Dictionary

All Word

35301 ठेट्नामेट्ना ना. त्यस्ता मसिना धेरै केटाकेटी; भुराभुरी।
35302 ठेट्नु/ ठेट्नो ना. १. मकै, जुनेलो आदि भुट्ता फूल नउठेको दान; अटेर्नु।
35303 ठेट्नु/ ठेट्नो ना. २. अजकल्टो वा नबुझ्ने केटो।
35304 ठेड ना. १. मै हुँ भन्ने व्यक्ति; ठालु; नाइके। वि.
35305 ठेड ना. २. जिराहा; जोधाहा।
35306 ठेडी ना. १. घिउ-तेल आदिका ठेकीमा लगाइने काठको सानो बिर्को; बुजो।
35307 ठेडी ना. २. गाँजा, कक्कड आदि खानेले चिलिमका प्वालमा राख्ने ढुङ्गो, खबटा आदिको सानो टुक्रो; ठेकन।
35308 ठेल्नु स.क्रि. १. घिसार्न वा गुडाउन हुने कुनै वस्तुलाई घचेट्नु; पेल्नु; धकेल्नु।
35309 ठेल्नु स.क्रि. २. कुनै वस्तुलाई भाँडामा खाँद्नु; साँघुरो ठाउँमा कोच्नु।
35310 ठेल्नु स.क्रि. ३. अरूलाई ठटाउनका निम्ति धक्का दिनु; अँचेट्नु; थिच्नु।
35311 ठेल ना. १. बाढीको पानी पाखातर्फ आउने काम।
35312 ठेल ना. २. घचेटाइ।
35313 ठेलगाडी ना. ठेलेर हिँडाइने चक्कागाडी; ठेलागाडी।
35314 ठेलपेल ना. १. ठेल्ने र पेल्ने काम।
35315 ठेलपेल ना. २. बुताले भेटेसम्मको प्रयास; बलतल।
35316 ठेलपेल ना. ३. लिंडेढिपी; हठ।
35317 ठेलमठेल ना. १. धेरै जनाले आपसमा एकले अर्कालाई ठेल्ने वा धकेल्ने काम; ठेलाठेल।
35318 ठेलमठेल ना. २. हिँड्न वा छिर्न गाह्रो पर्ने भिड; घुइँचो।
35319 ठेलमठेला ना. ठेलमठेल।
35320 ठेला ना. १. ठेलो।
35321 ठेला ना. २. ठेलागाडी।
35322 ठेलाइ ना. ठेल्ने काम वा किसिम।
35323 ठेलाइनु क.क्रि. ठेल्न लगाइनु।
35324 ठेलाउनु प्रे.क्रि. ठेल्न लाउनु; घचेटाउनु।
35325 ठेलागाडी ना. ठेलेर वा घचेटेर चलाइने, मालसामान बोक्ने चक्कागाडी; लिकमा ठेलेर चलाइने सानो गाडी; ठेला; ठेलगाडी।
35326 ठेलिनु क.क्रि. ठेल्ने काम गरिनु; घचेटिनु; पेलिनु।
35327 ठेली ना. १. पुस्तक तथा पुस्तकका पत्रहरूको खात; कागतपत्रको चाङ; तङ्ङी।
35328 ठेली ना. २. ठुलो पुस्तक।
35329 ठेलुवा वि. १. ठेल्नुपर्ने; ठेलिने; ठेलिएको। ना.
35330 ठेलुवा वि. २. आरनमा आगो फुक्ने सानो ढुङ्ग्रो।
35331 ठेलो १ ना. हतियार धेरै चलाएर काम गर्दा हातगोडामा उठ्ने छालाको साह्रो डल्लो।
35332 ठेलो २ ना. ढोकाको चौकोसमा जमिनपट्टि रहने तेर्सो काठ।
35333 ठेस्नु स.क्रि. अटाइनअटाइ गरेर हाल्नु; कोच्नु; खाँद्नु; जाक्नु।
35334 ठेस ना. हिँड्दा काठ, ढुङ्गा आदिसित जुधेर गोडामा लाग्ने ठक्कर।
35335 ठेसन ना. भारीमा दुवैपट्टिको तौल बराबर पार्न एकापट्टि थपिने ओजन वा वस्तु।
35336 ठेसमठेस ना. अटाइनअटाइ हुने गरी; अटेसमटेस ; ठेलमठेल; खाँदाखाँद।
35337 ठेसाइ ना. ठेस्ने काम वा किसिम।
35338 ठेसाइनु क.क्रि. ठेस्न लाइन; कोचाइनु।
35339 ठेसाउनु प्रे. क्रि. ठेस्न लाउनु; कोचाउनु।
35340 ठेसिनु क.क्रि. ठेस्ने काम गरिनु; खाँदिनु; कोचिनु।
35341 ठेस्सिनु अ.क्रि. १. बस्दा, हिँड्दा कसैलाई धक्का लाग्नु; ठोकिनु; घचेटिनु। २ भिड वा साँघुरो भएका ठाउँमा कोचिनु; खाँदिनु।
35342 ठेस्सिनु अ.क्रि. ३. कुनै वस्तु रिसाएर वा फन्केर राखिनु।
35343 ठेस्सिनु अ.क्रि. ४. अरूलाई मन नपर्ने गरी बस्नु।
35344 ठेस्स्याइ ना. ठेस्सिने वा ठेस्स्याउने क्रिया-प्रक्रिया।
35345 ठेस्स्याइनु क.क्रि. ठेस्सिन लाइनु; धक्का लगाइनु।
35346 ठेस्स्याउनु स.क्रि./ प्रे.क्रि. १. धक्का लगाउनु; घचेट्नु।
35347 ठेस्स्याउनु स.क्रि./ प्रे.क्रि. २. रिसाएर वा फन्केर राख्नु।
35348 ठो ना. खड्कौँलाका किसिमको, कडादार, ठाडो र ठुलो भाँडोविशेष; खासी।
35349 ठोक्नु स.क्रि. १. कसैलाई हात, लट्ठी आदिले जोडसँग हिर्काउनु; कुट्नु।
35350 ठोक्नु स.क्रि. २. फलामको घनले धातुका पाता, भाँडा आदिमा हान्नु; पिट्नु।