Dictionary

All Word

35601 डबल्याउनु प्रे. क्रि. डबल पार्नु; एकको दुई बनाउनु; दोहोऱ्याउनु।
35602 डब्बल वि. हे. डबल।
35603 डब्बा ना. १. बिर्को लाउन हुने टिन आदिको सानो भाँडो;बट्टा।
35604 डब्बा ना. २. रेल आदिको यात्रा गर्दा बसिने कोठा; डिब्बा।
35605 डब्बु ना. ठुलो खालको डाडु; एक किसिमको कसौँडी।
35606 डब्लिनु अ.क्रि. डबल हुनु; डबलिनु।
35607 डब्ल्याइ ना. डब्लिने वा डब्ल्याउने काम।
35608 डब्ल्याइनु क.क्रि. डब्ल्याउने काम गरिनु।
35609 डब्ल्याउनु प्रे. क्रि. डबल पार्नु; डबल्याउनु।
35610 डमरु ना. सिंह वा बाघको बच्चो।
35611 डमरु ना. समातिने माझ भाग झिनो भएको, दुईपट्टि फराक मुखमा छालाले मोरेको र हल्लाउँदा दुई तुनामा झुन्डिएका डाले ठोकिएर बज्ने माटो, काठ वा धातुले बनेको बाजा; डिबडिबे। (डमरु जोगी, तमासे र चटकेहरूले बजाउनाका साथै पूजाआजा, चाडपर्वमा पूजाकोठा र मन्दिरमा तथा दसैँमा प्रायः घरैपिच्छे पनि बजाउने गरिन्छ)।
35612 डमरुमध्य ना. दुई ठुलठुला महाद्वीप वा समुद्रलाई जोर्ने जल वा स्थलको साँघुरो भाग (जस्तै- जलडमरुमध्य, स्थलडमरूमध्य )।
35613 डमरु यन्त्र ना. डमरुको आकार जस्तै अर्क झिक्ने एक प्रकारको यन्त्र।
35614 डमी ना. पुस्तकपुस्तिका आदि छाप्न वा चित्र, मूर्ति बनाउनका निम्ति तयार पारिने बाह्य रूपरेखा; नकली रूपाङ्कन।
35615 डम्कनु अ.क्रि. भरिनु; डम्किनु।
35616 डम्काइ ना. डम्कने क्रिया वा प्रक्रिया।
35617 डम्किनु अ.क्रि. १. भरिभराउ हुनु; टम्म भरिनु।
35618 डम्किनु अ.क्रि. २. गर्भधारण गर्नु; पेट बोक्नु।
35619 डम्क्याइ ना. डम्किने वा डम्क्याउने क्रिया-प्रक्रिया।
35620 डम्क्याइनु क.क्रि. डम्क्याउने काम गरिनु; भरिभराउ पारिनु।
35621 डम्क्याउनु स.क्रि. भरिभराउ पार्नु; टनाटन भर्नु।
35622 डम्फरकाँडो ना. हसिनाको जत्रो बोट र त्यसकै जस्तो लहरा हुने, बडहरका जस्ता ठुलठुला तर खल्लो स्वादका फल फल्ने एक प्रकारको काँडादार बोट।
35623 डम्फु ना. गोलाकार फ्रेममा एकापट्टि छालाले मोहोरिएको, देब्रे हातले समाती दाहिने हातले बजाइने, विशेषतः तामाङ जातिमा लोकप्रिय र झाम्रे नाच तथा गीतमा गुरुङ र मगरहरूले पनि प्रयोग गर्ने एक बाजा।
35624 डम्बर वि. १. फैलिएको; प्रख्यात; प्रसिद्ध। ना.
35625 डम्बर वि. २. फोस्रो रवाफ;ढाँचा; आडम्बर।
35626 डम्बर वि. ३. समूह; राशि।
35627 डम्बर वि. ४. विस्तार।
35628 डम्बरकुमारी ना. रङ्गीचङ्गी बुट्टा छापिएको;जङ्गबहादुरकी छोरीको नामबाट प्रचलित हुन गएको एक किसिमको कपडा; नकली ढाका।
35629 डम्बरे ना. फेदैदेखि दुईतीन अमलका काँडा हुने, लाम्चा मसिना पात पलाउने, पहेँला फूल फुल्ने र हरिया लाम्चा फल फल्ने एक बोट वा त्यसैको फल।
35630 डम्म क्रि.वि. १. खानेकुराले पेट भरिने वा अघाएर डकार्ने गरी।
35631 डम्म क्रि.वि. २. कुनै वस्तु हाल्दा भाँडो भरी भएर।
35632 डम्म क्रि.वि. ३. हिँड्दा वा खेल्दा पछारिएर; ड्याम्म।
35633 डम्म क्रि.वि. ४. मुड्की वा लाठाले हिर्काउँदा शब्द निस्कने चालमा।
35634 डर ना. कुनै भयङ्कर वस्तु देखेर वा खराबीको आशङ्काले मनमा उत्पन्न हुने भाव; भय; त्रास।
35635 डरछेरुवा वि. डराउने स्वभावको;साह्रै काँतर; भीरु। स्त्री. डरछेरुवी।
35636 डरधाक ना. डर देखाउने र धाक लाउने काम।
35637 डरपोक ना. हे.डरछेरुवा।
35638 डरभर ना. भय र आधार; त्रास।
35639 डरलाग्दो वि. डर उत्पन्न गर्ने; भयानक।
35640 डराइ ना. डराउने काम वा किसिम।
35641 डराइनु अ.क्रि. डरको अनुभव गरिनु।
35642 डराउनु अ.क्रि. कुनै वस्तु देखेर वा डरको आशङ्काले तर्सनु; डरको अनुभव हुनु; भयभीत हुनु।
35643 डलर ना. संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानाडा आदि देशमा प्रचलित मुद्रा।
35644 डल्लिनु अ.क्रि. १. हातगोडा नचल्ने हुनु; कुँजो हुनु; खुम्चिनु।
35645 डल्लिनु अ.क्रि. २. कुनै वस्तु एकै ठाउँमा समेटिन; डल्लो पर्नु।
35646 डल्लिनु अ.क्रि. ३. एक ठाउँमा बसेको बस्यै हुनु; विवश हुनु।
35647 डल्ली वि. मोटी र होचो कदकी; पुड्की; डल्लोजस्ती (स्त्री)।
35648 डल्लेँठो ना. माझमा प्वाल पारी लामो बिँड हालिएको डल्ला फोर्ने काठको हतियार।
35649 डल्ले वि. १. मोटो भईकन होचो कदको; पुड्को।
35650 डल्ले वि. २. डल्लो परेको; डल्लोजस्तो।