Dictionary

All Word

34501 टेकाइनु क.क्रि. टेक्ने गराइनु।
34502 टेकाउनु प्रे. क्रि टेक्ने तुल्याउनु, टेक्न लगाउनु।
34503 टेकिनु अ.क्रि. १. टेक्ने हुनु; खुट्टा हालिनु। स.क्रि.
34504 टेकिनु अ.क्रि. २. कुल्चिनु।
34505 टेकी वि. १. जिद्दीवाल; टेक गर्ने; हठी; ढिपीवाल।
34506 टेकी वि. २. सेखीवाल; घमन्डी; अभिमानी। ना.
34507 टेकी वि. ३. पहिलेका युवतीहरूले कम्मरमा बाँध्ने तीनकुने लुगा।
34508 टेकुवा ना. खाँबो; टेको।
34509 टेको ना. १. थाममन्तिर राखिने ढुङ्गो वा काठ।
34510 टेको ना. २. कुनै वस्तुलाई अड्याउने (काठ, बाँस आदिको) टेवा।
34511 टेको ना. ३. बिसौनी।
34512 टेको ना. ४. गीतको अन्तरा।
34513 टेङ्ग्रा ना. एक जातको माछो।
34514 टेठो ना. बाँसका वा काठका किलाहरू ठोक्ने काठको मुङ्ग्रो; खुटा गाड्ने काठको मुङ्ग्री।
34515 टेढिनु अ.क्रि. १. सिधा नहुनु; बाङ्गिनु; टेढो हुनु।
34516 टेढिनु अ.क्रि. २. रिसाउनु; चिढिनु।
34517 टेढो वि. १. सोझो नभएको; बाङ्गो; डेउढो; वक्र।
34518 टेढो वि. २. नमिल्ने प्रकृति भएको; कुटिल; अचाडू।
34519 टेढोमेढो वि. बाङ्गोटिङ्गो।
34520 टेढ्याइ ना. टेढो हुने वा टेढिने क्रिया वा प्रक्रिया।
34521 टेढ्याइनु क.क्रि. टेढो पारिनु; बाङ्गोटिङ्गो तुल्याइनु।
34522 टेढ्याउनु प्रे.क्रि १. टेढो पार्नु; बाङ्गोटिङ्गो तुल्याउनु।
34523 टेढ्याउनु प्रे.क्रि २. रिसाउने पार्न; चिढ्याउनु।
34524 टेनिस ना. रबरको सानो बललाई जालीदार ब्याट वा डन्डाले हानेर खेलिने एउटा खेल।
34525 टेन्डर ना. कुनै कार्यालय वा संस्थाको कार्यविवरणसहितको मागअनुसार ठेक्कामा काम गर्न वा तोकिएको मालसामान दिन कबुल गरिने दररेटसहितको निवेदन; बोलपत्र; निविदा।
34526 टेन्डरदाता वि. १. टेन्डरवाला। ना.
34527 टेन्डरदाता वि. २. बोलपत्रको निवेदन दिने व्यक्ति।
34528 टेप ना. १. ध्वनितरङ्गलाई यन्त्रद्वारा समातेर चाहिएको बखत सो ध्वनि निकाल्न सक्ने लामो फित्ता।
34529 टेप ना. २. फित्ता।
34530 टेप रिकर्डर/रिकाट ना. ध्वनिलाई टेपमा भर्ने यन्त्र वा साधन।
34531 टेपो / टेप्रो ना. पुरुषेन्द्रियको अग्रभाग; लिङ्गको टुप्पो; लिङ्गको मणि।
34532 टेबुल / टेबिल ना. कुर्सी आदिमा बसी सामान्य लेखपढ, भोजन, काम आदि गर्न मिल्ने एक खास प्रकारको खटिया।
34533 टेबुल / टेबिल गफ ना. टेबुलको वरिपरि बसेर गरिने कुराकानी वा बहस।
34534 टेबुल / टेबिल घडी ना. टेबुलमाथि राखिने मझौला घडी।
34535 टेबुल / टेबिल टेनिस ना. टेबुलमा खेलिने टेनिस खेल।
34536 टेबुल / टेबिल पोस ना. शोभाका लागि टेबुलमाथि बिछ्याइने कपडा; टेबुलमाथि राखिने तन्ना।
34537 टेबुल / टेबिल पात्रो ना. टेबुलमाथि राखिने आवश्यक कुराको सम्झौटो लेख्नसमेत हुने एक खालको पात्रो।
34538 टेर्नु स.क्रि. १. भनेको वा अह्राएको कुरा मान्नु; आज्ञापालन गर्नु।
34539 टेर्नु स.क्रि. २. अदबमा रहनु; अनुशासित हुनु।
34540 टेर्नु स.क्रि. ३. वास्ता गर्नु।
34541 टेर ना. १. पत्याउने वा टेर्ने काम; आज्ञापालन।
34542 टेर ना. २. अपेक्षा; वास्ता; परवाह।
34543 टेर ना. ३. अनुशासन; नियमपालन; अदब।
34544 टेरपुच्छर ना. मानमर्यादा; वास्ता; परवाह।
34545 टेराइ ना. टेर्ने कार्य वा किसिम।
34546 टेराइनु क.क्रि टेर्ने पारिनु।
34547 टेराउनु प्रे. क्रि. टेर्ने पार्न।
34548 टेरिउल ना. टेरिलिन र ऊन मिसिएको प्राय: कोट, पाइन्ट सिइने दामी कपडा।
34549 टेरिकटन ना. टेरिलिन र सुती कपडा मिसिएको प्राय: कमिज आदि बनाइने दामी कपडा।
34550 टेरिलिन ना. एक प्रकारको मिश्रित पदार्थबाट निर्मित तन्तु र त्यसबाट तयार कपडा।