Dictionary

All Word

35651 डल्ले किर्नो ना. डल्लो आकारको एक थरी किर्नो।
35652 डल्ले खजुर ना. डल्लो खालको एक जातको खजुर।
35653 डल्ले मकै ना. बाटुला दाना र डल्ला घोगा हुने एक जातको मकै।
35654 डल्ले लौका ना. कुभिन्डो जस्तै फल हुने एक जातको लौका;तुम्बा।
35655 डल्लैडल्ला ना. साना ठुला धेरै डल्लाको समूह।
35656 डल्लो ना. १. माटो आदिको टुक्रो वा ढिको। वि.
35657 डल्लो ना. २. गोलो ढाँचाको; बाटुलो।
35658 डल्लो ना. ३. पुड्को; डल्ले।
35659 डल्ल्याँठो ना. हे.डल्लेँठो।
35660 डल्ल्याइ ना. १. डल्लिने भाव, क्रिया वा प्रक्रिया।[डल्ल्याउ+आइ]
35661 डल्ल्याइ ना. २. डल्ल्याउने भाव, क्रिया वा प्रक्रिया।
35662 डल्ल्याइनु क.क्रि. डल्लो बनाइनु; बाटुलो पारिनु।
35663 डल्ल्याउनु स.क्रि. १. कुनै वस्तुलाई डल्लो वा बाटुलो पार्नु।
35664 डल्ल्याउनु स.क्रि. २. कुँजो पार्नु; खुम्च्याउनु।
35665 डल्ल्याउनु स.क्रि. ३. विवश पार्नु; थच्च्याउनु।
35666 डल्ल्याहट ना. डल्ल्याउने काम वा ढाँचा।
35667 डवल ना. ढाँचा; छाँट; हे. डौल।
35668 डस्नु स.क्रि. १. सर्प, बिच्छी आदि विषालु किराले टोक्नु; डङ्क मार्नु।
35669 डस्नु स.क्रि. २. कसैलाई हप्काउनु; डाँस्नु।
35670 डस्नु स.क्रि. ३. टोकस्नु।
35671 डसना ना. भित्रपट्टि रुवो वा भुवा भरेर बनाइएको बाक्लो बिछ्यौना।
35672 डसाइ ना. डस्ने भाव, क्रिया वा प्रक्रिया।
35673 डसाइनु क.क्रि. डस्न लाइनु।
35674 डसाउनु प्रे. क्रि. डस्न लाउनु; टोकाउनु।
35675 डसिनु क.क्रि. डस्ने काम गरिनु; सर्प आदिले टोकिनु।
35676 डस्टर ना. १. कालोपाटीमा चक वा खरीले लेखेको अक्षर मेट्ने साधन; पुछौटो।
35677 डस्टर ना. २. धुलो झार्ने सामान।
35678 डस्स्याइ ना. डस्स्याउने क्रिया वा प्रक्रिया।
35679 डस्स्याइनु क.क्रि. ओछ्‌याइनु।
35680 डस्स्याउनु स.क्रि. डसना आदि ओछ्‌याउनु;बिछ्‌याउनु।
35681 डहनु अ.क्रि. १. आगो आदिको पोलाइका तोडले भित्रभित्रै डाह हुनु; भबाउनु।
35682 डहनु अ.क्रि. २. बाँधेको ठाउँ धेरै कसिएर वा पाछेका ठाउँ र घाउखटिरामा पानी, पिप आदि भरिएर भित्र दुख्नु।
35683 डहनु अ.क्रि. ३. चिन्ता वा पिरका कारणले मनमा धेरै कष्ट हुनु।
35684 डहन ना. १. आगो आदिको पोलाइ।
35685 डहन ना. २. पिर; कष्ट।
35686 डहना ना. लगाम झुन्ड्याउनका निम्ति घोडाका मुखभित्र रहने काँडादार फलामे डन्डी।
35687 डहर ना. साँघुरो सानो बाटो; गोरेटो; गल्छेडो; गल्ली;सोतो।
35688 डहाइ ना. १. डहने भाव, क्रिया वा प्रक्रिया।[डहाउ+आइ]।
35689 डहाइ ना. २. डहाउने भाव, क्रिया वा प्रक्रिया।
35690 डहाइनु क.क्रि. डाह गराइनु।
35691 डहाउनु प्रे. क्रि. डाह गराउनु।
35692 डहिनु अ.क्रि. डाह होइनु।
35693 डाँक्नु स.क्रि. १. कुनै ठाउँ, खोल्सो, नाला आदि उफ्रेर नाघ्नु; फट्कनु; पार गर्नु; तर्नु।
35694 डाँक्नु स.क्रि. २. छिटो गतिले धेरै हिँड्नु।
35695 डाँक ना. कुनै वस्तुको लिलाम गर्दा बढिबढाउ, घटिघटाउ आदिमा मोल तोक्ने बोली। (उदा.- जे कुरामा पनि डाँकको बोली गरेर कसरी हुन्छ र !)
35696 डाँक ना. १. चिठीपत्र आदि ओहोरदोहोर गराइने सरकारी प्रबन्ध; हुलाक व्यवस्था।
35697 डाँक ना. २. ठाउँ ठाउँमा बासको प्रबन्ध गर्नलाई सवारीभन्दा पहिले जाने डफ्फा।
35698 डाँक ना. ३. लामो यात्रामा छिटो पुग्न थाकेका वाहनहरूलाई बिचमा छाडी अर्को वाहन फेर्ने काम।
35699 डाँक आदेश ना. हुलाकबाट पठाइने आदेश; हुलाकी आदेश।
35700 डाँकखाना ना. डाँक चलाउने अड्डा; डाँकघर; हुलाक अड्डा।