Dictionary

All Word

35901 डिम्मा ना. २. कुटाइ;पिटाइ।
35902 डिम्म्याइ ना. डिम्म्याउने काम; डिम्क्याइ।
35903 डिम्म्याइनु क.क्रि. डिम्म्याउन लाइनु; डिम्क्याइनु।
35904 डिम्म्याउनु स.क्रि. डिम्मा दिने काम गर्नु; हे. डिम्क्याउनु।
35905 डिल ना. सुरक्षाका निम्ति वा साँधसिमाना अलग्याउन बनाइने जमिनको ठुलो आली; कान्लो;किनार।
35906 डिल डाल ना. शरीरको स्वस्थ आकार; छाँटकाँट।
35907 डिलडौल ना. आकारप्रकार; छाँटकाँट;कद।
35908 डिलबु ना. बौद्ध सङ्गीतमा प्रयोग गरिने एक प्रकारको कलात्मक घण्ट।
35909 डिलर ना. अर्धसरकारी र व्यापारिक संस्थाहरूबाट उत्पादित वा आयात गरिएका वस्तुहरू उचित मूल्यमा बेच्न खटाइएको आधिकारिक स्थानीय व्यक्ति; स्थानीय वितरक।
35910 डिल्कनु ना. सानो डिल।
35911 डिसमिस ना. श्री ५ को सरकार वादी हुने मुद्दाबाहेक अन्य मुद्दामा वादी-प्रतिवादी दुवै थरीले तारिख गुजारेमा र प्रमाण बुझ्दैका अवस्थामा वादी अनुपस्थित भएमा गरिने निर्णय वा फैसला;खारेजी;बर्खासी।
35912 डिसेम्बर ना. ग्रेगोरी पात्रोअनुसार मङ्सिर र पुस महिनाका बिचमा पर्ने एकतिसदिने, आखिरी महिना।
35913 डिस्टिलरी ना. मद्य वस्तु आदिको उत्पादन गर्ने कारखाना;मदभट्टी।
35914 डिस्पेन्सरी ना. १. औषधी, उपचार गर्ने सामान्य स्तरको स्वास्थ्यकेन्द्र।
35915 डिस्पेन्सरी ना. २. औषधी भण्डार; औषधालय।
35916 डिही ना. १. कसैको खान्की, खुवा, मानाचामल आदिमा दरिएको वा एकै जनाको अधिकारमा रहेको पाखो जग्गा।
35917 डिही ना. २. पहाडको फेदीमा केही अग्लो ठाउँमा रहेको समथर जमिन।
35918 डिही ना. ३. खेतका बिचतिर केही अग्लो ठाउँमा बनाइएको कटेरो।
35919 डीङ ना. हे.डिङ।
35920 डीन ना. हे.डिन।
35921 डुँड ना. १. गाईबस्तुलाई कुँडो, नुन, भुस्सा आदि दिइने काठ वा ढुङ्गा खोपेर बनाइएको सानो नाउजस्तो भाँडो।
35922 डुँड ना. २. पानी ल्याउन वा पठाउनका निम्ति हालिने ढुङ्ग्रोजस्तो वा कुलेसोका ढाँचाको माटो, टिन, भाटा आदिको कोप्रो पारिएको वस्तु।
35923 डुँड ना. ३. नालको पानी निकास हुने प्वाल; पनालो।
35924 डुँड ना. ४. तोरी आदिको गेडा चुटेको खोस्टो।
35925 डुँडाइ ना. डुँडाउने क्रिया वा प्रक्रिया।
35926 डुँडाइनु अ.क्रि. डुँडाउने होइनु।
35927 डुँडाउनु अ.क्रि. १. भालेले पोथी वा पोथीले भाले खोज्दै हिँड्नु; सम्भोगको चाहनाले यताउति लर्खरिनु।
35928 डुँडाउनु अ.क्रि. २. भित्रको छटपटी वा उकुसमुकुसले कराउँदै हिँड्नु।
35929 डुँडुलो ना. १. हेय वा निन्दाको अर्थमा हत्केलो; हर्थुङ्गो। वि.
35930 डुँडुलो ना. २. डुँडो भएको। स्त्री. डुँडुली।
35931 डुँडे / डुँडो वि. १. हात वा गोडाका औँला नभएको।
35932 डुँडे / डुँडो वि. २. हात वा हर्थुङ्गो नभएको।
35933 डुँडे / डुँडो वि. ३. छोटो हात भएको।
35934 डुइँया ना. नेवार जातिको एक वर्ग; डुहिँया।
35935 डुकु१ ना. तरकारी, अचार आदि बनाएर खाइने रायो, मुला आदिको फूल, मुनासहितको कमलो डाँठ।
35936 डुकु२ वि. इलम, उद्योग वा काम नभई यताउति डुलिरहने; बेइलमी;निरुद्योगी।
35937 डुकुलट्ठक हे. तोरीलाहुरे।
35938 डुकुलन्ठ / लन्ठन / लन्ठु वि. विनाकाम यताउति हल्लने वा लर्खरिने;बेइलमी।
35939 डुक्रनु अ.क्रि. १. साँढे, बाघ आदि कराउनु; गर्जनु।
35940 डुक्रनु अ.क्रि. २. फुर्ती वा गर्वसाथ ठुलो ठुलो स्वरले बोल्नु; ठुलो डाँको झिकेर बोल्नु; कुर्लनु।
35941 डुक्राइ ना. डुक्रने क्रिया वा प्रक्रिया।
35942 डुक्राइनु क.क्रि. डुक्रन लाइनु।
35943 डुक्राउनु प्रे. क्रि. डुक्रन लाउनु।
35944 डुक्रिनु अ.क्रि. डुक्रनु।
35945 डुगडुग क्रि.वि. डमरु, ट्याम्को, सानो दमाहा आदि बजाउँदा ताल वा शब्द आउने गरी।
35946 डुगडुगी ना. १. छालाले मोरेको दमाहाका ढाँचाको सानो बाजा; एक किसिमको ट्याम्को।
35947 डुगडुगी ना. २. कराईकराईकन सबैलाई सुनाएर फयल गरिने कुरा।
35948 डुग्गी ना. हल्ल; डुगडुगी (जस्तै- डुग्गी पिटाउनु, डुग्गी फिराउनु।
35949 डुङडुङ क्रि.वि. सडेगलेका वस्तु, खानेकुरा आदि बेसरी गनाउने भएर; ठसठस।
35950 डुङडुडी / डुङडुङ्ती क्रि.वि. चर्कोसित गनाउने गरी; ठसठसी।