Dictionary

All Word

35701 डाँकगाडी ना. १. हुलाकका चिठीपत्र आदि ओसारपसार गर्ने मोटर, रेल आदि सवारी।
35702 डाँकगाडी ना. २. प्रमुख स्थानहरूमा मात्र रोकिने द्रुतगामी मोटर, रेल आदि सवारी।
35703 डाँकघर ना. डाँकखाना; हुलाक घर।
35704 डाँकथैला ना. डाँकका वस्तुहरू हालेर चलाइने कपडा वा छालाका थैला।
35705 डाँकथैली ना. चिठीपत्रहरू हालिने सानो थैलो।
35706 डाँका ना. १. अरूको धनमाल आदि जबरजस्ती धुतेर वा लुटेर लिने व्यक्ति; डाँकु।
35707 डाँका ना. २. त्यसरी धनमाल लुट्नलाई गरिने आक्रमण; डकैती।
35708 डाँकिनु क.क्रि. उफ्रेर नाघिनु।
35709 डाँकु ना. हे. डाँका।
35710 डाँके वि. ठुलठुलो स्वरले बोल्ने; डाँको भएको।
35711 डाँको ना. १. कसैलाई हप्काउने, तर्साउने, घुर्क्याउने आदि दृष्टिले झिकिने ठुलो स्वर वा आवाज।
35712 डाँको ना. २. रुवाइ फुटेको ठुलो स्वर।
35713 डाँको ना. ३. कुखुरो बास्ने काम।
35714 डाँख्लाडाँख्ली ना. सानाठुला धेरै डाँख्लाको समूह।
35715 डाँख्ली ना. सानो डाँख्लो।
35716 डाँख्ले वि. ठुलठुला डाँठ भएको; डाँख्ला हुने; डौँठे।
35717 डाँख्लो ना. उखु, सागपात आदिको डाँठ।
35718 डाँगी ना. इन्द्रजात्रामा इन्द्रकी आमाको प्रतीकका रूपमा ल्याइने व्यक्ति।
35719 डाँगो ना. १. भाले कुकुर वा कुकुरको छाउरो। पो. डाँगी (छाउरी)। वि.
35720 डाँगो ना. २. जवान र धिरी।
35721 डाँट्नु स.क्रि. डाँटनो कसैलाई तर्साउने दृष्टिले ठुलठुलो स्वर झिकी गाली गर्नु; हे. छाँस्नु; हप्काउनु; टोकस्नु।
35722 डाँट ना. १. डाँट्ने काम; इँटाइ।
35723 डाँट ना. २. खप्की; हप्की।
35724 डाँटडपेट ना. डाँट्ने र दपेट्ने काम; हप्काइदप्काइ।
35725 डाँटिनु क.क्रि. डाँट्ने काम गरिनु; छाँसिनु; धम्काइनु।
35726 डाँठ ना. बोटबिरुवा वा सागपातको डाँख्लो;डाँख्लो।
35727 डाँठे वि. ठुलठुला डाँठ भएको; डौँठे।
35728 डाँड्नु स.क्रि. १. डाँड्ने काम गर्नु; डन्ड वा जरिवाना गर्नु।
35729 डाँड्नु स.क्रि. २. सित्तैँमा अरूलाई खर्च गराउनु।
35730 डाँड ना. १. कसैलाई बाजीमा हार्दा र कसुरबापत तिरिने वा तिराइने जरिवाना; आर्थिक वा शारीरिक दण्ड।
35731 डाँड ना. २. बिनसित्तिको खर्च।
35732 डाँडाकाँडा ना. डाँडाहरूको समूह वा शृङ्खला; पहाड,पर्वत।
35733 डाँडाभाटा ना. घर छाउन उपयोग गरिने डाँडा र भाटाहरूको समूह।
35734 डाँडी ना. १. डोलीको दर्बार झुन्ड्याउनका निम्ति हालिने तेर्सो काठ।
35735 डाँडी ना. २. एक किसिमको कोक्रो।
35736 डाँडो ना. १. पहाडको चुलिएको भाग; पहाड, पर्वतको चुचुरो।
35737 डाँडो ना. २. अग्लो र ठुलो डिल।
35738 डाँडो ना. १. पराल वा खरले घर छाउँदा हालिने ठाडो काठ; छानाको मुसी।
35739 डाँडो ना. २. छाताको कपडा अड्याउने मसिनो फलामे डन्डी वा कमानी।
35740 डाँफ ना. लुगा सिउँदा डोब टाढटाढा पारी फड्केर सिउने काम।
35741 डाँफे ना. नेपालको उत्तरी लेकतिर पाइने रङ्गीचङ्गी प्वाँख भएको, सिउरदार सुन्दर जङ्गली पक्षी; नेपालको राष्ट्रिय चरो।
35742 डाँवाडोल वि. १. कुनै स्थिति, वातावरण आदि यताउति भएर डगमगाएको; अस्थिर।
35743 डाँवाडोल वि. २. जलमय; जलाम्मे।
35744 डास्नु स.क्रि. १. अरूलाई फकाईफुल्याई कुनै वस्तु लिनु; डस्नु।
35745 डास्नु स.क्रि. २. धुने काम गर्नु; ठग्नु।
35746 डाँस ना. गाईबस्तुलाई लाग्ने एक जातको ठुलो जङ्गली झिँगो।
35747 डाइनामा ना. सवारी साधन वा यन्त्रलाई गतिशील तुल्याउन विद्युत् निकाल्ने एक किसिमको सानो यन्त्र।
35748 डाइनी ना. अरूलाई वशमा पारी दुःख दिन खोज्ने आइमाई; डङ्किनी।
35749 डाइनी बोक्सी ना. अरूलाई वशमा पार्न खोज्ने र टुनामुना गर्ने आइमाई; डाइनी र बोक्सी।
35750 डाइनु ना. १. मकै आदिको ठेट्नु; अटेर्नु।