Dictionary

All Word

35351 ठोक्नु स.क्रि. ३. गजाले ढ्याङ्ग्रो, दमाहा, नगरा आदि बाजा बजाउनु।
35352 ठोक्नु स.क्रि. ४. कुनै वस्तुद्वारा अर्को वस्तुलाई वा मानिसले मानिसलाई नै ठक्कर दिनु।
35353 ठोक्नु स.क्रि. ५. कसैलाई कुस्ती, पहलमानी, लडाइँ आदिमा जित्नु; परास्त गर्नु।
35354 ठोक्नु स.क्रि. ६. कसैलाई तह लाउनु; साबित वा कायल पार्ने गरी भन्नु।
35355 ठोक्नु स.क्रि. ७. कुनै कुरा वा विषयको निधो गर्नु; निर्णय गर्नु।
35356 ठोकठाक ना. ठोक्ने वा पिट्ने काम; पिटपाट।
35357 ठोकने ना. चामलको पिठोबाट घिउतेलमा पकाएको पुरीजस्तो केही बाक्लो खाद्यवस्तु; बाबर।
35358 ठोका १ ना. ठिटाठिटीले गीतमा पालैसित गरिने प्रश्नोत्तर; जुहारी; ठुआ।
35359 ठोका २ ना. थारू जातिका स्त्रीहरूले नारीमा लगाउने एक प्रकारको गहना।
35360 ठोकाइ ना. ठोक्ने क्रिया वा प्रक्रिया।
35361 ठोकाइनु क.क्रि. ठोक्न लाइनु।
35362 ठोकाउनु प्रे. क्रि. ठोक्न लाउनु; चुटाउनु।
35363 ठोकाठोक ना. परस्परको ठोकाइ वा पिटाइ; आपसमा कुट्नेपिट्ने काम; पिटापिट; मारामार।
35364 ठोकाबाजी ना. १. परस्परमा हुने हानथाप; होडबाजी; ठोलाबाजी।
35365 ठोकाबाजी ना. २. कुनै कारणबाट दुई थरीमा हुने भनाभन; भनावैरी।
35366 ठोकिनु अ.क्रि. १. ठक्कर लाग्नु। क.क्रि.
35367 ठोकिनु अ.क्रि. २. पिटिनु; कुटिनु।
35368 ठोकिनु अ.क्रि. ३. कायम गरिनु।
35369 ठोकुवा वि. १. निधो गरिएको; निश्चित।
35370 ठोकुवा वि. २. ठोकिएको वा ठोकेको। ना.
35371 ठोकुवा वि. ३. कुनै कुरा वा विषयको निधो; निर्णय।
35372 ठोक्रे वि. १. ठोक्रो लिने; ठोक्रो भिर्ने। ना.
35373 ठोक्रे वि. २. तेल हाल्ने काठको भाँडो; गरियो; दुलाल।
35374 ठोक्रो १ ना. १. बाण हालेर पिठिउँमा भिर्ने बाँस वा काठ आदिको भाँडो। वि.
35375 ठोक्रो १ ना. २. डोलो, गोलो, लाम्चो र खोक्रो भएको।
35376 ठोक्रो २ ना. धातुका भाँडाकुँडाको व्यापार गर्ने एक जाति।
35377 ठोट्ने ना. लाम्चा पात, सेता मसिना फूल, राता साना फल र अमिलो डाँठ हने एक जातको बोट वा तरकारी, अचार बनाएर खाइने त्यसैको डाँठ।
35378 ठोटरी ना. एक जातको कछुवा।
35379 ठोट्यौरो ना. हुक्का गुडगुडाए झैँ गरी काठ ठुङ्ने , साखिने ढुकुरका आकारको, ढुकुरको भन्दा लामो मसिनु चुच्चो हुने र गौंथलीजत्रो गरी दुई किसिमको हुने एक जातको चरो।
35380 ठोरी ना. मध्य नेपालको भित्री मदेस चितवनको दक्षिणी भेगमा पर्ने पर्सा जिल्लाअन्तर्गतको प्रसिद्ध जङ्गली क्षेत्र।
35381 ठोलाबाजी ना. हे. ठोकाबाजी।
35382 ठोस्नु स.क्रि. १. आगो बाल्दा सिट्ठी झार्नका लागि अगुल्टो घोच्नु।
35383 ठोस्नु स.क्रि. २. उही कुरो बारम्बार भन्नु; घच्का लाउनु।
35384 ठोस्नु स.क्रि. ३. कसैलाई मुखभरिको जवाफ दिनु; ठोस लाउनु।
35385 ठोस्नु स.क्रि. ४. कुनै वस्तु भाँडो आदिमा कोच्न; खाँदन्।
35386 ठोस ना. १. कसैलाई दिइने मुखभरिको जवाफ; ठक्कर। वि.
35387 ठोस ना. २. भित्र रित्तो वा खोक्रो नभएको; खँदिलो।
35388 ठोस ना. ३. सही वा यथार्थ; वास्तविक।
35389 ठोसकरण ना. कुनै तरल पदार्थ वा बाफलाई ठोस रूपमा परिवर्तन गर्ने प्रक्रिया।
35390 ठोसाइ ना. ठोस्ने भाव, क्रिया वा प्रक्रिया।
35391 ठोसाइनु क.क्रि. ठोस्न लाइनु।
35392 ठोसाउनु प्रे. क्रि. ठोस्न लाउनु।
35393 ठोसिनु क.क्रि. ठोस्ने काम गरिनु।
35394 ठोसे ना. १. घाँटीमा लगाउने एक किसिमको गहना। वि.
35395 ठोसे ना. २. ठोसोजस्ती; तिखा चुच्चे स्तन भएकी (तरुनी)।
35396 ठोसेतरुनी ना. पूरा जवानी चढेकी वा बैँसले मत्त भएकी तरुनी; अङ्गप्रत्यङ्ग पुष्ट भएकी तरुनी; यौवन भरिएकी युवती।
35397 ठोसेबाला ना. चुच्चा परेका सुन वा चाँदीका बाला।
35398 ठोसो ना. १. मकै, धान, कोदो आदिको बोट काटेर बाँकी रहेको फेद।
35399 ठोसो ना. २. निगाला आदिको टुसो।
35400 ठोसो ना. ३. कुनै वस्तुको छेस्को।