Dictionary

All Word

34751 ठकार ना. ठ' अक्षर; टवर्गको दोस्रो व्यञ्जन वर्ण।
34752 ठकुराइ ना. १. अघि ठकुरी राजाहरूको प्रमुखता भएको ठाउँ वा क्षेत्र।
34753 ठकुराइ ना. २. आधिपत्य।
34754 ठकुरी ना. १. क्षत्रिय जातिको एक वर्ग वा तिनको थर।
34755 ठकुवा ना. हे. ठेकुवा।
34756 ठक्क क्रि.वि. एकाएक थामिने, उभिने वा आउने गरी; टक्क।
34757 ठक्कर ना. १. कुनै दुई वस्तुको जुधाइ वा ठोकाइ; परस्परको धक्का।
34758 ठक्कर ना. २. मानसिक आघात वा चोट।
34759 ठक्कर ना. ३. हन्डर; चोट। ठक्कर नखाई बुद्धि आउँदैन ( उखान)।
34760 ठक्रक्क क्रि.वि. कुनै वस्तु राख्ता वा खस्ता हल्का आवाज आउने गरी।
34761 ठग्नु स.क्रि. १. झूठो कामकुरो गरी अरूको धनमाल हडप्नु; झुक्यानमा पारी अरूको वस्तु लिनु; ठगी गर्नु; धुत्नु।
34762 ठग्नु स.क्रि. २. छकाउनु; धोका दिनु। ३ चाहिँदोभन्दा बढी नाफा खानु।
34763 ठग्नु स.क्रि. ४. नानाभाँती चालबाजी वा बहाना गरेर सक्ने काम पनि नगर्नु; काममा छलछाम गर्नु।
34764 ठग वि. १. धोकामा पारेर वा छल गरी अरूको धनमाल लिने; ठग्ने।
34765 ठग वि. २. नानाथरी बहाना झिकी कामकाज नगर्ने; काममा छलछाम गर्ने; ठगाहा।
34766 ठग विद्या ना. ठग्ने विद्या; ठग्ने अकिल; ठगी गर्ने तरिका वा उपाय।
34767 ठग वृत्ति ना. ठग्ने पेसा।
34768 ठगाइ ना. ठग्ने काम वा प्रक्रिया।
34769 ठगाइनु क.क्रि. ठग्न लाइनु।
34770 ठगाउनु प्रे.क्रि. ठग्ने गराउनु; ठग्न लाउनु।
34771 ठगाहा वि. ठग्ने बानी भएको; ठग्ने खालको; ठग।
34772 ठगाहार वि. ठगेर खान पल्केको; ठगी गरेर पेट पाल्ने; ठग।
34773 ठगाहारी ना. ठग्ने काम; ठगी।
34774 ठगिनु क.क्रि. ठगी गरिनु।
34775 ठगी ना. ठगको काम वा छ्काइ; ठगविद्या।
34776 ठङ्कार्नु स.क्रि. ठुलो स्वरले वा डाँको झिकेर बोल्नु; ठङ्कार गर्नु; हप्काउनु।
34777 ठङ्कार ना. ठाडो बोली; ठुलो स्वर; डाँको।
34778 ठङ्काराइ अ.क्रि. ठङ्कार्ने भाव, क्रिया वा प्रक्रिया।
34779 ठङ्कारिनु क.क्रि. ठुलो स्वरले बोलिनु; ठकार गरिनु।
34780 ठङ्ग्रङ्ङ क्रि.वि. १. धातुका भाँडाकुँडा खस्ता वा बग्रँदा आवाज आउने गरी।
34781 ठङ्ग्रङ्ङ क्रि.वि. २. वरिपरि प्राय: केही नभई एक्लो उभिएर; ठिङ्ग।
34782 ठटाइ ना. ठटाउने क्रिया वा प्रक्रिया।
34783 ठटाइनु क.क्रि. जोरसँग पिटिनु; धान, मकै आदि चुटिनु।
34784 ठटाउनु स.क्रि. १. कुनै वस्तुलाई जोरसँग पिट्नु; ठोक्नु; गोद्नु।
34785 ठटाउनु स.क्रि. २. धान, मकै आदि बोट वा घोगाबाट झार्नका निम्ति चुट्नु।
34786 ठटेउली ना. / वि. ठट्यौली।
34787 ठटेउले वि. हे. ठट्यौले।
34788 ठटेउलो वि. हे. ठट्यौलो।
34789 ठट्टा ना. १. मन बहलाउन आपसमा जिस्किने वा जिस्क्याउने काम; ख्याल; दिल्लगी।
34790 ठट्टा ना. २. झुटो कुरोलाई पनि राम्रो बनाएर भन्ने चाल।
34791 ठट्टा ना. ३. उपहास; हँस्सी; खिसी।
34792 ठट्टाबाजी परस्परमा गरिने ख्यालठट्टा; हँस्सीदिल्लगी।
34793 ठट्याकठुटुक ना. मसिनु वा हल्का खालको बाझो; ठाकठुक।
34794 ठट्यौली ना. १. चुड्किलो किसिमको ठट्टा; ख्याल;ठटेउलो भाव। वि.
34795 ठट्यौली ना. २. ठट्टा गर्ने स्वभाव भएकी; ठटेउली।
34796 ठट्यौले वि. ठट्टा गर्ने स्वभावको; ठटेउले।
34797 ठट्यौलो वि. ठट्टा गर्ने बानी भएको; ठटेउलो; ख्याली।
34798 ठट्यौल्याइँ ना. ठटेउलो चाल; ठटेउलोपन।
34799 ठडिनु अ.क्रि ठाडो हुनु; अडिनु; उभिनु।
34800 ठडुल्लो वि. १. उभिने स्वभावको; थचक्क नबस्ने; ठाडे। ना.