Dictionary

All Word

35551 डट्टा ना. हुक्काका सुमेरुमा जडिने गट्टा।
35552 डढ्नु अ.क्रि. १. कुनै वस्तु आगाले पोलिनु; खाक हुनु;खरानी हुनु।
35553 डढ्नु अ.क्रि. २. भुटेपकाएको वस्तु पानी मर्नाले र आँच धेरै हुनाले खहरिनु।
35554 डढ्नु अ.क्रि. ३. पिर, चिन्ता, भनाइ आदिले चित्त पाक्नु वा दुख्नु; चिढिनु।
35555 डढाइ ना. डढ्ने वा डढाउने क्रिया-प्रक्रिया।
35556 डढाइनु क.क्रि. आगाले पोलिनु।
35557 डढाउनु प्रे. क्रि. १. आगाले पोल्नु; खरानी पार्नु।
35558 डढाउनु प्रे. क्रि. २. खहऱ्याउनु। स.क्रि.
35559 डढाउनु प्रे. क्रि. ३. चित्त दुखाउनु; चिढाउनु।
35560 डढिनु अ.क्रि. आगाले पोलेर खरानी होइनु।
35561 डढुल्लो वि. डढेको; डढुवा।
35562 डढुवा वि. १. बढ्ता पोलिएको; डढेको। ना.
35563 डढुवा वि. २. बालीमा लाग्ने एक किसिमको रोग।
35564 डढेलो ना. खरघारी, जङ्गल आदिमा लागेको वा लगाइएको आगो।
35565 डढेलो लाग्नु टु. १. वनमा आगो सल्कनु।
35566 डढेलो लाग्नु टु. २. ( उपमा अर्थमा ) बुद्धिसुद्धि. बिग्रनु। (उदा.- अचेल उनको बुद्धिमा डढेलो लागेको छ)।
35567 डढ्यौली / डढ्यौलो ना. सेलरोटी पकाएपछि कराहीमा बचेको घिउतेल;डढुल्लो घिउतेल।
35568 डन्ठा ना. मोटो लट्ठी;डन्डा; लौरो।
35569 डन्ठी ना. सागपात आदिको कमलो वा नरम डाँठ; लौरो।
35570 डन्ठ्याइ ना. डन्ठ्याउने क्रिया वा प्रक्रिया।
35571 डन्ठ्याइनु क.क्रि. डन्डा मारिनु; डन्ठ्याउने काम गरिनु।
35572 डन्ठ्याउनु स.क्रि. डन्ठाले कुट्नु; डन्डाले हिर्काउनु।
35573 डन्ड ना. दण्ड; डन्डा; जरिवाना।
35574 डन्डताल ना. धातुले बनेका चिम्टामा मुजुरा वा मुन्द्रा लागेको एक प्रकारको बाजा।
35575 डन्डा ना. लामो र मोटो लट्ठी; लाठो।
35576 डन्डी ना. १. धातु, काठ आदिको लट्ठीजस्तो लामो डोलो वस्तु; सानो डन्डा; छड।
35577 डन्डी ना. २. तुलो आदिमा रहने फलामे लट्ठी।
35578 डन्डीफोर ना. खास गरी यौवनावस्थामा अनुहारमा देखापर्ने ससाना बिमिरा।
35579 डन्डीफोर बियो ना. लट्ठीले हुच्चिने र बियो ठ्याक लगाएर खेलिने प्रसिद्ध खेल।
35580 डन्डोल जग्गा, जमिन नापी गर्नका निम्ति नियमबमोजिम निर्धारित गरी बनाइएको फलामे साङ्लो; नाप्ने सिक्री।
35581 डफ/डफल ना. खास गरी जात्रामात्रा, होली आदिमा बजाइने, तराईतिर प्रचलित ठुलो डम्फु।
35582 डफला ना. दिसापिसाबले बिग्रला भनी भित्र थाङ्नाथरा हाली तगेर बाहिर राम्रो पारिएको, नानीहरू सुताउने सानो लम्पट।
35583 डफल्को ना. नानीहरूलाई सुताइने थोत्रो पट्टो; डफला।
35584 डफल्क्याइ ना. डफल्क्याउने काम वा किसिम; थङ्न्याइ।
35585 डफल्क्याइनु क.क्रि. थङ्न्याइनु।
35586 डफल्क्याउनु स.क्रि. थङथिलो बनाउनु; थङ्न्याउनु।
35587 डफ्फा ना. धेरै मानिसको समूह;टोली; जमात; दल।
35588 डब ना. १. एक भाषाको चलचित्रलाई अर्को भाषामा रूपान्तरित गर्ने काम; भाषान्तर।
35589 डब ना. २. एक पटक खिचिसकेको दृश्यमा अङ्कित संवादलाई पुनः अङ्कित गर्ने काम वा प्रक्रिया।
35590 डबको ना. बैठक नहुने एक प्रकारको ठुलो कचौरा; बटुको।
35591 डबल वि. १. दोबर; दुगुना; डब्बल। ना.
35592 डबल वि. २. रुपियाँ वा सय पैसाको नेपाली सिक्का।
35593 डबल अ.क्रि. डबल हुनु; एकको दुई हुनु; दोहोरिनु।
35594 डबली ना. १. देवदेवीका प्राचीन नाच नचाउन सहरका विभिन्न स्थानमा जमिनबाट केही उठाई बनाइएको चौतारोजस्तो स्थल; खुला रङ्गमञ्च।
35595 डबली ना. २. धेरै बाटा जोरिने सहरका बिचको खुला ठाउँ।
35596 डबली ना. स्वास्नीमानिसले लाउने, पुरानो ठुलो गोलो टिको।
35597 डबली जाई ना. एकै ठाउँमा दुइटा फूल फुल्ने एक प्रकारको जाई।
35598 डबल्याइ ना. १. डबलिने क्रिया वा प्रक्रिया। [डबल्याउ + आइ]
35599 डबल्याइ ना. २. डबल्याउने क्रिया वा प्रक्रिया।
35600 डबल्याइनु क. क्रि. डबल पारिनु; दोबर बनाइनु।