Dictionary

All Word

35401 ठोस्या ना. स्त्रीजातिले घाँटीमा लगाउने चाँदीका ठोसाहरूबाट बनाइएको एक प्रकारको गहना।
35402 ठौर ना. ठाउँ; थलो।
35403 ठौरठेगान ना. रहनेबस्ने स्थान; थातथलो।
35404 ठ्या ना. १. आफ्नो नजिकैको पर्ने वा समान जातको नातादार।
35405 ठ्या ना. २. खास गरी क्षेत्रीहरूमा विवाहिता पत्नीबाट जन्मेका सन्तानलाई जनाउँदा प्रयुक्त हुने शब्द।
35406 ठ्याँक्नु स.क्रि. १. ठ्याँक खुवाउनु; गलहत्ती दिनु।
35407 ठ्याँक्नु स.क्रि. २. कसैलाई बोल्न नसक्ने गरी ठक्कर दिनु; परास्त गर्नु।
35408 ठ्याँक्नु स.क्रि. ३. डन्डीबियो खेल्दा डन्डीले बियो उफारेर हान्ने काम गर्नु; ठ्याँक लगाउने काम गर्नु।
35409 ठ्याँक ना. १. कसैलाई घाँटी समातेर गरिने घोक्य्राइ वा मुन्ट्याइ; गलहत्ती।
35410 ठ्याँक ना. २. कुनै कामकुरामा कसैलाई बोल्न नसक्ने गरी दिइने ठक्कर वा जवाफ।
35411 ठ्याँक ना. ३. डन्डीबियोको खेलमा डन्डीले बियोलाई टाढा हुत्त्याउने काम।
35412 ठ्याँक ना. ४. खेल, कुस्ती आदिमा अरूको बल, तुजुक आदि झार्ने काम; हार; पराजय।
35413 ठ्याँकिनु क.क्रि. ठ्याँक्ने काम गरिनु; ठ्याँक खुवाइनु।
35414 ठ्याइनु क.क्रि. ठ्याउने काम गरिनु; ठम्याइनु।
35415 ठ्याउनु स.क्रि. राम्ररी हेरी ठहऱ्याउनु; छुट्ट्याउनु; नियाल्नु; ठम्याउनु।
35416 ठ्याक १ ना. १. कमरमा डोरीले बाँधेर अड्काई खुर्पा घुसारेर भिरिने काठको सामान; खुर्पाको दाप।
35417 ठ्याक १ ना. २. डन्डीले बियो हिर्काउने काम।
35418 ठ्याक २ ना. आपसको मिल्दो विचार; राय; मतो। (उदा.- तिनका बाबुछोराको पटक्कै ठ्याक मिल्दैन)।
35419 ठ्याकठुक क्रि.वि. कुनै कामकुरो गडबड नपरी मिल्ने किसिमले; टाकटुक्क।
35420 ठ्याकप्वा ना. गाराको सुर मिलाउन प्रयोग गरिने घन्टीका आकारको सामान; साहुल।
35421 ठ्याक्क क्रि.वि. १. ठिकसँग मिल्ने वा सुहाउने गरी।
35422 ठ्याक्क क्रि.वि. २. ठक्कर लाग्ने वा ठक्कर लाग्दा आवाज निस्कने किसिमले।
35423 ठ्याङठ्याङ क्रि.वि. १. धातुका भाँडाकुँडा ठोकिए झैँ ।
35424 ठ्याङठ्याङ क्रि.वि. २. बारम्बार ठक्कर लाग्ने गरी।
35425 ठ्याङठ्याङ क्रि.वि. ३. रुख, बाँस आदि काट्ता आवाज निस्कने चालमा।
35426 ठ्याङ्ग / ठ्याङ्ङ क्रि.वि. १. धातुका भाँडाकुँडा खस्दा वा ठोकिँदा एकैबाजि चड्का शब्द आउने गरी।
35427 ठ्याङ्ग / ठ्याङ्ङ क्रि.वि. २. ठोकिने वा ठक्कर लाग्ने भएर।
35428 ठ्याप्प क्रि.वि. १. कुनै वस्तु अर्को वस्तुसि जोडिने वा ठिकसँग मिल्ने गरी।
35429 ठ्याप्प क्रि.वि. २. झ्याल, ढोका, बाकस आदि एकाएक थुनिने वा बन्द हुने किसिमले।
35430 ठ्यामठ्याम क्रि.वि. १. लबटाले गालामा धमाधम हान्ने गरी।
35431 ठ्यामठ्याम क्रि.वि. २. कुनै वस्तु अर्को वस्तुसित राम्ररी वा धमाधम मिल्ने चालमा।
35432 ठ्याम्म क्रि.वि. १. लबटाले गालामा चड्काउने किसिमले; चड्याङ्ग।
35433 ठ्याम्म क्रि.वि. २. ठिक्कसँग मिल्ने गरी ठ्याक्क।
35434 ठ्याम्म क्रि.वि. ३. एकदम सिद्धिएर; कत्ति पनि नरहीकन।
35435 ठ्यासठ्यास क्रि.वि. खुला चालले बारम्बार ठ्यास भएर।
35436 ठ्यासठ्यासी / ठ्यासठ्यास्ती क्रि.वि. अझ छिटो ठ्यासठ्यास हुने गरी।
35437 ठ्यासफू ना. परस्परमा पत्रहरू जोडिएको एक किसिमको पुरानो ढाँचाको पुस्तक; फरफरे।
35438 ठ्यासिनु क.क्रि. ठ्यास्ने काम गरिनु; ठेसिनु।
35439 ठ्यास्नु स.क्रि. हे. ठेस्नु।
35440 ठ्यास ना. जबर्जस्ती ठेस्ने काम; खाँद्ने काम; कोचाइ।
35441 ठ्यास्स क्रि.वि. १. हलुका चालले ठक्कर लागेर; ठ्याक्क।
35442 ठ्यास्स क्रि.वि. २. चाक टेकाएर वा एकैछिन बसेर।
35443 ठ्यास्स क्रि.वि. ३. एकाएक; प्याक्क।
35444 ठ्यास्स क्रि.वि. ४. मन नपरीकन राख्ने गरी।
35445 ठ्यौको ना. काठको ठुलो टुक्रो; गिंडुल्को; ठेउको।
35446 ठ्वाक्क क्रि.वि. कुनै साह्रो वस्तुमा हिर्काउँदा हल्का आवाज आउने गरी।
35447 ठ्वासठ्वास क्रि.वि १. धमाधम वा पटापट ओठे जवाफ दिने किसिमले।
35448 ठ्वासठ्वास क्रि.वि २. बोल्दा ठिकबेठिक बिचारै नगरी।
35449 ठ्वासठ्वास क्रि.वि ३. बारम्बार अगल्टो ठोसेर।
35450 ठ्वासठ्वासी/ठ्वासठ्वास्ती क्रि.वि. अझ छिटो ठ्वासठ्वास भएर।