Dictionary

All Word

35251 ठेउको ना. १. हे. ठ्यौको।
35252 ठेउको ना. २. अल्लारे केटो।
35253 ठेउला ना. ज्वरो आउने, छाला चिलाउने र पानी भरिएको ठुलठुला फोका उठ्ने एक प्रकारको सङ्क्रामक रोग; बिफरको एक भेद।
35254 ठेउलिनु अ.क्रि. १. कसैसँगको कुराकानी वा छलफलमा जवाफ फर्काउन नसकेर हार्नु; ठक्कर खाएपछि त्यसबाट पन्छिनु वा पर हट्नु।
35255 ठेउलिनु अ.क्रि. २. कुनै उपाय नहुनु।
35256 ठेउल्याइ ना. ठेउलिने वा ठेउल्याउने क्रिया-प्रक्रिया।
35257 ठेउल्याइनु क.क्रि. ठेउल्याउने काम गरिनु।
35258 ठेउल्याउनु प्रे.क्रि. कसैलाई कुराकानीमा हराउनु; नाजवाफ पार्नु; कुनै कामकुराबाट पन्छाउनु।
35259 ठेउवा ना. चुच्चो, डँडाल्नु र पुच्छरको माझ खैरो, घाँटी गुलाफी र अरू शरीर निलो हुने पक्षीविशेष।
35260 ठेक्नु स.क्रि. कुनै कामका लागि आवश्यक पर्ने मानिस, रुपियाँ, समय आदि नियत गर्नु; ठेक निश्चित गरिदिनु; तोक्नु।
35261 ठेकाइ ना. ठेक्ने काम वा किसिम।
35262 ठेकाइनु क.क्रि. ठेक्न लाइनु।
35263 ठेकाउनु प्रे. क्रि. ठेकको निधो गराउनु; ठेक्न लाउनु।
35264 ठेकिनु क.क्रि. ठेक्ने काम गरिनु।
35265 ठेक ना. १. सालिन्दा बुझाउने गरिएको तिरो वा दस्तुर।
35266 ठेक ना. २. नियत दर वा समयमा कुनै काम पूरा गर्ने बोलकबोल, इजारा; ठेक्का।
35267 ठेक ना. ३. ठेक्कामा बुझाउनु पर्ने रकम वा मालसामान।
35268 ठेकदार ना. ठेक लिने व्यक्ति; ठेक्कामा काम गर्ने मानिस; ठेकेदार।
35269 ठेकदारी ना. ठेकदारको काम वा पेसा; ठेकेदारी।
35270 ठेकन ना. १. कुनै टेको, टेवा आदिको तलतिर ठोकिने चुकुल।
35271 ठेकन ना. २. कक्कड, गाँजा आदि खाँदा चिलिमका प्वालमा राखिने ढुङ्गो, खबटा आदिको टुक्रो वा ठेडी।
35272 ठेका ना. १. दहीमही राखिने काठको भाँडो।
35273 ठेका ना. २. भलायोका गेडाको भेट्नापट्टिको भाग।
35274 ठेकाभाँडा ना. गोठ वा गोशाला आदिमा दुधदही राखिने भाँडाकुँडाको समूह।
35275 ठेकी १ ना. दही, मही, घिउ, तेल आदि राखिने काठको भाँडो; सानो ठेको।
35276 ठेकी २ ना. ठेकबापतको रकम वा दस्तुर।
35277 ठेकीफल ना. एक जातको खान हुने फल फल्ने बोट वा त्यसैको फल।
35278 ठेकीभेटी ना. १. कुनै ठेक निश्चित गर्दा ठेक पाउनेले दातालाई दिइने दस्तुर।
35279 ठेकीभेटी ना. २. पहाडी खण्डका तालुकदारले रैतीलाई कुनै जग्गाको बहाली दिएबापत लिने दस्तुर।
35280 ठेकुवा १ ना. खजुरीका ढाँचाको एक किसिमको मिठाई; ठकुवा।
35281 ठेकुवा २ वि. १. यति भनी तोकिएको; ठेकिएको (कुनै काम, कुरा, दस्तुर इ.)।
35282 ठेकुवा २ वि. २. ठेक्ने।
35283 ठेको ना. दही, मही आदि हालिने काठको ठुलो ठेकी।
35284 ठेक्का ना. १. जग्गा कमाएबापत बर्सेनी मोहीले तल्सिङलाई बुझाउनुपर्ने अन्नबाली वा कुत।
35285 ठेक्का ना. २. कुनै अड्डाखाना वा संस्थालाई नियमित समयमा निश्चित परिमाणमा दिइरहनुपर्ने कबुलअनुसारको खाद्य वस्तु वा चिजबिज।
35286 ठेक्का ना. ३. निश्चित दर वा रकममा निर्धारित समयभित्र पूरा गर्नुपर्ने कुनै निर्माणसम्बन्धी कामको कबुल।
35287 ठेक्का ना. ४. बोलकबोलअनुसार गरिने कुनै पनि कामको जिम्मा; ठेक; इजहारा।
35288 ठेक्का कबुलियत ना. ऐनकानुनबमोजिम तोकिएको काम तोकिएको समयमा गरुँला र बुझाउँला भनी ठेक्का लिनेले सर्तबमोजिम लेखिदिने कागत।
35289 ठेक्काकर ना. ठेक्कापट्टा लिने ठेकदारले ठेक्काका आधारमा बुझाउनुपर्ने कर वा रकम।
35290 ठेक्कापट्टा ना. ठेक्का लिने ठेकदारले लेखिदिने ठेक्काको कबुलियत।
35291 ठेगान/ठेगाना ना. १. घर वा डेरा गरेर बसेको कुनै निश्चित ठाउँ ; थातथलो; पत्ता (उदा.- तपाईंको घरको ठेगाना टिपिदिनुहोस् है।)।
35292 ठेगान/ठेगाना ना. २. कुनै कामकुराको टुङ्गो लाग्ने वा थिति बस्ने काम, निधो ; थान्को। (उदा.- घरको झमेलाको बल्ल ठेगान लाग्यो )।
35293 ठेगान/ठेगाना ना. ३. कुनै काम वा कुराको बन्दोबस्त; प्रबन्ध। (उदा.- भाइहरूको पढ्ने ठेगान मिलाएर म घर आउँछु)।
35294 ठेङ्ग्रेमुङ्ग्रे ना. अपराधीहरूलाई ठिँगुरामा हाली दिइने एक प्रकारको सजाय।
35295 ठेङ्ग्रो ना. लहरेदार तरकारी वा फलका बोटबिरुवाको झिक्रो; झाल; झाङ।
35296 ठेट वि. मूल रूपमा रहेको; मिसावट नभएको; चोखो; नमिसिएको; शुद्ध; झर्रो।
35297 ठेटर ना. रङ्गमञ्चमा खेलाइने वा प्रदर्शित गरिने नाटक तथा नाचगान।
35298 ठेटुवा ना. घरबुनाको सेतो कपडाविशेष।
35299 ठेट्ना ना. १. भुट्दा फूल नउठेका मकै आदि।
35300 ठेट्ना ना. २. अजकल्टा वा नबुझ्ने केटाकेटी।