Dictionary

All Word

34701 ट्र्याक्टर ना. २. कुनै भार तान्ने वा बोक्ने इन्जिन; त्यस्तै इन्जिन भएको गाडी।
34702 ट्वाँक वि. १. धेरै अमिलो; कडा अमिलो; ना.
34703 ट्वाँक वि. २. चुक।
34704 ट्वाँट ना. जाँड वा रक्सी ( निन्दा वा हेयार्थमा)।
34705 ट्वाँटवाल वि. ट्वाँट खाने; जँड्याहा; रक्सीबाज; ट्वाँटे।
34706 ट्वाँटी ना. जमिनमुनि बसी एकनासले कराउने एक प्रकारको बर्खे किरो।
34707 ट्वाँटी कस्नु/हाल्नु टु. धरपकड गर्नु। (उदा.- दसैभित्र पैसा नबुझाए साहुले ट्वाँटी कसेर / हालेर लिन्छन् रे)।
34708 ट्वाँटे वि. १. जाँडरक्सी बढी पिउने (मानिस); ट्वाँटवाला। ना.
34709 ट्वाँटे वि. २. बर्खामा आली, कान्ला आदि प्वाल पार्ने एक प्रकारको किरो।
34710 ट्वाक १ ना. सुनकेवँरा, दुधकेवँरा आदिको फूलबाट बनाइने अलङ्कार वा शृङ्गारसज्जा।
34711 ट्वाक २ ना. अन्न आदि भरिने काठ, टिन आदिको सानो भाँडो।
34712 ट्वाकट्वाक क्रि.वि. १. काठहरूमा खोप्ता वा ठोक्ता आवाज आउने गरी।
34713 ट्वाकट्वाक क्रि.वि. २. कचकच गरिरहने छाँटले ; करकर।
34714 ट्वाकट्वाकी क्रि.वि. लगातार ट्वाकट्वाक गरेर।
34715 ट्वाकल ना. १. कुनै गह्रौँ वस्तु उठाउन वा धकेल्न त्यस वस्तुको मन्तिर हालिने काठको ठेउको।
34716 ट्वाकल ना. २. अचानु।
34717 ट्वाकल ना. ३. घरको गाराबाट छानाको दाँती थाम्न र केही झुन्ड्याउन हुने गरी राखिएको बाहाँ।
34718 ट्वाक्क क्रि.वि. १. तरकारी, अचार आदिमा अमिलो, पिरो आदि पुगेर स्वाद पर्ने गरी; त्यस्तो तरकारी, अचार खाएर जिभ्रो फड्कार्दै।
34719 ट्वाक्क क्रि.वि. २. सानोतिनो ढुङ्गा वा त्यस्तै वस्तुले हान्दा शब्द निस्केर।
34720 ट्वाक्क क्रि.वि. ३. चराचुरुङ्गी आदिले ठुङ्ने किसिमले।
34721 ट्वाक्क क्रि.वि. ४. एक्कासि भेट हुने गरी; ठिक्कसित मिलेर वा जोरिएर; ट्याक्क।
34722 ट्वाङट्वाङ क्रि.वि. ठुलो घण्ट, तख्ताघडी आदि बज्दा तिखो किसिमले आवाज आउने गरी।
34723 ट्वाङ्ङ क्रि.वि. कुनै साह्रो वस्तुमा हिर्काउँदा वा घण्ट आदि बज्दा तिखो आवाज आउने गरी।
34724 ट्वारट्वार क्रि.वि. १. हुक्का तान्दा वा घुराउँदा आवाज निस्कने गरी।
34725 ट्वारट्वार क्रि.वि. २. भ्यागुतो कराएको आवाज निस्कने गरी; ट्वार्र ट्वार्र।
34726 ट्वारट्वारती / ट्वारट्वारी क्रि.वि. अझ छिटो ट्वारट्वार हुने गरी।
34727 ट्वार्र क्रि.वि. १. हुक्का तान्दा वा घुराउँदा जोडले आवाज निस्कने गरी।
34728 ट्वार्र क्रि.वि. २. भ्यागुतो आदि कराउँदा आवाज आउने ढङ्गले।
34729 ट्वार्र ट्वार्र क्रि.वि. ट्वारट्वार।
34730 ट्वालट्वाल क्रि.वि. एकोहोरो हेर्ने गरी।
34731 ट्वालट्वालती वि. एकनाससँग एकोहोरो हेरेर।
34732 ट्वाल्ल क्रि.वि. एकोहोरो चालले हेरिरहने गरी; टोलाइरहने चालले; वाल्ल; जिल्ल।
34733 ट्विनअटर ना. थोरै मानिस बस्न हुने सानो खालको हवाईजहाज।
34734 ट्वेन्टिनाइन ना. तासको खेलमा प्वाइन्ट बोली गनेर खेलिने जम्मा उनन्तिस प्वाइन्ट भएको एक खेल।
34735 देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये बाह्रौँ वर्ण, मूर्द्धन्य, स्पर्शी, अघोष, महाप्राण, ताडित व्यञ्जनवर्ण; टवर्गको दोस्रो अक्षर लेख्य रूपमा सो वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; ओठ मिलायो ठ।
34736 ठँटाइ ना. ठाँट पार्ने काम ठाँट्ने तथा ठाँटिने भाव, क्रिया वा प्रक्रिया।
34737 ठँटाइनु क.क्रि. ठाँट्न लाइनु; ठाँट पार्ने गराइनु।
34738 ठँटाउनु प्रे.क्रि. ठाँट्न लाउनु; ठाँट पार्ने गराउनु।
34739 ठँडौरो ना. भाँडाकुँडालाई झोक पोख्ता वा गाली गर्दा प्रयुक्त हुने शब्द; ठाँडो। (उदा.- भात पकाउन लाग्दा ठँडौरो चुहिएर दिनुसम्म दु:ख दियो)।
34740 ठकठक ना. १. हलुका चालले काठ आदि साह्रो वस्तुमा ठोक्ता आउने शब्द; ठ्वाकठ्वाक।
34741 ठकठक ना. २. जाडाले काम्ने वा थरथराउने चाल; लुगलुग। क्रि.वि.
34742 ठकठक ना. ३. त्यस्तो शब्द आउने गरी; थरथराउने चालसँग।
34743 ठकठकाइ ना. ठकठकाउने क्रिया वा प्रक्रिया।
34744 ठकठकाइनु क.क्रि. १. ठकठक आवाज निकालिनु। अ.क्रि.
34745 ठकठकाइनु क.क्रि. २. ठकठक काँपिनु।
34746 ठकठकाउनु स.क्रि. १. कुनै वस्तुमा ठकठक शब्द आउने गरी ठोक्नु वा ठटाउनु। अ.क्रि.
34747 ठकठकाउनु स.क्रि. २. जाडाले ठकठक काम्नु; लुगलुग काम्नु; थरथराउनु।
34748 ठकठकिनु क.क्रि. ठकठकाउने गरी काँप्नु।
34749 ठकठकी क्रि.वि. जाडाले छिटो छिटो काम्ने गरी; थरथराएर।
34750 ठकठक्याइ ना. ठकठकिने क्रिया वा प्रक्रिया।