Dictionary

All Word

36001 डुहुरो वि. सलक्क नपरी खिएको; सानो कद वा गाँठीको; लुरो।
36002 डुहुरो मुसो ना. १. सानो जातको मुसो।
36003 डुहुरो मुसो ना. २. (लाक्षणिक अर्थमा) केही गर्न नसक्ने लुरे मानिस।
36004 डूँड ना. हे.डुँड।
36005 डूम ना. हे.डुम।
36006 डेँढी ना. विष नहुने सानो जातको एक प्रकारको सर्प।
36007 डेउढा वि. १. छड्के वा टेढो; ड्यौढा।
36008 डेउढा वि. २. बाङ्गो।
36009 डेउढा वि. ३. दोठ्याङ परेको।
36010 डेउढी ना. १. ढोकाअगाडिको ठाउँ; खड्गेली; ड्यौढी।
36011 डेउढी ना. २. बाटो मोडिने वा सडक घुमेको ठाउँ; मोड; घुम्ती।
36012 डेउढो वि. १. अरूसँग मिल्ने स्वभाव नभएको; डेब्रो; अड्भङ्ग्याहा; ड्यौढो।
36013 डेउढो वि. २. डेउढा वा छड्के (बाटो आदि)।
36014 डेक्ची ना. थोरै बिट फर्केको, ठाडो र फराकिलो, पकाउने भाँडो; तपेस; डेक्ची।
36015 डेग ना. पाइलो;फड्को। (उदा. - जति भने पनि उनी घरबाट डेग चलेनन्)।
36016 डेगिलो वि. डेग भएको; डेग लाग्ने।
36017 डेडे वि. डेडो।
36018 डेडो वि. १. आँखा टेढो हुने वा टेढो भएर हेर्ने।
36019 डेडो वि. २. कर्के; बाङ्गो (आँखा)।
36020 डेढ वि. एक र आधा; साढे एक (१ १/२)।
36021 डेढअक्कल ना. नचाहिने खालको बढी अक्कल।
36022 डेढअक्कली वि. डेढअक्कल लाउने वा पूरा अक्कल नभएको;लालबुझक्कड।
36023 डेढी वि. एक र आधा; डेढ।
36024 डेपुटी ना. नायब; उप (जस्तै- डेपुटी रजिस्ट्रार, डेपुटी सेक्रेटरी इ.)।
36025 डेप्पा वि. दायाँभन्दा बायाँ हात बढी चल्ने वा चलाउने;देब्रे; बाउँटे।
36026 डेबरकाँडो ना. सुन्तला रङको जरा र ठुलठुला काँडा हुने, चाँगेका जस्ता पात लाग्ने, पहेँला बाटुला फूल फुल्ने एक जातको लहरो।
36027 डेब्रिनु अ.क्रि. १. टेढो स्वभावको हुनु; टेढिनु।
36028 डेब्रिनु अ.क्रि. २. डेब्रो हुनु; बाउँटिनु।
36029 डेब्रो वि. १. भनेको नबुझ्ने वा एक थोक भनेकामा अर्कै थोक गर्ने;अधबेस्रो; बाउँटो।
36030 डेब्रो वि. २. भनेको नटेर्ने; अटेर।
36031 डेब्य्राइ ना. डेब्रिने क्रिया वा प्रक्रिया।
36032 डेब्य्राइनु क.क्रि. डेब्रो पारिनु।
36033 डेब्य्राउनु प्रे. क्रि. डेब्रो पार्नु।
36034 डेरा ना. १. थोरै वा केही दिनका निम्ति बसिने, अर्काको घर; अस्थायी वासस्थान।
36035 डेरा ना. २. भाडाको घर वा कोठो।
36036 डेराडन्डा ना. अस्थायी बसोबास र आवश्यक सरसामानसहितको व्यवस्था।
36037 डेरी ना. गाईभैँसी आदि पाल्ने वा नौनी आदि निकाल्ने र प्रशोधित दुध सर्वसाधारणमा बिक्रीवितरण गर्ने स्थान; दुग्धशाला;दुधघर।
36038 डेरी फर्म ना. डेरीको कारखाना; दुग्ध विकास संस्थान।
36039 डेरे वि. डेडे; डेरो।
36040 डेलिनु स.क्रि. १. पेट डुम्म हुने किसिमले धेरै खानु; बुकुल्याउनु। अ.क्रि.
36041 डेलिनु स.क्रि. २. तृप्त हुनु; अघाउनु।
36042 डेली ना. १. बाँसका चोया, बेत आदिद्वारा बनेको पेटारो।
36043 डेली ना. २. पहिले पहिले दही, मही आदि हालेर बोकिने बाँस वा बेतका चोयाबाट बुनेको भाँडो।
36044 डेल्याइ ना. डेलिने क्रिया वा प्रक्रिया।
36045 डेल्याइनु क.क्रि. डेलिने पारिनु।
36046 डेल्याउनु प्रे. क्रि. डेलिने पार्नु।
36047 डेस्क ना. लेख्नपढ्नका निम्ति उपयोग गरिने टेबुल जस्तै फर्निचर; घर्रावाल टेबुल।
36048 डोँड ना. एक प्रकारको सर्पविशेष।
36049 डोइल्या ना. निगालाको चोयाले बुनिने डोकाका आकारको एक प्रकारको घरेलु साधन।
36050 डोके वि. डोको बोकेर मात्र पेटपालो गर्ने; डोको बोक्ने; डोकासँग सम्बन्धित।