Dictionary

All Word

36101 डोऱ्याइनु क.क्रि. समातेर हिँडाइनु।
36102 डोऱ्याउनु स.क्रि. १. पशुहरूलाई डोरी आदिले बाँधेर घिच्च्याउनु।
36103 डोऱ्याउनु स.क्रि. २. सरासरी वा राम्ररी हिँड्न नसक्नेलाई कुनै आधार दिएर अथवा समातेर लैजानु।
36104 डोऱ्याउनु स.क्रि. ३. कसैलाई आफ्नो पछि पछि लगाएर हिँडाउनु वा लानु।
36105 डोल्नु हाँगा, पात आदि यताउति झुल्नु; हल्लनु।
36106 डोल ना. १. इनारबाट पानी झक्न उपयोग गरिने डल्लो खालको भाँडो।
36107 डोल ना. २. दुई डाँडाका बिचमा रहेको खेती गर्न हुने लामो, सोतो जमिन।
36108 डोला ना. मानिसले बोक्ने झोलुङ्गोजस्तो लामो सवारी; डोली।
36109 डोला ना. विवाह गर्नका लागि अन्यत्रबाट घरमा ल्याएर राखिएकी कन्या; विवाहअघि घरमा तालिम गर्न ल्याइएकी कन्या।
36110 डोलाइ ना. डोल्ने वा डोलाउने क्रियाप्रक्रिया।
36111 डोलाइनु क.क्रि. डोलाउने काम गरिनु; झुलाइनु।
36112 डोलाउनु स.क्रि. १. चमर, पङ्खा आदि बिस्तारै बिस्तारै हम्कनु वा हल्लाउनु; झुलाउनु।
36113 डोलाउनु स.क्रि. २. कसिङ्गर वा मिसिएका वस्तुहरू छुट्ट्याउन नाङ्लामा अनाज हालेर बिस्तारै हल्लाउनु।
36114 डोलाजी ना. विवाह गर्नका निम्ति अन्यत्रबाट घरमा ल्याएर राखिने वर।
36115 डोलामी ना. डोलो किसिमको लामो र सलक्क परेको कपालको चुल्ठो।
36116 डोलिनु अ.क्रि. हल्लिनु; झुलिनु।
36117 डोली ना. दुईतिरबाट मानिसद्वारा बोकिने, डाँडीमा अड्याइएको, झोलुङ्गोजस्तो र सुत्न हुने एक किसिमको सवारी; डोला।
36118 डोले ना. १. डोली बोक्ने वा डोली बोकेर जीविका चलाउने मानिस।
36119 डोले ना. २. भान्सामा खानेकुरो ल्याउने वा भाँडा माझ्ने नोकर।
36120 डोलेढोले ना. डोली बोक्ने र बाजा बजाउने व्यक्ति; डोले र ढोली।
36121 डोलेपैसो ना. पहिले पहिले चल्तीमा आएको पन्युँको डाँठजस्तो पैसो।
36122 डोलेठो ना. डोलो परेको वा बाटुलो खालको काठ।
36123 डोलो वि. चारपाटे वा चेप्टो नभई लामो र गोल किसिमको; समरो (पाखुरा, लट्ठी, स्तम्भ आदि)।
36124 डोलो गुँद ना. डोला पात हुने एक जातको गुँद झार।
36125 डोल्पा ना. नेपालको मध्यपश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने कर्णाली अञ्चलको उत्तरी भेकमा रहेको एक जिल्ला।
36126 डोल्याइ ना. डोल्याउने क्रिया वा प्रक्रिया।
36127 डोल्याइनु क.क्रि. डोलो पारिनु।
36128 डोल्याउनु स.क्रि. डोलो पार्नु; गोलो र लाम्चिलो बनाउनु।
36129 डोल्सी ना. दुईतिर किनार उठेको भई माझमा गहिरो परेको खाल्डो; त्यस्तै खालको लामो रेखा।
36130 डोहो ना. कसैको उन्नति वा सुखसन्तोष देखेर मनमा हुने डाह; रिस; ईर्ष्या।
36131 डोहो ना. १. कुनै आवश्यक वस्तुका निम्ति भएको खाँचो; हर्जो।
36132 डोहो ना. २. कमी;न्यूनता।
36133 डोहोडोहो ना. आवश्यक कुराको कमी होला होलाजस्तो स्थिति; पुगेस-पुगेस। (उदा.- मलाई यसपल्ट खर्चले डोहोडोहो पारेको छ।)
36134 डौँठे वि. १. काम गर्ने खुबी, सिप वा ढङ्ग नभएको।
36135 डौँठे वि. २. ठर्रो मिजासको; ठाडे।
36136 डौँठे निहुरो ना. ठुलठुला डाँठ हुने एक जातको निहुरो।
36137 डौँडारिनु अ.क्रि. १. कुनै कामकाज नगरी यताउति डुल्नु; ढौँटारिनु।
36138 डौँडारिनु अ.क्रि. २. फतफताउँदै वा फटफटाउँदै यताउति लरखरिनु।
36139 डौँडारे वि. १. काम गर्ने सिप वा ढङ्ग नभएको।
36140 डौँडारे वि. २. जथाभाबीसँग वा नचाहिँदो किसिमले खर्च गर्ने।
36141 डौँडारे वि. ३. बेकाममा घुमिरहने; डुलुवा।
36142 डौँडारो ना. जमिन, भित्ता आदिमा परेको ठुलो प्वाल; भ्वाङ,भँड्खारो।
36143 डौँडऱ्याइ ना. डौँडाऱ्याउने क्रिया वा प्रक्रिया।
36144 डौँडाऱ्याइनु क.क्रि. काम न काजसित डुलाइनु।
36145 डौँडाऱ्याउनु प्रे. क्रि. काम न काजसित यताउति डुलाउनु।
36146 डौँल ना. १. शरीर आदिको आकारप्रकार।
36147 डौँल ना. २. कुनै रचनाको बनोट।
36148 डौँल ना. ३. कुनै वस्तु वा कामको रूपरेखा; खाका।
36149 ड्याक ना. व्यापार गर्दा मुनाफा र परल मोलसमेत प्राप्त नभई भएको हानि; घाटा; नोक्सान।
36150 ड्याङ ना. १. बाली लगाउनका निम्ति दुईतिर कुलेसो पारी माझमा थोरै उठाइएको, माटाको लामो र खण्डेदार सानो डिल। वि.