Dictionary

All Word

35751 डाइनु ना. २. रानु भइनसकेका पोथी मौरी आदि; रानु मौरीको पूर्वरूप।
35752 डाइरेक्टर ना. हे. निर्देशक।
35753 डाइरेक्टरी ना. वर्णक्रमानुसार टेलिफोनको नाम, नम्बर लेखिएको वा छापिएको पुस्तिका; टेलिफोन निर्देशिका।
35754 डाक्नु स.क्रि. १. अरूलाई 'आऊ' भन्नु; नजिक बोलाउनु; पुकार्नु।
35755 डाक्नु स.क्रि. २. निम्तो गर्नु।
35756 डाक ना. १. निम्न कोटिमा पर्ने एक देवयोनि।
35757 डाक ना. २. साधक पुरुष वा साधनाका शक्तिले बताइएको कुनै कुरो।
35758 डाक ना. कसैलाई डाक्ने वा बोलाउने काम।
35759 डाकबोलाउ ना. डाक्ने र बोलाउने काम; बोलावट; निम्तो।
35760 डाकिनी ना. १. कालीका वरपर रहने एक स्त्रीगण; एक पिशाचिनी।
35761 डाकिनी ना. २. डाइनी; बोक्सी।
35762 डाकिनु क.क्रि. डाक्ने काम गरिनु; बोलाइनु।
35763 डाक्टर ना. १. आधुनिक र वैज्ञानिक पद्धतिअनुसार रोगको परीक्षण तथा उपचार गर्ने चिकित्सक।
35764 डाक्टर ना. २. विश्वविद्यालयद्वारा कुनै विशिष्ट विद्वान्लाई सम्मानार्थ वा अनुसन्धाताले नियमानुसार पूर्ण गरेको कुनै अनुसन्धानात्मक गहन कृतिका निमित्त दिइने उच्च उपाधि।
35765 डाक्टरी ना. डाक्टरको काम; आधुनिक तथा वैज्ञानिक चिकित्साशास्त्र।
35766 डाङडुङ क्रि.वि. कुनै काम हडबडसाथ वा चटपटाएर गर्ने गरी।
35767 डाङडुडे वि. १. डाङडुङ काम गर्ने; हडबडे स्वभावको।
35768 डाङडुडे वि. २. बेढङ्गी; घुमेको। ना.
35769 डाङडुडे वि. २. अक्षरारम्भ वा अक्षरअभ्यासका क्रममा दिइने 'ड' अक्षरको नाम; डकार।
35770 डाङ्कृति ना. झ्याली, घण्ट आदिबाट निस्कने शब्द।
35771 डाङ्ग्री ना. १. भित्री कपडाको बचाउका निम्ति मिस्त्री आदि कामदारले लगाउने, ठुलो मोहोता भएको सुरुवाल र छोटो कमिज जोडेर सिइएको पोसाक।
35772 डाङ्ग्री ना. २. देउताको पूजाआजाको प्रबन्ध मिलाउने व्यक्ति।
35773 डाङ्ग्रे ना. १. धामीझाँक्रीको विद्या वा काम सिक्ने मानिस; धामीझाँक्रीको चेलो।
35774 डाङ्ग्रे ना. २. धामीझाँक्रीले फलाक्ता गरिने सम्बोधन। वि.
35775 डाङ्ग्रे ना. ३. डँडाक; ठुलो; डाङ्ग्रो।
35776 डाङ्ग्रे बेत ना. एक जातको बेत।
35777 डाङ्ग्रे सारौँ ना. एक प्रकारको ठुलो सारौँ; रुपी; सारिका।
35778 डाङ्ग्रो ना. १. झारफुके काममा पूजाआजाको प्रबन्ध मिलाउने व्यक्ति; डाङ्ग्री।
35779 डाङ्ग्रो ना. २. नीच मानिस वा दुच्छर गाईबस्तु।
35780 डाङ्ग्रो ना. ३. कामी जातिलाई हियाएर भनिने शब्द। वि.
35781 डाङ्ग्रो ना. ४. डँडाक; ठुलो।
35782 डाडनी ना. जग्गाको बाली नकाटिँदैमा उब्जनीको अनुमान गरी कृषकलाई दिइने पेस्की वा अग्रिम मूल्य।
35783 डाडु ना. दाल, तरकारी आदि चलाउने वा उघाउने, समाउने केही लामो डन्डी भएको कचौरीजस्तो बाटुलो भाँडो।
35784 डाढ्नु स.क्रि. फकाईफुल्याई अरूको वस्तु लिनु; डाँस्नु;धुत्नु।
35785 डाढ ना. अर्काको सुखसम्पत्ति, उन्नतिप्रगति आदि देखेर हुने ईर्ष्या; आहिस; डाह।
35786 डाढिनु क.क्रि. डाढ्ने काम गरिनु; डाँसिनु।
35787 डाढे वि. १. अरूको कुभलो र आफ्नो मात्र भलो होस् भन्ने कलुषित भावना भएको (व्यक्ति)।
35788 डाढे वि. २. डाढ गर्ने; आह्रिसे; ईर्ष्यालु; असन्तोकी।
35789 डाबर ना. १. कुनै विषालु वस्तु बिझ्नाले वा लाग्नाले शरीरमा उछ्रिने दाग।
35790 डाबर ना. २. खटिरो आउने बेला रक्तविकारका कारणले शरीरमा देखिने दाग।
35791 डाबर ना. ३. एउटा आयुर्वेदिक औषधि निर्माता प्रसिद्ध कम्पनी।
35792 डाम्नु स.क्रि. १. तातेको फलाम, भरभराउँदो आगो आदिले शरीरमा कुनै प्रकारको चिह्न लाग्नु।
35793 डाम्नु स.क्रि. २. मृतकको किरिया गर्दा साँढे छोड्नका निम्ति बहरका फिलामा तताइएको फलामे चक्र तथा त्रिशूलले चिनु लगाउनु।
35794 डाम्नु स.क्रि. ३. डामल गर्नु।
35795 डाम ना. १. पोलेर, डामेर, घाउखटिरा उब्जेर, चोटपटक लागेर आदि कारणले शरीरका कुनै भागमा बस्ने दाग वा चिह्न; खत।
35796 डाम ना. २. कुनै वस्तुले नरम ठाउँमा थिच्ता पर्ने त्यही आकारको चिह्न।
35797 डाम ना. ३. मानिस, बस्तु आदिका पाइलाको चिह्न; डोब।
35798 डामल ना. १. तताइएको फलाम, चक्र, त्रिशूल आदिले डाम्ने काम;
35799 डामल ना. २. त्यसरी डामेर बसेको दाग।
35800 डामिनु स.क्रि. डाम्ने काम गरिनु; दामल गरिनु।