Dictionary

All Word

34901 ठस्स क्रि.वि. कसैसित मन नपर्ने कुरा वा कारणले ठस्कने गरी; ठुस्स।
34902 ठस्सा ना. १. आवश्यकताभन्दा बेसी वा अरूलाई देखाउनका निम्ति गरिने ठाँटबाँट; सान।
34903 ठस्सा ना. २. रवाफ; धाक।
34904 ठस्सा ना. ३. घमन्ड; सेखी।
34905 ठस्सिनु अ.क्रि. ठस्स पर्नु; ठुस्सिनु; ठस्किनु।
34906 ठस्स्याइ ना. ठस्सिने वा ठस्स्याउने भाव, क्रिया वा प्रक्रिया।
34907 ठस्स्याइनु क.क्रि. ठस्स पारिनु।
34908 ठस्स्याउनु स.क्रि. १. कसैलाई ठस्स पार्नु; ठुस्स्याउनु; चिढ्याउनु।
34909 ठस्स्याउनु स.क्रि. २. मन नपरेर पनि दिनु वा राख्नु; ठस्क्याउनु।
34910 ठस्स्याउनु स.क्रि. ३. आवाज ननिस्कने गरी अपानवायु छोड्नु।
34911 ठहर्नु अ.क्रि. १. कुनै कुरा वा विषयको ठहर हुनु; निश्चय हुनु।
34912 ठहर्नु अ.क्रि. २. कुनै ठाउँमा स्थिर भएर रहनु वा बस्नु; आसन जमाउनु।
34913 ठहर्नु अ.क्रि. ३. विश्राम गर्नु; अड्नु; रोकिनु।
34914 ठहर्नु अ.क्रि. ४. साबित हुनु।
34915 ठहर १ ना. १. बैठक, सभा आदिद्वारा कुनै कुरा वा विषयमा विचारविमर्श वा छलफलपछि गरिने अठोट; पारित भएको कुरा।
34916 ठहर १ ना. २. मुद्दामामिलामा न्यायाधीश वा इजलासद्वारा गरिएको निर्णय।
34917 ठहर १ ना. ३. कुनै कामकुरामा सल्लाहले वा मनमनै गरिने निधो; निश्चय।
34918 ठहर १ ना. ४. बस्ने वा अड्ने ठाउँ; स्थान; थलो।
34919 ठहर २ ना. खास गरी सालका पातहरूलाई सिन्काले खुटी सिप लगाएर गाँसिने, थालका आकारको साधन; ठुलो टपरी।
34920 ठहराइ ना. १. ठहर्ने काम वा प्रक्रिया। [ठहराउ+आइ]
34921 ठहराइ ना. २. ठहराउने काम वा प्रक्रिया।
34922 ठहराइनु क.क्रि. ठहर गरिनु।
34923 ठहराउनु प्रे. क्रि. ठहर गर्नु; अठोट गर्नु; ठहऱ्याउनु।
34924 ठहरिनु अ.क्रि. ठहर होइन; ठहर्नु।
34925 ठहरै क्रि.वि. १. कुनै दुर्घटनाले वा चोटपटक आदि लागेर ठाउँको ठाउँमै तत्काल मर्ने गरी; भुतुक्कै; खुत्रुक्कै। (उदा.- आज बाटामा मोटरले ठक्कर दिएर एउटा मान्छे ठहरै भयो। )
34926 ठहरै क्रि.वि. २. ठुलो आपत वा सङ्कटमा जेलिएर। (उदा.- यसपालि असिनाले गहुँ चुटेर ठहरै पारिहाल्यो नि।)
34927 ठहऱ्याइ ना. १. ठहर्ने वा ठहरिने क्रिया- प्रक्रिया।[ठहऱ्याउ+आइ]
34928 ठहऱ्याइ ना. २. ठहऱ्याउने भाव, क्रिया वा प्रक्रिया।
34929 ठहऱ्याइनु क.क्रि. ठहर गरिनु।
34930 ठहऱ्याउनु स.क्रि. १. कुनै कुरा वा विषयको ठहर गर्नु; निधो गर्नु।
34931 ठहऱ्याउनु स.क्रि. २. विचारपूर्वक टुङ्गो लाउनु।
34932 ठहऱ्याउनु स.क्रि. ३. अठोट गर्नु; पक्का गर्नु।
34933 ठाँगे ना. १. बराबर हाई आइरहने एक किसिमको रोग। ( उदा.- त्यसलाई ठाँगेले भेट्टायो कि क्या हो, बस्तुभाउ त पटक्कै हेर्दैन)।
34934 ठाँगे ना. २. बिघ्नबाधा; ठक्कर।
34935 ठाँगे ना. ३. बस्तुभाउलाई गाली गर्दा प्रयोग गरिने शब्द। (उदा.- चराउन लगेको ठाँगे त अरूको बालीमा पो पसेछ)।
34936 ठाँट्नु स.क्रि. कुनै वस्तुलाई राम्रो पार्नका निम्ति सजाउने काम गर्नु; सिँगारपटार गर्नु; ठाँटिलो पार्नु।
34937 ठाँट ना. १. कुनै वस्तुको ढाँचाकाँचा मिलाउने काम; सजावट; शृङ्गार।
34938 ठाँट ना. २. व्यक्तिमा रहने विशेष गुण वा भाव; रवाफ; सान।
34939 ठाँट ना. ३. बाजा बजाउने ढाँचा वा किसिम।
34940 ठाँटठुँट ना. ठाँटबाँट।
34941 ठाँटबाँट ना. विशेष किसिमले ढाँचाकाँचा मिलाउने काम वा स्थिति; सजधज; कसिकसाउ।
34942 ठाँट भैंसली ना. भैँसी चर्ने ठाउँ; भैँसीको चरन।
34943 ठाँटिनु अ.क्रि. १. ठाँटिलो हुनु। क. क्रि.
34944 ठाँटिनु अ.क्रि. २. ठाँट पारिनु; ठाँट गरिनु।
34945 ठाँटिलो वि. ठाँटबाँट गरेको; ठाँटिएको; ठाँटी।
34946 ठाँटी १. ठाँटिएको; ठाँटिलो।
34947 ठाँटी २. सुन्दर; राम्रो।
34948 ठाँटी ना. १. बटुवाहरूलाई विश्राम लिन र आराम गर्नका निम्ति बाटाघाटामा बनाइएको चिटिक्क परेको पाटी; पौवा।
34949 ठाँटी ना. २. पाहुनाहरूलाई बास दिन वा मालसामान राख्नका निम्ति गाउँघरमा बनाइने काठको साधारण किसिमको घर।
34950 ठाँटी ना. ३. खोलाका छेउको उर्वर खेत।