Dictionary

All Word

35851 डिजिटल घडी ना. रेडियोमा कार्यक्रमको सञ्चालनजस्ता महत्त्वपूर्ण कार्यका लागि उपयोगी हुने, सेकेन्डसहितको समय सूचित गर्ने विशेष किसिमको घडी।
35852 डिजेल ना. मोटर, ट्रक आदि चलाउन उपयोग गरिने वा इन्धन।
35853 डिटा ना. पाडाबाछाहरू बाँध्ने ठाउँ।
35854 डिटो वि. बियाएको छ महिनापछि नथाकुन्जेलको (गाईभैँसी); बकेर्नु।
35855 डिट्ठा ना. नायब सुब्बाभन्दा तल र मुखियाभन्दा माथि पर्ने पहिले पहिले बढी प्रचलित एक निजामती दर्जा।
35856 डिट्ठो ना. हे.डिट्ठा; नाइके;नायक।
35857 डिठ ना. दृष्टि; हे. दीठ।
35858 डिण्डिभ ना. पानीमा बस्ने सर्प; पानीसर्प।
35859 डिण्डिम ना. १. एक किसिमको ढोल बाजा।
35860 डिण्डिम ना. २. डिबडिबे।
35861 डित्थ ना. १. श्याम वर्णको राम्रो र विद्वान् युवक।
35862 डित्थ ना. २. काठद्वारा बनाइएको हात्ती।
35863 डिन ना. विश्वविद्यालयअन्तर्गत रहने कुनै अध्ययन,सङ्काय वा संस्थानका प्रशासन प्रमुख वा अध्यक्ष।
35864 डिपो ना. १. बिक्रीवितरण वा आपूर्तिका निम्ति कुनै सामान राखिने केन्द्र; गोदाम; भण्डार।
35865 डिपो ना. २. सेनामा नयाँ जवानहरू भर्ती गर्ने र तालिम दिने ठाउँ।
35866 डिप्लोमा ना. शैक्षिक क्षेत्रमा प्रमाणपत्र र स्नातकोत्तरका बिचमा रहेको, योग्यताक्रम वा परीक्षाको प्रामाणिक तह; उपाधि;स्नातक तह।
35867 डिबडिब क्रि.वि. डमरु आदि बज्दा आवाज आउने गरी।
35868 डिबडिबे ना. डमरुका ढाँचाको सानो माटाको बाजा; डमरु।
35869 डिबिया ना. १. मटीतेल हाली बत्ती बाल्ने बाटुलो खालको सानो भाँडो; टुकी।
35870 डिबिया ना. २. टिन आदिको बट्टा; डिब्बा; कुपी।
35871 डिब्बा ना. १. बिर्को भएको खत्र्याकखुत्रुक हालिने भाँडो; बट्टा।
35872 डिब्बा ना. २. मानिस बस्ने रेलको कोठा; डब्बा।
35873 डिभिजन ना. क्षेत्र; फाँट; विभाग; श्रेणी।
35874 डिभिजन बेन्च ना. फुल बेन्चभन्दा तल्लो सिङ्गल बेन्चले गरेको फैसला उपर पुनर्विचार गर्ने दुई जना न्यायाधीशहरू भएको बेन्च वा सभा; खण्डन्यायाधिकरण।
35875 डिमरेज ना. गोदाम आदिमा रहेका मालसामान अधिक समय रहनाले तिर्नुपर्ने हर्जाना।
35876 डिमाई ना. लमाइ बाइस इन्च र चौडाइ अठार इन्च भएको कागको नाप।
35877 डिमाई साइज ना. त्यस्तो कागतको आकार ( पुस्तक, पत्रिका आदिमा )।
35878 डिमार्केसन ना. वनजङ्गलको सुरक्षा आदिका निम्ति घेराबन्दी गर्ने काम; वनघेराउ।
35879 डिम्किनु अ. क्रि. हे.डम्किनु।
35880 डिम्की ना. तराई क्षेत्रमा प्रचलित दमाहाको रूपको तालबाजा।
35881 डिम्के वि. डिम्को भएको; डिम्कोजस्तो।
35882 डिम्के चिउरा ना. मुड्कीको पिटाइ; थप्पड।
35883 डिम्को ना. मुड्कीको पिटाइ वा हनाइ; मुक्का; घुस्सा।
35884 डिम्क्याइ ना. डिम्क्याउने क्रिया वा प्रक्रिया।
35885 डिम्क्याइनु क.क्रि. डिम्क्याउन लाइनु।
35886 डिम्क्याउनु स.क्रि. मुड्कीले हान्नु; डिम्को दिन; मुड्क्याउनु;डिम्म्याउनु।
35887 डिम्क्याहट ना. डिम्क्याउने किसिम वा काम;डिम्क्याइ।
35888 डिम्ब ना. १. चरा आदिको फुल; डिम्बा।
35889 डिम्ब ना. २. डरले कराउँदाको शब्द;चिच्च्याहट।
35890 डिम्ब ना. ३. कलह; झगडा।
35891 डिम्ब ना. ४. बच्चो; बालक।
35892 डिम्बनली ना. डिम्बाशयबाट गर्भाशयमा डिम्ब आउने नली।
35893 डिम्बर ना. कागतीका जत्रा दाना हुने, भित्र मसिना गेडा भएको, भदौअसोजतिर पाक्ने काँडादार जङ्गली फल।
35894 डिम्बस्खलन ना. डिम्बाशय वा अण्डाशयबाट पूर्ण रूपले विकसित डिम्ब झर्ने काम।
35895 डिम्बा ना. चरा आदिको फुल; अन्डा।
35896 डिम्बाशय ना. स्त्री जननेन्द्रियमा पाठेघरभन्दा पनि भित्रतिर रहेको, डिम्ब बनेर त्यसको विकास हुने स्थल।
35897 डिम्बिका ना. १. कामवासनाको बढी इच्छा गर्ने स्त्री; कामुक स्त्री;वेश्या।
35898 डिम्बिका ना. २. पानीको फोको।
35899 डिम्म क्रि.वि. जिउमा मुड्कीले हान्ने किसिमले;ड्याम्म।
35900 डिम्मा ना. १. मुड्कीको हनाइ; मुक्क।