Dictionary

All Word

34951 ठाँटो ना. पानीको माथिल्लो भागमा जमेको तुसारो; जमेको तुसारो वा हिउँ।
34952 ठाँडो ना. प्रायः पुरानो भाँडो वा भुत्ते हतियारलाई झोकमा हेला गरेर भनिने शब्द। (उदा.- पानी ल्याउने एउटा भएको ठाँडो पनि चुहिएर आपदै खेलायो। खुकुरी पनि नाम मात्रैको छ, ठाँडोले मासु थुङ्न पनि गाह्रो भयो)।
34953 ठाइँली वि. हे. ठाहिँली।
34954 ठाइँलो वि. हे. ठाहिँलो।
34955 ठाउँ ना. १. कुनै निश्चित स्थल वा टुङ्गो; स्थान; जग्गा।
34956 ठाउँ ना. २. कुनै कामकुराको तह वा स्थिति।
34957 ठाउँ ना. ३. मौका; अवसर।
34958 ठाउँ ना. ४. पद।
34959 ठाउँ न ठहर ना. अमिल्दो वा साँघुरो ठाउँ।
34960 ठाउँसरी ना. परस्पर ठाउँ सर्दै खेलिने, केटाकेटीको एक खेल।
34961 ठाउँसारी ना. एक ठाउँबाट अर्को ठाउँमा सर्ने वा सार्ने काम।
34962 ठाकठिक्क / ठाकठिक ना. तम्तयारी; ठिकठाक।
34963 ठाकठुक ना. १. चर्काचर्की नपरेको सानो खालको झगडा; साधारण भनाभन। क्रि.वि.
34964 ठाकठुक ना. २. सामान्य रूपमा बाझाबाझ भएर।
34965 ठाकठुक ना. ३. कुनै कामकुरो वा विषयवस्तु ठिकसँग मिल्ने गरी।
34966 ठाकठुक ना. ४. हलुका चालले ठक्कर लाग्ने गरी।
34967 ठाकठुक ना. ५. सम्भोग क्रिया।
34968 ठाकठोक ना. ठोक्ने काम।
34969 ठाकुर ना. १. देवता; ईश्वर।
34970 ठाकुर ना. २. स्वामी; मालिक।
34971 ठाकुर ना. ३. पति; पोइ।
34972 ठाकुरपुरी ना. भारतका चार धाममध्ये एक धामको अर्को नाउँ; जगन्नाथधाम।
34973 ठाकुरे वि.बो. दुःख, आश्चर्य आदिबाट उत्पन्न मनोभाव व्यक्त गर्दा प्रकट हुने शब्द। (उदा.- जालीफटाहाले गाउँमा बस्न पनि नदिने भए ठाकुरे, अब कहाँ जाऊँ !)
34974 ठाडकन्डे ना. पछिल्लो भाग ठाडो पारेर हिँड्ने एक जातको कमिलो।
34975 ठाडिनु अ.क्रि. ठाडो हुनु; ठडिनु।
34976 ठाडी वि. १. रुखो स्वभाव भएकी; ठर्री।
34977 ठाडी वि. २. ठाडोको लघु वा पोथी रूप। ना.
34978 ठाडी वि. ३. ठाडा सिङ हुने गाईभैँसीको बोलाउने नाम।
34979 ठाडी नाच ना. १. एक प्रकारको लोकनाच।
34980 ठाडी नाच ना. २. दौडादौडी पर्ने काम; एकदमै फुर्सद नभएको स्थिति।
34981 ठाडी बह ना. मुखबाट पानी बग्ने एक प्रकारको रोग; बह।
34982 ठाडी सियार ना. नयाँ गोरु सधाउनका निम्ति तान्न लगाइने साधनविशेष; घिस्सा।
34983 ठाडे वि . १. ठाडो स्वभावको; रुखो बानीबेहोर भएको; ठर्रो।
34984 ठाडे वि . २. सभ्यता र शिष्टता नजान्ने; गँवार।
34985 ठाडे वि . ३. सिधा माथि उठेको; ठाडो।
34986 ठाडे उनिउँ / उन्यु ना. उन्युको एक जात।
34987 ठाडे टप्पा ना. मारुनी नाचमा गाइने एक थरी चड्का राग।
34988 ठाडै क्रि.वि. बस्तै नबसी; आउँदाआउँदै हिँडेर; सोझै।
34989 ठाडै खुट्टा क्रि.वि. बस्नै नपाई; नबिसाईकन।
34990 ठाडो वि. १. खडा भएको वा रहेको; उभिएको (रुख, मानिस, वस्तु इ.)।
34991 ठाडो वि. २. रुखो स्वभाव वा बानी भएको; ठर्रो।
34992 ठाडो वि. ३. पिठ्यूँले आड लिएर छाती देखिने गरी पल्टेको वा लेटेको; उत्ताने; चित परेको।
34993 ठाडो वि. ४. नम्र नभएको; अविनीत।
34994 ठाडो वि. ५. नियमानुसार नभई सोझै भएको (आदेश, कारबाई आदि)।
34995 ठाडो खोसुवा ना. १. विशेषतः राणाकालमा श्री ३ महाराजले कुनै व्यक्तिलाई नोकरीबाट ठाडै खोस्ने गरिएको काम वा चलन। वि.
34996 ठाडो खोसुवा ना. २. त्यसरी खोसिएको वा खोसुवामा परेको (कर्मचारी)।
34997 ठाडो जवाफ ना. झटपट दिइएको उत्तर; कोरा जवाफ।
34998 ठान्नु स.क्रि. १. कुनै कुराका विषयमा अडकल गर्नु; अनुमान लगाउनु; चिताउनु; सम्झनु; कल्पना गर्नु।
34999 ठान्नु स.क्रि. २. कुनै कुरामा आफ्नो धारणा निश्चित गर्नु; ठहराउनु।
35000 ठाना ना. थाना; कोतवाली; ठुलो पुलिस चौकी।