Dictionary

All Word

35951 डुङ्गा ना. नदीमा वारपार गर्नका निम्ति काठ खोपेर वा फल्याकहरू गाँसगुँस पारेर बनाइएको, बहना खियाएर चलाइने साधन;नाउ; नौका।
35952 डुङ्गुर ना. १. ठुलो थुप्रो; रास;डङ्गुर। वि.
35953 डुङ्गुर ना. २. प्रशस्त, थुप्रो; धेरै।
35954 डुङ्ग्री ना. भएनभएका कुरा सबैतिर फिँजिने किसिमले गरिने हल्ला।
35955 डुङ्ग्री पिट्नु टु. हल्ला फिँजाउने काम गर्नु।
35956 डुङ्ङ क्रि.वि. सडेगलेका वस्तु, खानेकुरा आदि नराम्रोसित गनाउने गरी; ठस्स।
35957 डुठो ना. इँट, ढुङ्गा आदिको सानो टुक्रो।
35958 डुण्डुभ ना. पानीमा बस्ने विष नभएको एक जातको सर्प; डुमसर्प।
35959 डुण्डुल ना. सानो खालको एक जातको लाटोकोसेरो।
35960 डुन्डी ना. १. छालाले मढेको, ठोकेर बजाइने एक किसिमको बाजा।
35961 डुन्डी ना. २. त्यो बाजा बजाएर सर्वसाधारणलाई कुनै कुरा सूचित गर्ने काम।
35962 डुन्डु ना. लसुनका पोटीमा गहुँ घुसारी रोपेर उमारिने गहुँकै बोटजस्तो र लसुनको स्वाद आउने एक किसिमको साग;साँखुलो।
35963 डुप्लिकेटर ना. प्रतिलिपि छाप्ने यन्त्रविशेष; लिथो मेसिन।
35964 डुब्नु अ.क्रि. १. कुनै वस्तु वा प्राणी पानीभित्र पर्नु; किराफटेङ्ग्रा तरल पदार्थभित्र पर्नु।
35965 डुब्नु अ.क्रि. २. कुनै कामकुरामा गडेर विचार गर्नु वा तल्लीन हुनु।
35966 डुब्नु अ.क्रि. ३. धनसम्पत्ति आदि पुरै नष्ट हुनु; अन्तिम अवस्थामा पुग्नु।
35967 डुबाइ ना. डुब्ने काम वा किसिम।
35968 डुबाइनु क.क्रि. डुब्न लाइनु।
35969 डुबाउनु प्रे. क्रि. डुब्ने पार्नु; डुब्न लगाउनु।
35970 डुबिनु अ.क्रि. डुब्ने काम होइनु।
35971 डुबुल्की ना. पानीमा थोरै बेर डुब्ने काम; डुब्की;गोता।
35972 डुबौ बोटी ना. हिउँदेबर्खे दुवै बाली ( दिव्य . )।
35973 डुब्की ना. १. घोडाले वेग छोडेको हिँडाइ वा कुदाइ।
35974 डुब्की ना. २. हे. डुबुल्की।
35975 डुम ना. १. कुनैकुनै बालखेलमा अछुत बन्ने व्यक्ति। (उदा.- यति नाना फाट्यो, मुसाले काट्यो, सिइदेऊ न डुम दाइ !)
35976 डुम ना. २. चाण्डाल जातिविशेष; डोम; डुम्रो।
35977 डुम काग ना. हे.ढोले काग।
35978 डुम सर्प ना. शरीरमा ठाडा धर्काहरू देखिने एक जातको सर्प।
35979 डुम्म क्रि.वि. १. खानेकुरा धेरै खानाले वा वायु बढ्नाले पेट फुलेर वा ढुस्सिएर; टुन्न।
35980 डुम्म क्रि.वि. २. कसैलाई डिम्क्याउँदा आवाज आउने चालमा; डिम्म।
35981 डुम्री ना. लाम्चा पात हुने, फूल नफुलीकनै अञ्जिरका जस्ता फल फल्ने, वरका जातको रुख वा त्यसैको फल।
35982 डुम्रो हे. डुम।
35983 डुल्नु अ.क्रि. १. मन बहलाउनका लागि वरपर, यताउति हिँड्नु; टहल्नु।
35984 डुल्नु अ.क्रि. २. कुनै कामविशेषले वा हेर्ने उद्देश्यले नयाँ नयाँ ठाउँमा घुम्नु; घुमफिर गर्नु।
35985 डुलन्ता / डुलन्ताम् / डुलन्ते वि. डुलिरहने स्वभावको; डुलुवा।
35986 डुलफिर ना. डुल्ने वा टहल्ने काम; घुमफिर।
35987 डुलाइ ना. डुल्ने वा डुलाउने क्रिया-प्रक्रिया।
35988 डुलाइनु क.क्रि. डुल्न लाइनु।
35989 डुलाउनु प्रे. क्रि. डुल्न लाउनु।
35990 डुलि ना. सानो जातको पोथी कछुवा; कछुवी।
35991 डुलिनु अ.क्रि. डुल्ने काम भइनु; घुमिनु।
35992 डुलुवा वि. डुल्ने बानी भएको; डुलन्ते।
35993 डुलुवा भूत ना. १. डुलिरहने खालको र हिँडेका मानिसहरूउपर लाग्ने एक किसिमको कल्पित भूत।
35994 डुलुवा भूत ना. २. रन्डीबाज; गुन्डो।
35995 डुल्की ना. उफ्रेजस्तो गरी चारै खुट्टा छुट्टाछुट्टै वा क्रमैले उठाएर दगुर्ने घोडाको चाल।
35996 डुस ना. गुदद्वारबाट पाइप वा नलीद्वारा तरल औषधी पेटमा पुर्‍याई दिसा खुलाइने उपचार विशेष।
35997 डुहिँया ना. हे.डुइँया।
35998 डुहुरे वि. सानो कद वा गाँठीको; लुरे; डुहुरो।
35999 डुहुरे मुसो ना. १. सानो जातको मुसो।
36000 डुहुरे मुसो ना. २. (लाक्षणिक अर्थमा) केही गर्न नसक्ने लुरे मानिस।