Dictionary

All Word

34051 टिउरो २ ना. हाँसको चल्लो।
34052 टिक्नु अ.क्रि. १. अप्ठ्यारो स्थिति वा समयमा पनि बस्न सक्नु; बस्नु; रहनु।
34053 टिक्नु अ.क्रि. २. स्थायी रूपले रहनु; दिगो हुनु; अडिनु; थेगिनु।
34054 टिक ना. १. ठुलठुला पात र मसिना फल लाग्ने एक जातको रुख अथवा प्लाइउड बनाउन प्रयोग गरिने त्यसैको काठ।
34055 टिक ना. २. छेउमा मणि रत्नहरू लर्किने गरी जडेर माझमा विभिन्न निकाली बनाइएको घाँटीमा लाइने चन्द्राकार गहना; बुट्टेदार बुट्टा कण्ठहार।
34056 टिकट ना. १. बस, रेल, जहाज आदिमा यात्रा गर्दा दिइएको भाडाको प्रमाण जनाइएको कागतको टुक्रो।
34057 टिकट ना. २. चलचित्र, प्रदर्शनी आदिमा छिर्नका लागि तिरेको प्रवेशदस्तुरको प्रमाणपत्र।
34058 टिकट ना. ३. हुलाकद्वारा चिठी पठाउँदा टाँसिने, सरकारी तवरमा निष्कासित चिह्नयुक्त सानो कागज; हुलाक टिकट; टिकस।
34059 टिकट ना. ४. दानदक्षिणा प्रदान गर्न बाँडिएको प्रामाणिक कागज; दानदक्षिणाको टिकट।
34060 टिकट दस्तुर ना. सरकारी कार्यालय आदिमा निवेदन दर्ता गर्दा नियमानुसार टाँस्नुपर्ने टिकट वा त्यसको मूल्यस्वरूप जम्मा गर्नुपर्ने रुपैयाँ।
34061 टिकटिक ना. १. घडी चल्दा त्यसबाट लगातार निस्कने शब्द।
34062 टिकटिक ना. २. सानो वस्तुले कुनै कठोर चिजलाई ठोक्दा निस्कने आवाज।
34063 टिकटिक ना. ३. साना चरा, माउसुली, किथ्रा आदि कराउँदाको आवाज। क्रि.वि.
34064 टिकटिक ना. ४. त्यस प्रकारका कुनै आवाज उत्पन्न हुने गरी।
34065 टिकटिके ना. १. टिकटिक शब्द गरेर बोल्ने फिस्टोजस्तो सानो चरो। वि.
34066 टिकटिके ना. २. टिकटिक आवाज गर्ने।
34067 टिकटिके किरो ना. उत्तानो पारी भुइँमा छोडिदिँदा टिक्क आवाज गरेर उफ्रने कालो रङको सानो किरो।
34068 टिकटिके छेपारो ना. टिकटिक आवाज गरेर पुच्छर हल्लाउने एक जातको छेपारो।
34069 टिकटिके भ्यागुतो ना. टिकटिक गरेर कराउने सानो भ्यागुतो।
34070 टिकनबजी ना. काठमाडौँ उपत्यकाको टिकनी भन्ने ठाउँमा तयार हुने असल जातको पातलो चिउरा।
34071 टिकमाला ना. टिक वृक्षबाट तयार हुने प्लाइउड (टिकप्लाई)।
34072 टिकचिहन ना. ठिक हो भनी बुझाउने वा मूल रूप देखाउने विशेष आकारको (1) एक चिह्न (टिकमार्क )।
34073 टिकाइ ना. टिक्ने भाव, क्रिया वा प्रक्रिया; थेगाइ।
34074 टिकाइनु क.क्रि. टिक्ने तुल्याइनु।
34075 टिकाउ वि. धेरै समय खप्ने; धेरै दिन टिक्ने; खपुवा; टिकुवा; स्थायी।
34076 टिकाउनु प्रे. क्रि. टिक्ने तुल्याउनु।
34077 टिकारी ना. विजयादशमीको टीका थाप्न कसैकहाँ जाने व्यक्ति।
34078 टिकिनु अ.क्रि. टिक्न समर्थ हुनु।
34079 टिकिया ना. १. टीका जस्तै गोल ससानो वस्तु।
34080 टिकिया ना. २. औषधी आदिको सानो र बाटुलो चक्की; औषधीको थेप्चो गोली।
34081 टिकी ना. १. निधारमा लगाइने सुन, काँच, प्लास्टिक आदिको सानो टीका; टिकुली।
34082 टिकी ना. २. टिको (बालबोलीमा)।
34083 टिकी ट्याँसट्याँस ना. असावधानीका साथ वा दक्षिणा नदिई टिको लगाइदिने काम।
34084 टिकुली ना. १. सानो टिको; टिकोका लागि प्रयुक्त लघुताबोधक शब्द।
34085 टिकुली ना. २. स्त्रीजातिले निधारमा टाँस्ने सुन, काँच आदिको सानो टिको।
34086 टिकुवा वि. टिकाउ; धेरै टिक्ने; खपाउ; खप्ने।
34087 टिके वि. १. टिको लाउने।
34088 टिके वि. २. टीकाटीका भएको (सर्प आदि)।
34089 टिके वि. ३. कसैको आशीर्वाद पाई ठाउँमा पुगेको।
34090 टिको ना. १. देवमन्दिरको प्रसादका रूपमा वा शोभाका निम्ति निधारमा लगाइने चन्दन, सिन्दूर, अबिर, अक्षता आदि; तिलक।
34091 टिको ना. २. आश्विन महिनाको शुक्लपक्षको दशमी तिथि; विजयादशमी; दसैँ।
34092 टिकोटालो ना. १. यज्ञान्त वा धार्मिक उत्सव आदिमा टिको लगाउने काम।
34093 टिकोटालो ना. २. धार्मिक विधिअनुसार बिहेको कुरो छिन्ने कार्य; जनैसुपारी; वाग्दान।
34094 टिकोटालो ना. ३. वाग्दानका दिन वरवधूलाई लगाइने टिको वा दिइने वस्तु।
34095 टिक्की ना. १. गुजारा गर्ने ठाउँ; टिक्ने ठाउँ।
34096 टिक्की ना. २. जीविका; वृत्ति।
34097 टिङ्गर ना. हे. टँगरो।
34098 टिङ्गरे / टिङ्गरो वि. १. अग्लो, दुब्लो वा पातलो; ख्याउटे।
34099 टिङ्गरे / टिङ्गरो वि. २. एक्ले; ठिङ्गो।
34100 टिङ् ग्रिङ्ङ क्रि.वि. १. दुब्लो र अग्लो शरीर उभिएर वा एक्लै रहने गरी; ठिङ्ग। वि.