Dictionary

All Word

35801 डाम्नो ना. १. गाईबस्तुलाई हियाएर वा रिसले भनिने शब्द।
35802 डाम्नो ना. २. डामेर छोडिएको साँढे।
35803 डाम्रो वि. भित्र गेडा वा गुदी नभई खाली भएको; फोस्रो (कोसो, दाना आदि)।
35804 डायर ना. हे.दायर।
35805 डायरी ना. १. दिनभरका उल्लेखनीय वा स्मरणीय कामकुराको विवरण सङ्क्षिप्त रूपमा लेखिने पुस्तिका; दैनन्दिनी।
35806 डायरी ना. २. जीवनसित सम्बन्धित वा सामयिक सामयिक महत्त्व रहने क्रमबद्धतासहितको रोचक लेख।
35807 डायल ना. अङ्क वा समयसङ्केत लेखिएको, मास्तिर घुम्ने, घडीका मुखको चक्का।
35808 डायल टोन ना. टेलिफोन गर्नु ठिक हुन्छ भन्ने सङ्केतक ध्वनि।
35809 डार्नु स.क्रि. १. तताएको तेलघिउमा कुनै वस्तु फुराउनु; झान्नु।
35810 डार्नु स.क्रि. २. हाल्नु।
35811 डारिनु क.क्रि. डार्ने काम गरिनु; फुराइनु।
35812 डाल ना. १. कामकाज नगरी ढाँचाकाँचा पार्ने काम।
35813 डाल ना. २. आदत; बानी।
35814 डाल ना. ३. डौल।
35815 डालाडाली ना. सानाठुला डालाको समूह।
35816 डालिनु अ. क्रि. कामकाज केही नगरी लरखरिनु;अल्लारिनु।
35817 डाली ना. सानो डालो।
35818 डाले वि. १. डालो बोक्ने; डालाको वा डालोसम्बन्धी।
35819 डाले वि. २. मृतकको क्रियाकर्मका लागि आवश्यक सरसामान हालेको डालो बोकेर ढिकुरामा लैजाने (मानिस)।
35820 डाले वि. ३. डालामा हालेर ल्याइने वा डाला (हाँगा )काटेर लिइने (घाँस, स्याउला आदि)।
35821 डाले घाँस ना. स्याउले घाँस।
35822 डालो ना. बाँस, निगाला आदिका चोयाले बुनेको,अन्नपात हाल्ने, फराक मुख भएको केही गहिरो भाँडो।
35823 डासुल्लो ना. दुधमा पिठो रयालेर खोलेजस्तो पारी बनाइने खाद्य पदार्थ।
35824 डाह/डाहा ना. १. अरूको सुखसम्पत्ति, उन्नतिप्रगति देख्न नसकेर मनमा हुने दुःख; मानसिक पीडा वा चिन्ता; दाहा।
35825 डाह/डाहा ना. २. छटपटाहट; रन्थनी।
35826 डाहिल्ले वि. अरूको डाह गर्ने; डाहा गर्ने स्वभावको;इखालु।
35827 डाहिल्लो वि. डाही; इखालु; डाहिल्ले।
35828 डाही ना. डाहा गर्ने बानी भएको; ईर्ष्यालु।
35829 डाहुक ना. नदीका छेउछाउमा रहने हुटिट्याउँका आकारको एक जातको चरो।
35830 डिँगनु ना. गाईबस्तु धपाउनका निम्ति गोठालाले हाम लिने लौरो।
35831 डिँगर ना. हे.डिङ्गर।
35832 डिँगरी ना. नचाहिँदो होहल्ला; सानोतिनो हल्ला।
35833 डिँगो ना. १. गाईगोरुलाई झोकले वा माया गरेर भनिने शब्द; डिङो।२. जवान अवस्थाको गाई वा गोरु; बस्तुभाउ।३. मरेको जन्तुको सिनु। वि.
35834 डिँगो ना. ४. काम छलेर ठगीठगी खान पल्केको सुकुलगुन्डो; लन्ठ।
35835 डिक ना. बन्धकी; धितो।
35836 डिको ना. देवनागरी अक्षरका शिरमा तानिएको वा तानिने तेर्सो धर्को वा रेखा।
35837 डिग ना. बन्दुक, तोप आदिको निशाना वा लक्ष्य।
35838 डिग्री ना. १. विश्वविद्यालयको स्नातकोत्तर परीक्षामा उत्तीर्ण हुनेले पाउने उपाधि।
35839 डिग्री ना. २. गर्मी, ज्वरो आदिको तापमान नाप्ने वैज्ञानिक यन्त्र; थर्मामिटर।
35840 डिग्री ना. ३. कुनै कोणको अंश।
35841 डिग्री ना. देवानी अड्डाबाट पाइने मुद्दामामिलाको जितापत्र।
35842 डिङ ना. कसैसित गरिने फाइँफुट्टी; भएनभएको धाक।
35843 डिङो ना. हे. डिँगो।
35844 डिङ्गर ना. १. धूर्त र धोकेबाज मानिस; तुच्छ व्यक्ति।
35845 डिङ्गर ना. २. नोकरचाकर।
35846 डिङ्गर ना. ३. तुच्छ, कालो र मोटोघाटो मानिस।
35847 डिङ्गर ना. ४. नाङ्गाफुस्रा जोगीहरूलाई निन्दा गरी भनिने शब्द।
35848 डिङ्गरी ना. कसैलाई पिट्ने काम; चुटाइ (उदा.- निहुँ खोजाहाले डिङ्गरी नखाई चेत्दैन)।
35849 डिङ्ना/डिड्नु ना. लट्ठी; डिँगनु।
35850 डिजाइन ना. कुनै वस्तुको बनोट वा त्यसको ढाँचा;छाँट।