Dictionary

All Word

34101 टिङ् ग्रिङ्ङ क्रि.वि. २. सर्वसाधारण व्यक्ति वा वस्तुभन्दा भिन्न; छुट्टा; फुट्टा।
34102 टिठ ना. १. तीव्र लालच; धित; सन्तुष्टि।
34103 टिठ ना. २. मानसिक तृष्णा।
34104 टिठ ना. ३. अन्य प्राणीमाथि गरिने मानवताको व्यवहार; दया; करुणा।
34105 टिठलाग्दो वि. मायालाग्दो; दयालाग्दो; करुण।
34106 टिठो वि. टिठलाग्दो; मायालाग्दो।
34107 टिठिनु अ.क्रि. १. टिठलाग्दो हुनु; मायालाग्दो हुनु।
34108 टिठिनु अ.क्रि. २. लोभलाग्दो हुनु; लोभिनु।
34109 टिठ्याइ ना. टिठिने तथा टिठ्याउने भाव, क्रिया वा प्रक्रिया।
34110 टिठ्याइनु क.क्रि. टिठिने बनाइनु; टिठलाग्दो पारिनु।
34111 टिठ्याउनु प्रे. क्रि. टिठिने पार्नु; लोभलाग्दो बनाउनु; टिठलाग्दो तुल्याउनु।
34112 टिन ना. १. राङ, फलाम आदि मिसाई बनाइएको एक प्रकारको मिश्रित धातु।
34113 टिन ना. २. त्यसैको ढ्वाङ वा बट्टा।
34114 टिनटिन ना. १. ससाना घण्टीहरू बज्दाको आवाज।
34115 टिनटिन ना. २. फुर्तिलो चालले टिम्किएर हिँड्ने तरिका; ठिमठिम। क्रि.वि.
34116 टिनटिन ना. ३. त्यस्तो आवाज उत्पन्न हुने गरी वा त्यसरी हिँड्ने गरी
34117 टिनटिनती क्रि.वि. ठिमठिमती।
34118 टिनिकटिनिक क्रि.वि. टिनटिनती; ठिमठिमती।
34119 टिनिक्क क्रि.वि. १. एकदम कसिने चालमा।
34120 टिनिक्क क्रि.वि. २. शरीरमा लुगाकपडा आदि साँघुरो हुने गरी; टिमिक्क। वि.
34121 टिनिक्क क्रि.वि. ३. कसिएको; कसिलो।
34122 टिनिक्क क्रि.वि. ४. साँघुरो।
34123 टिनु ना. कुनै वस्तु वा प्राणीको समूह; हुल; भिड।
34124 टिन्चर ना. घाउखटिरा आदिमा वा सुनिएको ठाउँमा लगाइने डाक्टरी झोल औषधी; टिन्चर आइडिन।
34125 टिन्न ना. १. घण्टी आदिको मधुर र द्रुत ध्वनि झिकेर।
34126 टिन्न ना. २. कसिने वा अघाउने गरी; टन्न।
34127 टिप्नु स.क्रि. १. कुनै ठाउँबाट चिजबिज एकएक गरी लिनु; पालैसित एकपछि अर्को भिक्नु।
34128 टिप्नु स.क्रि. २. रुखबाट फूल वा फलहरू चुँड्नु।
34129 टिप्नु स.क्रि. ३. एकएक गरी रौँहरू उखेल्नु।
34130 टिप्नु स.क्रि. ४. टप्काउनु; उडाउनु।
34131 टिप्नु स.क्रि. ५. घोडचडीको नियन्त्रणमा नरही घोडा वेगले दौडनु।
34132 टिप्नु स.क्रि. ६. कुराका प्रसङ्गमा अर्काको कुरा उछिनेर बोल्नु।
34133 टिप्नु स.क्रि. ७. व्यक्ति वा वस्तुहरूको नाम लेख्नु; टाँक्नु।
34134 टिप्नु स.क्रि. ८. भनेको तुरुन्तै बुझ्नु।
34135 टिप्नु स.क्रि. ९. छिटै अनुकरण गर्नु। १०. सिउँदा लामा फड्का मार्नु।
34136 टिप १ ना. १. व्यक्ति वा वस्तुका नाम, सानातिना व्यवहार आदि लेखिएको सानो कागत टिपोट।
34137 टिप १ ना. २. पोतामा तिर्नुपर्ने एक किसिमको दस्तुर।
34138 टिप १ ना. ३. जन्मेको क्षणको दिन, राशि, नक्षत्र आदि लेखिएको टिपन; जन्मपत्रिका लग्नकुण्डली।
34139 टिप १ ना. ४. गन्जिफाको खेलमा दुई चक्कीले एक चक्कीलाई जित्ने दाउ।
34140 टिप १ ना. ५. डकर्मी वा वज्रकर्मीले दई इँटको चेपमा दिने टिपकारीको मसला।
34141 टिप २ ना. १. यात्री आदिले पथप्रदर्शकलाई वा खान आउनेले होटेलका बेयराहरूलाई दिने बक्सिस।
34142 टिप २ ना. २. कुनै पनि सेवा गरेबापत कसैलाई दिइने अतिरिक्त थप रकम।
34143 टिप २ ना. ३. ट्रक आदि गाडीले एक पटकमा ढुवानी गर्न वा ओसार्न सक्नेजति परिणाम।
34144 टिपकार ना. भित्तो, गाह्रो आदिका इँटका जोर्नीजोर्नीमा वज्र, सिमेन्ट आदि लगाउने काम वा त्यस्तो लगाउने व्यक्ति।
34145 टिपकारी ना. १. टिपकार। वि.
34146 टिपकारी ना. २. टिपकार गरिएको वा गर्ने (व्यक्ति)।
34147 टिपटप ना. चिटिक्क, चिरिच्याँट्ट।
34148 टिपटाप ना. १. छरिएका सानातिना वस्तुहरू टिप्ने काम; टापटिप; टिपनटापन।
34149 टिपटाप ना. २. कसैको माल सुटुक्क लिएर जाने काम।
34150 टिपटापे वि. थाहा नदिई उठाएर लाने; चोर।