Dictionary

All Word

34601 टोड्के ना. १. रुखमा टोड्को पारेर बस्ने र बचरा हुर्काउने पट्टुका आकारको एक चरो। वि.
34602 टोड्के ना. २. टोड्कोमा बस्ने; टोड्को परेको।
34603 टोड्का ना. खास गरी बुढो रुखमा परेको प्वाल वा खोप्लो।
34604 टोप ना. १. शिरमा लगाइने, वरिपरि पट्टीदार घेरा भएको, युरोपेली ठुलो गोलाकार टोपी।
34605 टोपल्नु स.क्रि. कुनै कामकुरो गरिटोपलेजस्तो मात्र गर्नु; गर्नुपर्ने कामकुरो देखावटी रूपमा मात्र गर्नु; देखाउन मात्र स्वाङ पार्नु।
34606 टोपलाइ ना. टोपल्ने भाव, क्रिया वा प्रक्रिया।
34607 टोपलिनु क.क्रि. प्रयास गरे झैँ वा स्वाङ पारे झैँ मात्र गरिनु।
34608 टोपलटापल ना. कुनै काम गरेजस्तो गर्ने वा गरिटोपल्ने ढङ्ग; देखाउनका निम्ति मात्र गरिने काम।
34609 टोपी ना. शिर छोप्न, त्यसको शोभा बढाउन वा रक्षा गर्नका निम्ति चाउलो र घेरा हाली सिइएको वस्त्र; शिरपोस।
34610 टोप्रे वि. टोप्रो भएको वा टोप्रो हुने (ऐँसेलु, भुईंकाफल इ.); टोप्रोजस्तो।
34611 टोप्रेल ना. सस्तो र साधारण किसिमको बुट्टेदार कपडाविशेष।
34612 टोप्रो ना. १. ऐँसेलु आदिको फल रहने गट्टो; बिर्को।
34613 टोप्रो ना. २. औँलाको टुप्पो।
34614 टोल / टोला ना. सहरको कुनै एक विभाग वा खण्ड; सहरभित्र पर्ने कुनै एक क्षेत्रभित्रको बस्ती।
34615 टोलाइ ना. टोलाउने क्रिया वा प्रक्रिया; एकोहोरो हेराइ।
34616 टोलाइनु अ.क्रि. टोलाउने होइनु; वाल्ल परिनु।
34617 टोलाउनु अ.क्रि. १. एकोहोरो किसिमले वा वाल्ल परेर हेर्ने हुनु; टोलो बन्नु।
34618 टोलाउनु अ.क्रि. २. बिलखबन्दमा पर्नु; जिल्ल पर्नु।
34619 टोलिनु अ.क्रि. टोलाउने होइन; वाल्ल परिनु।
34620 टोली ना. १. कुनै कार्यका निम्ति सङ्ख्या तोकिएका वा नतोकिएका मानिसहरूको समूह; जमात; डफ्फा; दल।
34621 टोली ना. २. ईश्वरलाई चढाएर प्रसादस्वरूप बाँडिने मिठाई आदि।
34622 टोले वि. एउटै टोलमा बस्ने; एकै टोलको; उही टोलको।
34623 टोलो वि . १. एकोहोरो हेरिरहने; टोलाउने बानी भएको।
34624 टोलो वि . २. वाल्ल परेको; जिल्ल परेको।
34625 टोस्ट ना. १. पाउरोटीका चकाना आगामा सेकाइएको खानेकुरो।
34626 टोस्ट ना. २. कुनै विशिष्ट अवसरमा कसैको सुस्वास्थ्यको कामना गर्दै वा शुभेच्छाज्ञापनकासाथ परस्परमा खाइने सुरा, सर्बत आदि पेय पदार्थ; स्नेहपान।
34627 टोस्ट ना. ३. त्यस प्रकारले शुभकामना व्यक्त गर्ने व्यक्ति वा विषय।
34628 टोहेँटो ना. तामाखानीमा काम गर्ने ज्यामी; तामाखानीको मजदुर।
34629 टोहो ना. कुनै काममा पारिने बाधा; भाँजी हाल्ने काम; अड्को; खोते।
34630 टौनु वि. कान नसुन्ने, बहिरो। ( उदा.- कानुले नाचे टौनुले गीत गाउला नि त। - उखान )।
34631 टौवा ना. १. गाह्रो नलगाई थाम र दलिनहरू मात्र हालेर बनाइएको हावादारी घर; अग्लो मचान। वि.
34632 टौवा ना. २. खुब अग्लो; टङ्गरो।
34633 ट्याउँट्याउँ क्रि.वि. १. एकोतार बोल्ने वा कुरा गरिरहने गरी। (उदा.- नानी ट्याउँट्याउँ बोल्न थालिसक्यो, विद्यालयमा पढ्न पठाए हुन्छ)।
34634 ट्याउँट्याउँ क्रि.वि. २. कचकच गरिरहने चालले। (उदा.- तिमी कति ट्याउँट्याउँ गरिरहन्छौ, चुप लाग ! )।
34635 ट्याउरी ना. १. मन परेकी सानी केटी। वि.
34636 ट्याउरी ना. २. पातली; चिँगरी।
34637 ट्याउरो ना. १. मायालाग्दो सानो केटो। वि.
34638 ट्याउरो ना. २. पातलो काँटीको; चिँगरो।
34639 ट्याक ना. सुनचाँदीको बाक्लो चक्की।
34640 ट्याकट्याक क्रि.वि १. कुनै साह्रो चिजमा हल्का किसिमले हिर्काउँदा वा दुई थरी साना साह्रा चिज जुधिरहँदा आवाज आउने गरी।
34641 ट्याकट्याक क्रि.वि २. भनेगरेको कामकुरो ठिकठिकसित मिल्दै वा हुँदै जाने गरी।
34642 ट्याक्क क्रि.वि. १. कुनै साह्रो चिजमा हिर्काउँदा वा दुई थरी साह्रा चिज जुध्दा आवाज आउने गरी।
34643 ट्याक्क क्रि.वि. २. भनेगरेको कामकुरो ठिकसँग मिल्ने वा हुने ढङ्गले।
34644 ट्याक्कै क्रि.वि. ठिक्क मिल्दो गरी; ठ्याक्कै।
34645 ट्याक्टर ना. खेत जोत्ने वैज्ञानिक यन्त्र वा हलो।
34646 ट्याक्सी ना. १. स्वचालित रूपमा पैसा चढेको देखाउने भाडावाल मोटर।
34647 ट्याक्सी ना. २. भाडामा चलाइने सानो गाडी।
34648 ट्याङ्ट्याङ क्रि.वि तख्ताघडी, घण्टा आदि बज्दा बराबर आवाज आउने गरी।
34649 ट्याङप्वाल ना. फोर्न वा भसाउनका लागि बारुद भरेर पड्काउने गरी ठुलठुला ढुङ्गामा पारिने प्वाल।
34650 ट्याङ्क ना. सम्म नपरेको वा असजिलो बाटामा पनि जान सक्ने, युद्धका सामानले युक्त फौजी मोटर गाडी।