Dictionary

All Word

35101 ठिटिनी ना. दुवैतिर धार भएको सानो तरबार।
35102 ठिटी ना. १. किशोरी।
35103 ठिटी ना. २. वयःसन्धिमा पुगेकी वा भर्खर यौवन चढ्न लागेकी केटी।
35104 ठिटो ना. १. किशोर।
35105 ठिटो ना. २. वयःसन्धिमा पुगेको वा भरखर यौवन चढ्न लागेको केटो।
35106 ठिटौली ना. १. ठिटोमा हुने अपरिपक्व अवस्था; ठिटोपन, अल्लारेपना। वि.
35107 ठिटौली ना. २. ठिटो अवस्थाको ठिटोमा हुने वा पाइने; ठिटोसँग सम्बन्धित; ठिटौलो।
35108 ठिटौले वि. ठिटौली पाराको; जवान अवस्थाको।
35109 ठिटौलो ना. / वि. ठिटौली।
35110 ठिट्याइँ ना. ठिटोपन; ठिटौली।
35111 ठिड्के वि . छोटा, गठरिएका र बलिया हातगोडा हुने।
35112 ठिड्को वि. १. छोटा, गठरिएका र दहा हातगोडा हुने; ठिड्के। ना.
35113 ठिड्को वि. २. दोषीलाई सजाय दिनका लागि बाँधिने काठको ठ्यौको; घाँडो।
35114 ठिनामिना ना. १. मसिना केटाकेटी; भुराभुरी।
35115 ठिनामिना ना. २. सानातिना साधारण वस्तु।
35116 ठिनी ना. जुवा खेल्दा खालेहरूले आआफ्ना दाउमा थाप्ने वा राख्ने निश्चित रकम; जुवाको बाजीमा रहने दर वा रुपियाँपैसा।
35117 ठिनेमिने वि. साधारण किसिमको; सानोतिनो।
35118 ठिन्को ना. बाणको अगाडिपट्टिको तिखो भाग वा ठुन्को; बाणको टुप्पो।
35119 ठिमाहा वि. १. अन्तर्जातीय स्त्रीपुरुषको सम्बन्धबाट जन्मेको; ठिम्मल; वर्णसङ्कर।
35120 ठिमाहा वि. २. भिन्नाभिन्नै अन्नका बिउ मिसिएर उम्रिएको वा उब्जिएको (अनाज); नाभो।
35121 ठिम्नु ना. दुधको मुन्टो।
35122 ठिम्मल / ठिम्मु वि. वर्णसङ्कर; ठिमाहा।
35123 ठिहिरिँदो वि. ठिहिऱ्याउने; साह्रै चिसो।
35124 ठिहिरिनु अ.क्रि. ठिहिरो लाग्नु; ठिहिऱ्याउनु।
35125 ठिहिरो ना. १. हातगोडा कक्र्याउने गरी हुने जाडो; ठन्डी।
35126 ठिहिरो ना. २. त्यस्तै किसिमको तुषारो वा शीत।
35127 ठिहिऱ्याइ ना. १. ठिहिरिने क्रिया वा प्रक्रिया।[ ठिहिऱ्याउ + आइ]
35128 ठिहिऱ्याइ ना. २. ठिहिऱ्याउने क्रिया वा प्रक्रिया।
35129 ठिहिऱ्याइनु अ.क्रि. ठिहिरो लागिनु; धेरै चिसो हुनु।
35130 ठिहिऱ्याउनु अ.क्रि. १. जाडाले हातगोडा कक्र्याउनु; असाध्यै चिसो हुनु।
35131 ठिहिऱ्याउनु अ.क्रि. २. ठिहिरो लाग्नु; ठिहिरिनु।
35132 ठिहिऱ्याहट ना. ठिहिऱ्याउने भाव, अवस्था, क्रिया वा प्रक्रिया; ठिहिऱ्याइ।
35133 ठीँ क्रि.वि. नाकबाट सिँगान निकाल्दा वा पुछ्ता शब्द आउने गरी; सीँ।
35134 ठीँ ठीँ क्रि.वि. १. गाईगोरु आदि जुध्दा नाक बजाएर।
35135 ठीँ ठीँ क्रि.वि. २. छिँक्दा शब्द आउने गरी।
35136 ठीँ ठीँ क्रि.वि. ३. फुइँफाइँ गरेर; सेखी गर्दै।
35137 ठीक वि. हे. ठिक।
35138 ठीकठीकै वि. हे. ठिकठिकै।
35139 ठुँग्नु स.क्रि. हे. ठुङ्नु।
35140 ठुँग ना. हे. ठुङ।
35141 ठुँगाइ ना. ठुँग्ने भाव, क्रिया वा प्रक्रिया।
35142 ठुँगाइनु क.क्रि. ठुँग्न लाइनु।
35143 ठुँगाउनु प्रे. क्रि. ठुँग्न लाउनु; ठुँगाइमा पर्नु।
35144 ठुँडुल्को ना. काठको गिँडिएको ठुलो टुक्रा; गिँडुल्को; ठुँडो।
35145 ठुँडे वि. १. दुच्छर मुख भएको; दुर्मुखा।
35146 ठुँडे वि. २. लामो, तिखो चुच्चो भएको। स्त्री. ठुँडी।
35147 ठुँडो १ ना. १. डुँडो हात।
35148 ठुँडो १ ना. २. चरा आदिको चुच्चो; टुँडो।
35149 ठुँडो १ ना. ३. हात वा मुख (तुच्छ वा हेलाको अर्थमा )।
35150 ठुँडो २ ना. रुख काटेपछि जमिनमा बचेको ठुटो; ठँडुल्को।