Dictionary

All Word

34401 टुनेमुने वि. १. टुनामुना गर्ने। ना.
34402 टुनेमुने वि. २. धामी।
34403 टुनेमुने वि. ३. बोक्सी।
34404 टुनेसो ना. ससाना बाछाबाछी आदिले माउसँग चरनमा जाँदा दुध नचोरून् भनी नाकको डाँडीमास्तिर चोके पारेर बाँधिने काठ।
34405 टुन्टे वि. १. हात काटिएको; एकहाते; ठुटे। ना.
34406 टुन्टे वि. २. पुरुषेन्द्रिय ( निन्दा वा गालीको अर्थमा )।
34407 टुन्न क्रि.वि. १. खाँदा असाध्यै पेट उक्सिने गरी; टन्न; टिल्ल।
34408 टुन्न क्रि.वि. २. खुबसित ढाडिने वा फुल्ने गरी।
34409 टुन्निनु अ.क्रि. १. सामान्यभन्दा बढी खाएर पेट उक्सन; टिल्ल हुनु; डेलिनु।
34410 टुन्निनु अ.क्रि. २. पेट ढाडिन; फुल्नु।
34411 टुन्न्याइ ना. पेट टन्न हुने क्रिया वा किसिम।
34412 टुन्न्याउनु स.क्रि. पेट टुन्न पार्नु; टिल्ल्याउनु।
34413 टुन्याहा वि. १. टुनामुना गर्न सिपालु; टुना गर्ने; मुहुनी लगाउने।
34414 टुन्याहा वि. २. तन्त्रमन्त्र गरेर अरूलाई दुःख पुऱ्याउने।
34415 टुपिन ना. विद्युत्तरङ्गलाई जोड्ने वा छुट्टयाउने दुईचोसे प्लक।
34416 टुपी वैदिक विधिअनुसार शिरमा प्रायः गोपुच्छ प्रमाणको नखौरी राखिएको रौँको समूह; शिखा; चूडा; टुप्पी।
34417 टुपीकट्टा ना. १. टुपीसमेत खौरेर सन्न्यासधर्म लिएको व्यक्ति (सन्न्यासी, जोगी इ.)। वि.
34418 टुपीकट्टा ना. २. टुपीसमेत खौरेको; टुपी काटेको; टुपी नभएको।
34419 टुपुक्क क्रि.वि. १. एक्कासि देखापर्ने गरी; टुप्लुक्क।
34420 टुपुक्क क्रि.वि. २. हल्कासँग भुईंमा बस्ने गरी; टक्रक्क; थुपुक्क।
34421 टुपुक्क क्रि.वि. ३. टिप्ता हलुङ किसिमले चुँडिने वा हातमा आउने गरी; टपक्क।
34422 टुपुटुपु क्रि.वि. १. टिप्ने बेलामा फलफूल आदि धमाधम हातमा आउने गरी टपटप।
34423 टुपुटुपु क्रि.वि. २. चुहुँदा थोपाथोपा झर्ने गरी; तपतप; तुपुतुपु।
34424 टुप्पा ना. हे. टुप्पो।
34425 टुप्पाटुप्पी ना. सानातिना हाँगाबिंगा र टुप्पा आदिको समूह; टुप्पाहरूको थुप्रो।
34426 टुप्पिनु अ.क्रि. १. टुप्पामा पुग्नु; टुप्पोसम्म छुनु।
34427 टुप्पिनु अ.क्रि. २. हलक्क बढेर हदैसम्म पुग्नु; बेसरी सप्रिनु।
34428 टुप्पिनु अ.क्रि. ३. धन, मान, इज्जत आदिको मदले मात्तिनु; चढेबढेको हुनु; पहिले बिचैमा टप्केर हुनेखाने भई घमन्डी हुनु।
34429 टुप्पी ना. हे. टुपी; शिखा; चूडा।
34430 टुप्पो ना. १. लामो आकारको ठोस वस्तुको माथिल्लो अंश; अग्रभाग।
34431 टुप्पो ना. २. कुनै रुखको आकाशतिर चुलिएको भाग।
34432 टुप्पो ना. ३. पहाडको चुली; टाकुरो; शिखर। वि.
34433 टुप्पो ना. ४. टुप्पिएको; मास्तिर बढेको।
34434 टुप्प्याइ ना. टुप्पिने क्रिया वा प्रक्रिया; टुप्पामा पुग्ने काम।
34435 टुप्प्याइनु क.क्रि. टुप्पिने पारिनु; टुप्पामा पुऱ्याइनु।
34436 टुप्प्याउनु प्रे. क्रि. टुप्पिने पार्नु; टुप्पामा पुऱ्याउनु।
34437 टुप्प्याहट ना. टुप्पाइ।
34438 टुप्लुक्क क्रि.वि. १. अकस्मात् देखिने वा देखापर्ने गरी; एकाएक आइपुग्ने चालमा।
34439 टुप्लुक्क क्रि.वि. २. अनायास भेट हुने गरी; जम्काभेट भएर।
34440 टुप्लुक्किनु अ.क्रि. एकाएक आइपुग्नु; टुप्लुक्क आइपुग्नु।
34441 टुम ना. गिर खेलमा गोल हुने ठाउँ वा टुङ्गो; गिर खेलको गोल।
34442 टुमुक्क क्रि.वि. १. लुगा, कपडा मिलेर छरितो गरी; टम्म; टिमिक्क।
34443 टुमुक्क क्रि.वि. २. छाँट मिल्ने किसिमले; चिटिक्क।
34444 टुमेगिर ना. टुम कटाई खेलिने एक किसिमको गिर खेल।
34445 टुमौटे १ ना. तामो धातुको कारोबार गर्ने व्यक्ति; तमौटे।
34446 टुमौटे २ वि. १. कन्जुस स्वभावको; सानो चित्त भएको।
34447 टुमौटे २ वि. २. छोटो व्यवहार गर्ने; किफायती।
34448 टुम्को ना. १. निश्चित सीमा; तोकिएको अवधि।
34449 टुम्को ना. २. सम्म परेको ठाउँ बिच केही चुलिएको भूभाग; सानो पहाड; थुम्को।
34450 टुम्म क्रि.वि. हे. टम्म।