात्तिएको; टुन्न भएको।
34247 टिल वि. २. अघाएको। ना.
34248 टिल वि. ३. भाँडाकुँडा, नाउ आदिको बिट।
34249 टिलटिल क्रि.वि. १. पुरै टिल हुने गरी।
34250 टिलटिल क्रि.वि. २. घाउखटिराको फोको पिप भरिएर फुट्लाजस्तो हुने गरी।